January 12, 2009

परिचय प्रभा आचार्यको कबिता संग्रह परदेशबाट

यो कबिता सङ्रह मेरो लेखनक्षेत्रको डेढ दसक पछी प्रकाशनमा ल्याएको हो यस्मा सबै कबिताहरु बिभिन्न पत्रीकामा प्रकाशित भएका छन र कत्ती भने अमेरिका भित्रिएपश्चातका छन यो कबिता सङ्रहमा देश प्रतिको माया,पर्देशको पीडा,नारिहरुको बेदना,मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ? अनी मनहरु किन र कसरी बिभाजित हुन्छन?, अनी कबिता के हो ?भन्ने कुराहरु जस्ता मैले समेट्न खोजेकी छु । २०६३ सालमा प्रकाशित सङ्रहको बिमोचन कार्यक्रम काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको थियो। म परेदेशमा नै भए पनि आफ्नो देशबाट पलायन भएको आभास नहोस् भन्नकालागी मैले यो सङ्रह निकालेकी हुँ र यो सङ्रहको अमेरिकाको कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो। यस भित्रका केही कबिताहरु:


१)'' पीडाको अर्को रूप नारी ''
ऊ स्वास्नी मान्छे
मुटुको दहबाट कसैलाई
एक अन्जुली माया उघाएर
दिन सक्छे ,
तर ---बदलामा उस्ले
स्वार्थिपनको उपहार पाउन सक्छे ।
ऊ स्वास्नी मान्छे,
आफ्नो शरीर पस्केर
कसैको भोक मेटाउन सक्छे
तर ---सट्टामा उस्ले
घ्रीणाको उपनाम पाउन सक्छे ।
मुटु रित्याएर माया दिनु
शरीर पस्केर भोक मेटाइदिनु
अन्त्यमा ---उस्ले
जीवनभरी अभिश्राप पाउनु र
जुठेल्नाको फ्याकिएको जुठो हुनु हो
अनी ---स्वास्नी मान्छे हुनुको अर्थ
पीडाको अर्को रूप हो ।

२)''मन बिभाजित भएपछी''
आगन एउटै भएर पनि मन बिभाजित भएपछी
छानो एउटै भएर पनी
बिचारमा फरक परेपछी
आफ्नो पनि बिरानो हुदो रहेछ ।
छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी
घरपनी भिन्न लाग्दोरहेछ
आकाश एउटै भएर पनि
स्वार्थ अनायस उब्जिए पछी
धर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछी
माटो पनि बिभाजित हुदो रहेछ ।
देश एउटै भएर पनि
स्वार्थ अनेक भएपछी
भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी
आफ्नै मुलुक पराइ लाग्दो रहेछ ।

३)''पराइभूमिमा छट्पटाइ रहेछु''
दुखेका चोटहरुमा
शान्त्वनाको मल्हम लगाउदै
म,
आफ्नै देशको झझल्को
आँखामा टसाएर
पराइभूमिमा भौतारिरहेछु ।
शायद ---बिवस्ता नै हो कि ?
आफ्नी आमाको न्यानो स्पर्श
बिर्सनु पर्ने
कि ---बाध्यता थियो ?
मैले आफ्नो माटोबाट
बिस्थापित हुनुपर्ने ।
चाहे जे होस्
म सूर्योदयको बिहानिमा
आफ्नी आमाको सम्झनामा


एक अन्जुली पानी चढाउछु
म ,
रङिन क्षितिजलाई नियाल्दै
मनको बगैचाबाट स्वछ फूल चडाउछु ।
खोसिएका हासोहरुमा
आश्वासनको रङ पोत्दै
म आफ्नै देशको माया
छात्तिमा बोकेर
पराइभूमिमा छट्पटिइ रहेछु



3 Comments:

दीपक जडित said...

बधाई छ दिदी , पुस्तक नै हात पारेर पढ्ने धोको जाग्यो तर टाढा पुगेको छु । यसरी नै पढ्न पाउँ पहिले पत्रपत्रिकामा नदेखिएका कविताहरु भन्ने लोभ गरेँ है ।

Luna said...

मार्मिक छन शब्द भाब ।

me said...

दिदीका कबिताहरु यत्रतत्र पढे पनि पुस्तक कै बारेमा चै थाहा थिएन। ल कुनै दिन त्यो संग्रह पनि हातपार्ला नि....

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !