January 21, 2009

गजल : धेरै भयो

प्रबिण थापा
धादिङ

धेरै भयो मायालुको,चिठी आएन
मनको सुख दु:ख साट्ने,मिती आएन

फर्की चाडै आउछु भन्थे,अगालोमा बाध्न
वाध्यताले फेरी भेट्ने,स्थिती आएन

बद्लेक छन पलभरमा,धेरै कुरा यहाँ
तिम्रो माया बदल्ने,निती आएन

देखेको छु भिडहरु, प्रेमको नाटक गर्ने
ममा भने किन यस्तो, रिती आएन

अन्तै डेरा खोजेर,बसाइ स-यौ कि त?
मेरो दिलमा बास बस्न,अतिथी आएन


3 Comments:

Anonymous said...

दिल को तार झन्क्रित भो तपाईंको गजल ले ।
बाह ! क्या सटिक छ ।

Prabesh said...

कस्तो राम्रो गजल !!!!!!

Postak_Shrestha said...

धेरै भयो तिमी च्याटरूममा देखिन्नौ भन्न पर्‍यो प्रबीनजी। अहिले चिट्ठी कसले पठाउंछ र।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !