January 25, 2009

सधैं सँगै हिंड्नेहरु

प्रबिण थापा

सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै, जाती हुन्नन साथी

बगैचामा अनगिन्ती, फुलहरु फुल्छन
सबै फुल्ने फुलहरु, पाती हुन्नन साथी

जीवन माथि एक्कासी, ग्रहण लागेपछी
अन्धकार मात्र सधैं, राती हुन्नन साथी

चारैतिर अन्यायको, कालो वादल छायपछी
न्याय खोज्ने हातहरु, माथि हुन्नन साथी

आफ्नो लागि मात्र वाच्ने, चलन भएपछी
दु:ख पर्दा साथ दिने, छाती हुन्नन साथी


3 Comments:

Prabesh said...

'अन्धकार मात्र सधैं, राती हुन्नन साथी'

यो हरफ चैँ कस्तो कस्तो लाग्यो । अरू त मनपर्‍यो गजल !!

Anonymous said...

very very nice gajal Prabin ji .
keep it up .

Postak_Shrestha said...

सधैं सँगै हिंड्नेहरु, साथी हुन्नन साथी
मिठो वचन बोल्ने सबै, जाती हुन्नन साथी

100% correct.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !