January 13, 2009

के भनु र खै?

आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।

भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?



6 Comments:

Aakar said...

कसैको पनि सुरक्षा को ग्यारेन्टि यहाँ भएन !
उमा सिंह मा हार्दिक श्रद्धान्जली !

ठरकि दादा said...

अती भयो अब त!, के गर्ने ?, पहिला यस्तै गर्नेहरु अहिले देशका ठालू भएकाछन अनि कसरी दण्डहिनता अन्त हुन्छ !

बिरोधको लागी व्यानरमा कालो पोत्नु भएको हो ?

पीजी said...

ती निरिह नारी माथि हतियार प्रहार गर्ने पशुहरु र इराकमा १२ जना नेपालीको घाटी रेट्ने पशुहरु बिच मैले केहि फरक देख्दिन । गर्दा गर्दा अब एउटी मेहनत गरेर खाने नारी माथि धावा बोल्ने कुन कुसिद्धान्तले निर्देशित होलान ?

माओबादिले शुरु गरेको सफायाको रोग कहिले उन्मुलन हुने होला देशबाट ? देशका लागि केहि गरुँ भन्दा पनि नसकिने हुने भयो देश ।

Prabesh said...

सब माओवादीले रोपेको बीऊ झाङ्गिएको हो आज । माओवादीलाई नसुधारि यो सिलसिला कहिले पनि रोकिँदैन ।

Anonymous said...

Birodh ko lagi bhanda pani yesta kaam le hami nepali kai mukh kalo bhayo bhanera banner ma kalo poteko ho. Garne kehi hoinan uhi sabaile srdanjali matra dine ta hun. Yesto karya nindaniya bhanda pani ajhai badhi ho bhanna ka lagi yo kalo banner. Sathai hami sabai nepali patrakar ko saathma chhau.

Anonymous said...

ठ रकी दादा !
यथार्त लेख्नु भो ।
मुलुक त हेर्दा हेर्दाइ अपराधी हरुको जमघट हुने खाल जस्तो पो हुन थालयो !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !