January 20, 2009

स्वागत छ नव बिहानिलाई

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

बिक्षिप्त मनका धमिला सोचाइहरु पखाल्दै
नव पालुवारूपी पाइलाहरु अघी बढाउँ
बिगतका बिझाइहरुका खोटहरुलाई
नव बर्षको उत्साही मल्हमले
शितल गराउँ।
अनिष्ट बिचार अनी रिस र द्वेशहरुलाई
हर्ष र खुशी अनी नव उमङका आँशुहरुले
बगाउने प्रयास गरौं।
बिगत,बिगत भयो
नव आगमनको पललाई सिगार्न
मनको फूलबारिमा जाहिजुही फूलाउँ
बिषादिका खोटहरुलाई
मिठासरूपी मुस्कानका छिटाहरुले
स्वागत गरौं ।
पूराना समयका तीता बचन र पीडालाई
नव बर्षको सम्बेदनशिल भावनाले छोपीदिउ
समग्रमा ---नव बर्षलाई स्वागत गरौ
तीता सम्झनाका प्रहरहरुलाई
नव बिहानिमा अनुवाद गरौ।



5 Comments:

Anonymous said...

कबिताको भाब सुन्दर छ ।
नब बर्ष भनेर जनबरी भन्न् खोज्नु भएको हो कि बैशाख ?
अब त फेब्रेबरी लाग्न था लि सक्यो , अनी बैशाख अझै आएको छैन । म मतर न भुल्ल मा परे !

Anonymous said...

ओहो !लुना जि तपाईं रणभुल्लमा परे झै दौतरी खोल्न साथ म पनि झस्किए किन कि यो कबिता मैले पहिला नै पठाएकी हुं त र आज मात्र यहाँ देख्दैछु/यस्मा मेरो के दोष ?प्रकाशित पछी भएपछी त र पनि ठिकै छ जनवरी छदैछ नि त/ म जहिल्यै पनि समय सापेक्ष नै लेख्न रुचाउछु भने पक्कै पनि नयाँ बर्षको कबितामा ढिला त गरिन। आज ओबामाको सपथ खाएको हेर्दाहेर्दै हत्तारमा भए पनि रेस्टुराँको काम गर्दै कबिता लेखेर पठाएकी छु। अब लौ है दौतरी ओबामा सकिए पछी चाँही प्रकाशित गर्नु भएन नि ?देख्नु भो हाम्रा पाठकहरु कत्ती सजग छन ?त्यसैले हामी सबैले सतर्क्ता अप्नाउनु पर्छ है! जे पायो त्यही गर्न पाइदैन नि !

Prabesh said...

मेरो मनमा पनि लुनाजीकै जस्तो प्रश्न उब्जेको थियो । २ दिन जति अगाडि चाइनाको नयाँ वर्ष थियो । चाइनाको नयाँ वर्ष पो लेख्‍नुभयो कि जस्तो लाग्यो । हा हा !! तर अब उत्तर पाएँ । कविता राम्रो लाग्यो ।

Postak_Shrestha said...

कविता राम्रो छ। सापनासंसारमा पनि पढेको जस्तो लाग्यो।

Dautari Admin said...

यो कबिता नया बर्षताका पनि प्राप्त भएको थियो। त्यसै बखत यो कबिता अन्य ब्लगमा पनि प्रकाशीत भएको हुंदा प्रकाशन गर्न अप्ठयारो भएको थियो। तर यो कबिता पुन जनबरी १६ मा आएको थियो। अझै जनबरी चलिरहेकै हुंदा नया बर्षको स्पिरीट रहिरहेकोले प्रकाशन गरेको जानकारी गराउंदछु। यसलाइ अन्यथा नलिइ यो कबितालाइ आफ्नो नया बर्ष सफल बनाउन प्रेरणाको स्रोत लिइदनुहुन अनुरोध गर्दछु।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !