January 4, 2009

संबाद अर्चनासंग

नेपाली ब्लग जगतका ब्लगरको बारेमा दौंतरीमा भलाकुसारी राख्ने गरेको तपाइहरुलाइ थाहा नै छ। यस्ले सधै अरुको बारेमा ब्लग लेख्ने ब्लगरले आफ्नु बारेमा ब्लग लेख्न मौका मिल्ने छ। साथै पाठकहरुलाई ब्लगर र ब्लगको बारेमा पनि जानकारी हुनजान्छ। यस पटक “ब्लग भित्र बल्ग”
स्तम्भमा अर्चना श्रेष्ठ अर्थात http://archanashrestha.blogspot.com/ आउँदै हुनुहुन्छ भनेर प्राय: पाठकलाइ बिधितै छ। ल त, लागौ अर्चना जीसंग इमेल संबादमा।

* कहिले देखी ब्लग लेखन शुरु गर्नु भयो र कसरी ब्लग लेखन तर्फ आकर्षित हुनु भयो?
ठ्याक्कै मिती भन्दा अप्रिल २००६ टन्टलापुरे घाम लागेको दिन देखी सुरु गरेको हुँ । जब मैले आफ्नो ब्लग सुरु गरे त्यति बेला मेरा लागि ब्लग नया बिषय थिएन । म यो सँग धेरै परिचित थिए अनी नजिक थिए। मेरो प्रोफेसननै हर बखत कम्प्युटर अगाडि बस्ने थियो अनी डिजाइनिङ् कन्सेप्ट् बनाउने थियो र धेरै जसो मैले बिदेशी कस्टमरको वेब डिजाइनिङ् कन्सेप्ट बनाउने गर्थे उनिहरुको धेरै जसो वेब साइटमा ब्लग सेक्सन हुन्थ्यो अनी त्यो सेक्सनको लागि ब्लग सेटअप गरिदिनु पर्थ्यो। अबुइ नि जस्ले ब्लग बनाएको देखेर कहिले काही त म छक्कै पर्थे, जस्तै डाक्टर देखि लिएर बिउटिसिएन सम्म अनी लेखक देखि लिएर हाउसवाइफ सम्मका ब्लग हुने। कहिलेकाही तिनीहरुको ब्लग पढ्दा बडो रमाइलो लाग्ने अझ घोचपेच गरेर कमेन्ट गरेको देख्दा त झन् हासो उठ्ने।
त्यस्तैमा मलाई एक्जना कस्टमर ले सोध्यो
“Do you have your blog?
मैले ‘No’ भने
उस्ले मलाई सजेस्ट गर्‍यो why don’t you have your own personal blog?
अहो सिकर्मीका घरमा काठका सामान नभए जस्तो लाग्यो । मलाई त्यो कुरा मनमा बिझ्यो, म त कस्तो हुस्सु आफ्नै ब्लग किन नबनाएको होला है भनेर ब्लग खोलेर लेख्न थाले ।

* आफ्नो ब्लगको लागी कसरी ब्याख्या गर्नहुन्छ?

सर्सर्ती हेर्दा मलाई आफ्नो ब्लग खिचडी जस्तो लाग्छ। यहाँ हरेक कुरा राखेको छु। घर देखी अफिसका कुरा, बोय्फ्रेन्ड देखी नेताका कुरा , गाली ताली, माया रिस सबै ओकल्ने राम्रो ठाउँ भेट्टाएको छु।

* नेपाली महिला ब्लगरको बारेमा केही भन्नुहुन्छ कि? पाठकले ब्लगरको रुपमा लिन्छन कि महिलाको रुपमा लिन्छन तपाइको अनुभव बताइदिनुहोस न?

नेपाली महिला ब्लगर एकदम कम छन्। स्वभाबलेनै आफु लाई व्यक्त गर्न अप्ठेरो मान्ने र केहीलाई टेक्निक्ल्ली के कसो गरेर ब्लग चलाउने ज्ञान नभएर पनि कम भएको हुन सक्छ। अहिले सम्म ७०१ जनामा करिब ६२ महिला ब्लगरको ब्लग bloggers.com.np मा रजिस्टर भएको छ।

मेरो अनुभबमा धेरै जसोले ब्लगरको रुपमा लिन्छन् र कोहि कोहिले केटि मान्छेले के लेख्दा रैछन् भनेर ब्लग पढ्ने गरेको सुनाउछन् ।
* ब्लग लेखनबाट कति सन्तुष्ट हुनुहुन्छ ? तपाईले लेख्नु भएको सबैभन्दा मन पर्ने ब्लग कुन हो ?

ब्लगलाइ लिएर मेरो केहि गुनासो छैन। ब्लगमा स्वतन्त्र रुपले व्यक्त गर्न पाईन्छ। व्याकरण, सुद्दा सुद्दीमा म मतलब गर्दिन। जस्तो आउछ तेस्तै लेख्छु।
ब्लग सम्बन्धि एउटा रमाइलो कुरा गरौ है त , एकदिन म र मेरो साथी रेस्टुरेन्टमा कफी खाइ रहेका थियौ त्यतिकैमा एकजना बुढो मान्छे आएर तपाईं ब्लगर होइन भनेर सोध्यो? । मैले हो भने, उहाले भन्नु भो म त तपाईं को ब्लग रेगुलर हेर्छु मलाई तपाईं को ब्लग एकदम मन पर्छ भनेर चर्को चर्को स्वरले आधा घण्टा सम्म गुणगाण गाए। बाफ रे!, आफु लाइ त पसिना नै पसिना आयो, सबैको अगाडि लाज पनि लाग्यो मेरो साथि त ट्वाँ परेर हेरेको हेरै भो बिचरालाइ ब्लग भन्ने नै था रैन छ । बल्ल बल्ल उहा आफ्नो खाना तिर लाग्नु भो। मैले पनि केहि राहत महसुस गरे। ब्लग बनाए पछि माथिका जस्ता थुप्रै रमाइला क्षणहरुको सामना गरियो, यस्ले एउटा छुटै परिचय दियो ।

महाबिर पुन जि ले म्यागासेसे अवार्ड र चर्चा पाउनु अगाडिनै मैले उहाको वाएर लेस प्रोजेक्ट र उहाको बारेमा लेखेकी थिए । उहाले अवार्ड पाइसके पछि मैले सही मान्छे चिनेर लेखेछु जस्तो लाग्यो । आइटी क्षेत्रमा उहा रोल मोडल हुनु हुन्छ। उहाको मिहेनत र सफलताको कथा लेखेको लेख मलाइ सबै भन्दा मन पर्छ।

* नेपाली बल्गर र बल्गहरु कतातिर जाँदै गरेको अनूभव छ ?

मैले ब्लग सुरु गर्दा र अहिले धेरै परिवर्तन भै सकेको छ। ब्लग सम्बन्धी नेपालीहरुलाई खुब चासो बढेको पाए, मलाई थुप्रैले सोध्ने गर्छन् ब्लग भनेको के हो , कसरी सेटअप गर्ने, पैसा लाग्छ् कि लाग्दैन आदी इत्यादी। bloggers.com.np को डाटाबेस हेर्ने हो भने २००७ मार्च सम्म १३० जना रेजिस्टर थियो भने अहिले ७०१ जना नेपाली ब्लगरले आफ्नो ब्लग रजिस्टर गरिसकेका छन् र दिनहु यो
यो गन्ती बढ्दै छ। मलाई लाग्छ बिस्तारै यो सम्बन्धमा एक कान दुई कान हुँदै चेतना फैलिदै जाने छ र हामीले ब्लगको माध्यम बाट धेरै भन्दा धेरै नेपालीहरुको बिचार बुझ्न पाउने छौं।

* पत्रिका र आइटी संग सम्बद्ध बाहेक अन्य ब्लगका ब्लगर कत्तीको प्रतिपर्स्धाम्क देख्नुहुन्छ?

कस्तो गार्हो प्रश्न। खै मैले त तुलना गरेको छैन। मन परे हेर्ने मन नपरे छिर्दै नछिर्ने।

* नेपाली ब्लगहरु कस्तो हुनुपर्छ जस्तो लाग्छ? कुन कुन अन्य ब्लग हेर्ने गर्नुहुन्छ?

ब्लग यस्तै हुनु पर्छ भन्ने छैन लेखक ले आफ्ना लेख, रचना, मनमा लागेका जस्तो कुरा नि पोस्ट गर्न पाउछन। यो ब्लगर को अधिकार हो। आफ्नो प्रोफेसन अनुसार smashingmagazine.com रेगुलर हेर्छु। त्यस बाहेक उमेश जि को माइसंसार र फुर्सद भए सम्म अरु साथीहरुको ब्लग पढ्ने गर्छु।

* दौंतरी कस्तो लाग्छ, के भए जस्तो भए हुन्थ्यो जस्तो लाग्छ?, फुर्सतको समय के गर्नुहुन्छ?

माफ गर्नु होला मैले त आजै हेरेको। कति रोचक साइट रैछ। कस्तो हुस्सु पहिला था’ नै पाइन।सबै दौतरी भेट हुने चौतारी रैछ। फुर्सदको समय एकान्तमा बसेर मिठा मिठा कल्पना गर्न मन पराउछु त्यसबाहेक धेरै जसो फुर्सदका पल कम्प्युटरमै बित्छ।



7 Comments:

Rajan said...

ब्लगरहुरलाई एक अर्कामा परिचित गराउने यो दौंतरीको प्रयाश राम्रो लाग्यो ।

Anonymous said...

really good job from " Dautari " .

Anonymous said...

Nice effort of Dautari to bridge all bloggers! Good to know about Archana.

Basanta said...

अर्चनाजीसंगको वार्ता पढ्न पाऊँदा ज्यादै खुशी लाग्यो। धन्यबाद "दौंतरी"!
अर्चनाजी ब्यक्तिगत रुपमा नेपालको आइ.टी. क्षेत्र र ब्लग जगतको विकासका लागि धेरै सकृय हुनुहुन्छ। bloggers.com.np मात्रैले पनि नेपाली ब्लगजगतलाई ठूलो गुन लगाएको छ। यो अवसरमा उहाँलाई फेरि एकपटक हार्दिक धन्यबाद दिन चाहन्छु।

पीजी said...

म पनि कहिले काहि अर्चनाजीको ब्लग हेर्ने गर्थे । एउटा सफल व्यवसायिक महिलाको रुपमा सुनेको कारण पनि कहिले काहि वहांको ब्लगमा आंखा जान्थ्यो । वास्तवमा ब्लगले मान्छेको व्यक्तित्वको परिचय पनि दिन्छ, अनि व्यवसाय भन्दा बाहिरको स्वतन्त्र बिचारको पनि । त्यसैले पनि नियमित नभए पनि कहिले काही भए पनि लेख्दै गर्नुहोला शुभकामना र दौंतरीलाइ पनि माया नमार्नु होला !

Anonymous said...

मेरो एक महिनाको इताली बसाइले धेरै कुराहरु सिकाएको छ । जनताहरु धेरै अनुशासित छन ।सबै कामहरु सिस्टममा चलेका छन । सबैले हाम्रो हो भन्ने भावनाले काम गर्छन ।सडक,कार्यालय र सार्बजनिक पार्कहरु धेरै सफा चहन् सुन्दर् छन् हेर्दैमा मन् छुने छन्।हम्र नेत,बिज्ञ र बरिष्ठ प्रशासकहरु धेरै जनाले बिदेश भ्रमण गरेका थिए। तर तिनिहरुमा यस किसिमको बिकास गर्ने सोच कहिले नाआयेको देद्ख्द बुख लगेर आयो। तिनिहरुले आफ्नो मात्र प्रगति गर्न खोजे। अरुको लगि केहि वास्ता गरेनन् ।सबैको लगि हुने प्रगति गरे आफ्नो पनि प्रगति हुन्छ भन्ने धरणा तिनिहरुमा कहिल्यै आयन ।हुन त म एउटा सानो कर्मचारि मात्र हु।

Anonymous said...

Hi Archanaji,

I am very happy to read your blog.Nepalese women in this field have not seen untill now. First attempt is little more hafazard and difficult.It gives chance to publish articles and does not need to waite for others. The most important thing is that it makes popular and can get several other chances to be familier with others.Wish to hear good news in the future soon. And you will help me to publsh my articles on this blog .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !