January 27, 2009

आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !

आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।

सराप्न मिल्ने संस्था पनि
छैन अब कसो गरुँ?,
हात जोड्छु सबै संग
आफन्त र पराईहरु ।

निल्नु न ओकल्नु भो
यो सत्ता पनि अब,
मिलाउन त गाह्रो रै’छ
हिमाल, पहाड तराईहरु ।

जादू गरि हाल्छु भन्ने
सोचेँथे पहिला त मैले,
झनै सबै चिढिंसके
हिन्दू, मुश्‍लीम ईसाईहरु ।

नया नेपाल बनाउन
परिवर्तन धेरै गरें,
सवालाखको विछ्‍यौना र
टोपी-टाई को लवाईहरु ।

भो बाबा! गाह्रो रै’छ,
देश चलाउने काम त,
बरु सत्ता कब्जा गर्छु
बन्द गरी सवाईहरु ।

*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।



6 Comments:

Anonymous said...

तिम्रा शब्दमा म देख्छु घाऊ
पार्टिबाद ले चर्याएछ अस्पातल जाउ
°
हाम्रा नेताजी सब छन भिन्न
सार्है गार्हो असल कुरा छिन्न
°
प्रचन्ड बोली तातो खरो
खरो भित्र छ भाब दर्हो
°
झिल्का मुलुकमा झोसी सकेको छ
मुलुक दलदल मा फसिसकेको छ
°
झिल्का माथि पानी छ्यापी दिने कि !
कि पानी को सट्टा घिउ थपी दिने कि !
°
सधैं भरी हामी झगडा नै गर्ने
पिर माथि फेरी कती पिर भर्ने !
°
गिरिजा उनै हुन माधव उनै हुन
भारतको प्रकाश मा चम्किने जूनै हुन !
°
( जूनै - जून , जसरी सूर्यको प्रकाश मा जून चम्किन्छ उसै गरी भारत को प्रकाश मा ------)
°
अब गर्नै त पर्‍यो प्रचन्ड आश
केही हुन्छ कि छनक खास
°
यिनले पनि नगरे सम्झ भो बिनाश
फेरी बनबाश जनको नाश ---
°
नहोस् त्यस्तो सत्यानाश
जिउदै मुलुक नहोस् लाश ---
°

Anonymous said...

Nice :)

Unknown said...

wah ! wah !! wah !!!

ठरकि दादा said...

गिरिजा र माधव फटाहा भए भन्दैमा ति भन्दा पनि माहरथी प्रचण्ड त्यत्तिकै "साधु" हुन्छन जस्तो मलाई लाग्दैन ।

सिधै भन्दा गिरिजा देश मुल्याहा र माकुने राजनैतिका छुल्याहा हुन, देशलाई आजको स्थितिमा ल्याउन यिनिहरुको सबैभन्दा ठुलो हात छ। त्यसो भन्दैमा यिनिहरु पछि आएका प्रचण्डलाई "फ्रि" मा हिरो बनाउने त?

Anonymous said...

ठरकी सर यो सबाइभाका हो? सबाइ त छन्द हो कि जस्तो मानेको थिए तर ठ्यक्कै याद गर्न सकिएन। सवाइ छन्द पनि रवर छन्द जस्तै हुंदो रहेच हि हि, ठ्टटा मात्र।
आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।
पहिलै प्यारामा मेरो घोर समर्थन छ है।

अशोक " खलानको मान्छे " said...

के गर्छन ति ढोङी फखान्डी हरु ले
देश लाई युद्दको भुमरी मा डुबाई राज्ज खोशी लिनी ले
जले को ठम मा खरानी शबाय आगो को मसिल भे टीयला

जनता को नाम मा जनता गेड्नी न्याय गर्छु भन्नेले
पडेका स्वठ सँग धर्म सस्क्रती का के कुरा
रिती थिती एस्तेइ हो लुट को चक्र मात्र बद्लने हो






अशोक " खलानको मान्छे

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !