January 26, 2009

सपथग्रहण: परमानन्द झा देखी ओबामा सम्म

हिन्दीमा सपथग्रहण गर्‍यो भनेर नेपालको सर्वच्व अदालतले जुलाई २८, २००८ का दिन उप-राष्ट्रपति झा र सरकारको नाममा लिखित स्पष्टिकरण को माग गरेको थियो । मच्चिने-मच्चिने थच्चिने (म जस्ता) नेपालीको बानी थाहा पाएर नै होला दौंतरीले एउटा काउन्टडाउन हुने (जवाफ फर्काउने समयको) घडी नै राखेको थियो साइटमा । मेरो पर्सनल कामको चपेटले गर्द बिचमा त्यो काण्डको कुरा के - कहां पुग्यो मलाई केही हेक्का नै भएन, लेख्ने त परै जावोस पढ्ने पनि सार मिलेन । आहिले ओबामा को सपथ ग्रहण हेरेपछी फेरी तेही पुरानो कुरा को झल्झली याद आयो ।

अमेरिकाको संविधान अनुसार हरेक ४ (वा ८) बर्षमा जनवरी २० का दिन दिउसो १२ बजे पछी नयाँ राष्ट्रपती को कार्यकाल सुरु हुन्छ । तेही समयमा नयाँ राष्ट्रपतीले आफ्नो कार्यलयको सपथ खान्छन । सपथ यस ब्यहोराको हुन्छ: I do solemnly swear (or affirm) that I will faithfully execute the office of President of the United States, and will to the best of my ability, preserve, protect and defend the Constitution of the United States.

यसपाली सपथग्रहणको बेला सपथ खुवाउने (सर्वच्व अदालतका मुख्य न्यायधिस) नर्वस भएर हो कि सपथका शब्दहरु अगाडि पछाडि पढे, ओबामा पनि झुक्किएर झन्डै - झन्डै त्यसै गरी नै पढे । पछी ओबामा फेरी सपथ लिएछन (सर्वच्व अदालतका मुख्य न्यायधिस बाटै), तर ५-१० ब्यक्ती का सामु । कमनसेन्स लगाउने भए फेरी किन लि राख्नु परेको होला जस्तो लाग्छ, तर संविधान र नियम कानुन भनेको कमनसेन्स भन्दा माथिका कुरा हुन । सबैले आ-आफ्नो सजिलो का लागि आफ्नै तरिकाले कमनसेन्स लागाउन र संविधानको व्याख्या गर्न थाले नियम कानुन भन्ने नै हुंदैन होला ।

मेरो यो पोस्ट को सार के हो भने: यदी चित्त बुझ्दो र समय सापेक्ष छैन भने कि त संविधाननै परिवर्तन गर्न सक्नु पर्‍यो, हैन भने जे लेखेको छ तेसको पालना गर्नु पर्‍यो ।



7 Comments:

ठरकि दादा said...

एकदमै सहि र सटिक कुरा। एक पटक लीईसकेको सपथ पून अर्को पटक लिएर ओबामा पक्कै पनि सानो भएनन (जुन सपथ उनले पून नलीएको भए पनि कसैले उनलाई औंला उटाउने थिएनन्)।
यता भने हाम्रा नेताहरुबाट नैतीकताको आशा गर्नु भनेको हाम्रै गल्ति जस्तो भैसक्यो अब त ।

Prabesh said...

परमानन्द झाको विषयमा नेपालको संविधानमै के छ भनेर हामी स्पष्ट भएका छैनौ । त्यहि भएर त्यो कुरामा ठ्याक्कै कुरो गरिहाल्न पनि मिल्दैन । मातृभाषमा सपथ खान पाइने नियम छ भने परमानन्दको हिन्दी नै मातृभाषा हो कि त ॥

तर नियमकानुनुको कुरा उठाउनुभाको चैँ राम्रो लाग्यो । यो मात्रै होइन अन्य धेरै कुरामा पनि नियमकानुन मिच्ने काम भइराको छ हाम्रो देशमा । अमेरिकामा राष्ट्रपतिले आफूलाई कानुनभन्दा सानो सम्झिँदा रै'छन् । नेपालमा पनि सबैले कानुन मेरो दायरामा होइन कि म कानुनुको दायरामा छु भनेर सम्झिन सके हाम्रो देश धेरै उँभो लाग्नेथियो ।

Anonymous said...

प्रज्वल जीले कता बाट सम्झनु भयो परमानन्द झाको कुरो? हाम्रोमा गफ मात्रै त हो गर्ने जे गरे पनि हुन्छ, नियाम कानुन खै कता के को कता तिर हुन्छ। नया नेपालमा के हुन्छ की भनेर दौंतरीमा काउन्ट डाउन राखेको थियो के को हुनू, गफै गफमा त्यो कुरो अस्तायो।

घिमिरे said...

नेपाली लाउके नेताहरुले केही पाठ लिएको भए राम्रो हुनेथियो । अन्यथा, कुरो गर्‍यो कुरा कै दु:ख हो !

पीजी said...

प्रज्वलजी मैले बुझेको नियम कानुनको पालना हुने देशमा भोलि सपथ ग्रहण गरेको भएन भन्ने कुरा प्रमाणित भयो भने त्यो व्यक्तिको पद स्वत: जान्छ होला । त्यसैले नै ओबामाले दुई पटक सपथ लिनु परेको हो। नेपालमा त जो कानुन मान्दैन त्यहि ठुलो कहलिन्छ , त्यसैले जाति टेढिन सक्यो त्यति ठुलो भन्ने भ्रम परेको होला उराप र प्रम लाई ।

प्रबिण थापा said...

पन्डा जि ले भनेजस्तै, जसले नराम्रो काम गर्छ, जसले नियम कानुन को मर्यदा पालना गर्दैन त्यही नै ठुलो हुन्छ हाम्रो देशमा अनी ठुलो कहलिन पनि त परमानन्द, प्रचन्डले सबिधन को उन्लंघन गर्नु पर्‍यो नि होइनर?

Anonymous said...

आफ्नै मुलुक हाक्ने नेता देखी चित्त दु खाएर तिनलाई गाली गर्दै मन बुझाउनु परेको छ ! कत्ती अभा गि जनता है हामी ?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !