January 14, 2009

सरकार, कलम र दुई थोपा आशु

gokul_bivas
गोकुल बिबश ढकाल
ईतिहासको यो कालखन्ड सम्म शायद नेपाली जनताले हजारौ शासकहरु देखे र भोगे, चाहे ति शासक पृथ्वीनारायणको रुपमा हुन वा बहादुर शाहको भेशमा । जङ्बहादुर वा चन्द्रशमसेरको रुपमा होउन वा मनमोहन, गिरिजा वा नयाँ नेपालका नयाँ शासक प्रचन्ड कै घमन्डताको स्वरुपतामा नै किन नहोउन । ति सबैका रुप र भेशमा तातो खरानी भन्दा केही देखिएन । भनिन्छ नि, जुन जोगी आए पनि कानै चिरेका । शाहहरुले कान चिरेर दासता, सामन्ती सोच र पाखन्डिपनाको गहना लगाएका थिए भने ०४६ साल पछी आएका प्रजातन्त्रका हिमायाती भनाउदा हरुले भ्रस्टाचार, परिवारबाद र नोकारीपनाको मुन्द्रा लगाए - कानमा भने, पन्ध्र हजार नेपालीको ज्यान जाने गरी थालिएको "प्रजातान्त्रिक र गणतान्त्रिक अभ्यास" बाट आएका शासकहरुले आज महङ्गी, हत्या र आतंकका गहना लगाएका छन ।
हिजो यिनिहरु सबै काशिका जोगीले जसरी पहेलो बस्त्र पहिरिएर जनता सँग भिख माग्थे, आज जनतालाई नाङै बनाएर लुट्न सिकाएका छन । सिंह दरवार अगाडि महिलाले नाङै बिकासको भिख माग्दा पनि यिनका घैटामा घाम लागेनन । आज जनता सबै जोगी भएका छन । सबै जोगी भएपछी भिख दिने को ? को सँग माग्ने भिख ? त्यसैले परिवार पाल्न नसकेर राम कृष्णहरु बिख पीइ आत्महत्या गर्न वाध्य भएका छन । हामी जनता चाँही लाटो कोसेरो जसरी राम कृष्णको परिवार बिचल्ली भए जसरी भोको पेट र बढेका नङ्रा देखाएर बस्न वाध्य भएका छौ । अब यहाँ सम्झन मन लाग्छ, हाम्रा पुर्खाले स्वतन्त्रताको लागि लडेका लडाईंका के अर्थ ? सुक्रराजहरु फासिमा झुन्डिएर छातीमा गोली थापेको के अर्थ ? जीवनहरु लोकतन्त्रको लागि लडेर अपाङ्ग भएको के अर्थ ? पुर्खाको बलिदानिको नाममा बनेको ट्रस्ट पञ्चेहरुको मागी खाने भाडो भएको छ, सुक्रराजहरुका नाममा बनेका स्कुलहरुमा केबल समानती र शोषक-शासक हरुका बचेँरा खेल्ने पाठशाला भएको छ भने जीवनभर अपाङ्ग बनेका जीवनहरुको नाममा ति शासकका भाई भतिजाहरुले मोटरसाईकल र महङा मोबाईल सेटहरु बोक्ने माध्यम बनएका छन । अतएब: हामीले के पायौ त आखिर ? जनताको सहि बिचार छापिने कुनै पत्रीका छैन देशमा । सबैका आवाजहरु धम्किले पेलिएका छन, निमिट्यान्न भएका छन । स्वतन्त्रताको कसम खाइ खुलेका संचार माध्यामहरु कि त कांग्रेसी मुखपत्र भएका छन, कि त तिनिहरु एमालेको महाधिबेशनको घोषणापत्र बनेर बासिरहेका छन कि त भने वाइ. सि. एल . का आतंकको गुणगान गाउँ मै ब्यस्त छन । १३० सालको राणा शासनले नदेखाएको बर्बर आतंक आज हामी खेप्न वाध्य छौ । कोही बोल्यो कि भोलिपल्टै अपहरण अनी सदा भरी बनमारा घारिको बास - खुकुरिको छप्काइले । बल्ल बुझियो, यही रहेछ, प्रजातन्त्र । यती दिन आएको रहेछ लोकतन्त्र । धन्य शाहहरु, कोइराला र अधिकारीहरु अनी बर्तमान दाहालहरु ।
पञ्चायत बखत लेखिने कलमहरु मात्र भाचिदिन्थे रे - शासकहरु । तर आज यहाँ पत्रकारको कार्यालयसङै उनैको घाटी भाचिएका खबरहरु सेलाउन नपाउदै उमा सिंहहरु गिडिन पुग्छन । शासकहरुका गलामा पाच तोलाको सुनको सिक्री हुन्छ, दाईजो प्रथाको बिरोध गर्दा अनी सत्यतामा पत्रकारिताको आफ्नो जीवन देख्ने उमाहरुको घाटिमा पाच जना होइन पन्ध्र जना लफुङाहरु पाच किलोको खुकुरीले टाउको रगेट्छन । आतंकको यो भन्दा बढी सिमा अरु के हुन्छ ? हिजो खुकुरी र बन्दुकहरु प्रधान भए, आतंकको साधन । लोकतन्त्रको बहाली पश्चात कलमहरु टुक्राउने गतिलो सहारा भएर मौलाएको छ फेरी बन्दुकतन्त्र । कृष्ण सेनहरुका जीवन समाप्ती कसरी भए भन्ने कुरो पनि यहाँ उठ्नु स्वाभाबिक छ तर समाज कता गयो ? हामी कता जादैछौ अनी हाम्रा यि शासकहरुले हामीलाई सस्तो डलरको भाउमा कतै बेचिरहेका त छैनन, मोरियार्ती त पावेलहरुलाई ? बिजुली नभएको अन्धकारमा महाकालीको कसम सम्झेर यिनिहरुले मौका छोपी भारतीय मुद्रामा त बेचबिखन गरिरहेका छैनन भन्ने प्रसँग अब अनौठो नलाग्दो भएको जस्तो छ । मुलायम सिंहहरु आउनु अनी उमा सिंहहरु काटिनु, शिवशंकरहरु आउनु अनी नारायण वाग्लेहरु थुनिनु अनी मोरियार्टिहरु फर्कनु, "जनसेनाका" कमाण्डरहरु गर्जिनु के नेपालमा कलम बलियो भएरै हो त ? या त बिचार र कलमका प्रतिमुर्तिहरु तिनै उमाहरुले सत्यताको बखानमा पत्रकारिताको मान्यता निभाएर हो ?
धेरै दियोहरु निभिसके । त्यसै त अन्धकार देश दैनिक सोर्ह घण्टा सुत्छ । महाकालीहरु बगेको बेगले भारतीय दलालहरु ब्युझन्छन तर गण्डकीको आशु सुकेर सगरमाथाको न्याउरो अनुहारमा हाम्रो देश दिनदहाडै निदमा मस्त छ । यही अन्धकारको मौका छोपी दलालहरु चन्दन ओसार्न ब्यस्त छन भने बामदेवले सुकाएका बारहरु झनै मज्जाले नग्नतामा नाच्न मस्त छन । तर उता मैनबत्तिको सहारामा जनकपुर थर्काउने उमाहरु अन्धकारैमा निर्दोश जिन्दगी खुकुरी र भालाले गिडाउन तयार छन । सतिले सरापेर कहिल्यै आमाहरुको आँखा ओभानो न्भएको यो मुलुकमा हाम्री र उमाकी आमाहरु फेरी एकचोटी चिच्याउदै रोइरहेका छन नै अनकन्टारमा बिलौना गरिरहका छन, फर्कन्छन कि फेरी उमाहरु भनेर । सुन्देलान कि हाम्री र उमाकी आमाका चित्कारहरु भनेर । तर रगतको खोली बगेको मुलुकमा आमाहरुका दुई थोपा आशुको के महत्व ? कसले सुनुदिने बिलौना ? देख्ने, सुन्ने र भोग्ने हरुका आँखाबाट मात्रै चुहिदारहेछन, आमाहरुका आशु जस्तै दुई थोपा आशु त केबल दुई थोपा आशु हजुर ।


4 Comments:

प्रबिण थापा said...

हुँदैन बिहान मिरमिरमा तार झरेर नगए
बन्दैन देश दुई चार सपुत मरेर नगए
मलाई तपाईंको यो लेख पढेपछी यि स्रस्टाका मर्मस्पर्शी शब्दहरु एकपटक सम्झन मन लाग्यो,हिर्दय देखी सम्मान गर्न मन लाग्यो सम्पूर्ण ज्ञात अज्ञात शाहीदहरुप्रती। धिक्कारे ती ईतिहास र वर्तमानका खलनायकहरुलाई,मनदेखी आक्रोशका ज्वाला दन्कियर आयो, राष्टीयता र देशप्रेमले आँखाहरु एकाएक रसाए। हो गकुल जि हत्यरा, भष्टचारी, तस्करी, बलत्कारी यस्तै यस्तै को बिगबिगिमा ईतिहासदेखी बर्तमानसम्म यो देश सकी नसकी बामे सरिरहेको छ। कुनै एकदिन यहाँका जनताले आनन्दको अनुभुती आजसम्म गर्न पाएका छैनन। कुनै आमाको आँखा आजसम्म ओभानो देखिएका छैनन। यहाँ दुई चार होइन २० औ हजारको रगत बगिसकेको छ, बग्ने क्रम यथावत छ थाहाछैन यसको अन्त्य कहिले हुन्छ। राजनीतिको मुकुन्डो लगाएर यहाँ दलालहरु खुलेआम देशको अस्तित्व माथि धावा बोल्छन। भारतीय एस एस बि फोर्सेलाई नेपालभित्र छिराएर नेपाली नारिहरुको अस्तिव लुट्न उक्साउछन , देखेको नदेखे झै गर्छन् सुस्ताको अतिक्रमण। महाकाली, कोशी बेचे, टनकपुर जस्तो राष्ट्रघाती सन्धी गरे प्रजातन्त्रका हिमायातीहरुले, नयाँ लोकतन्त्रको खोल ओढेर अर्को नयाँ नामको राष्ट्रवादी शक्ती आयो उ आफ्नो विगतलाई निरन्तरता दिदै राम्रो कुरा गर्ने, राम्रो काम गर्न खोज्ने सबैलाई खोजी खोजी हत्या गर्न उद्धत छ । निरही तपाईं हामी सुनेर पनि नसुनेझै गर्न परीरहेको छ यो अनौठो प्रजातन्त्रमा।
सान्दर्भिक लेखको लागि धन्यवाद आशा छ फेरी फेरी पनि तपाईंका लेखहरु पढ्न पाइनेनै छ। तपाईंको प्रगतिको कामना।

Anonymous said...

मार्मिक लेख । मन छोयो ।

पीजी said...

कुनै बेला कसैको आत्महत्याको खबरले कहालिने हाम्रो देशमा मान्छेको मू्ल्य, अस्तित्व खस्किदो छ । अझ के भन्ने देशको मूल्य र अस्तित्व नै खस्किदो छ ।

Anonymous said...

Tapai lai dhanybad sir, desh ko aathartha sisthi prastha parnu bhayeko cha . tapai ko lekh man chhune chha , tapai ko lekh study garda ta aashu nai aayo sir .. ajahi tapai ko pragati ko lagi suhubhakamana..

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !