January 21, 2009

बेल्जियममा नेपालीहरुको व्यापार बढ्दो गतिमा

Purushottam Subedi


बिगत केही बर्ष यता बेल्जियममा नेपालीहरुको बसाइको स्थाइत्व संगसंगै पेसा-ब्यवसायको पनि उत्तिकै बृद्धी भयको छ । बेल्जियममा नेपालीहरु द्रुत गतिमा आफ्नो ब्यवसायलाई बृद्धी गर्न तथा नयाँ ठाउमा नयाँ नयाँ ब्यवसाय खोल्न अग्र पङ्तीमा देखिएका छन । ठुला ठुला रेस्टोरेन्ट-पिज्जा रेस्टोरन्ट - खुद्रा पसल देखी लियर साइबर क्याफे सम्मका ब्यवसायलाई अब नेपालीहरुले आफ्नो सक्दो बिवेक प्रयोग गरेर संचालनमा ल्यायका छन ।

गत २० जनवरीमा बेल्जियमकै सेन्ट्रल मानिने बेर्तेम सिटीमा तीन नेपालीहरुको संयुक्त लगानिमा एउटा स्तरिय पिज्जा रेस्टोरेन्टको सुरुवात भएको छ । बासुदेब खड्का, महेन्द्र बिक्रम भट्टराई, बिजय भट्टराई को सकृयतामा सुरु गरिएको उक्त पिज्जा रेस्टोरन्ट पहिलो भने हैन । बेल्जियम लुभेन सहरमा बस्ने यि तीन नेपाली हस्तीहरुले बेल्जियमकै कोर्तेनबर्ग मा पहिलो ब्यवसाय पनि संचालन गर्दै आइरहेका छन । हाल आएर फेरी तिनै जनाको संयुक्त लगानिमा एक स्टेन्डर्ड पिज्जा रेस्टोरन्ट को यही २० जनवरिमा स्थानिय नगर पालिका प्रमुख अल्बर्ट मेस द्वारा रिबन काटेर साझ ६ बजे पिज्जा रेस्टोरन्टको उदघाटन गर्नु भयो भने नेपाली दुतावासको तर्फ बाट दुर्गा भण्डारीले दीप ज्वलन गरी उदघाटन प्रकृया पुरा गर्नु भयो ।

नेपाली नागरिक र बेल्जिग नागरिक गरी झन्डै सयौंको संख्यामा उपस्थितीमा सुरु गरिएको पिज्जा रेस्टोरेन्ट निकै स्तरिय देखिन्छ । ३८ फर्निचर ले सज्जित उक्त पिज्जा रेस्टोरन्टको नाम भने ‘द पिज्जा क्लव स्क्वायर’ रहेको छ । उपस्थित प्रमुख अतिथी लगायत अन्य सबै अतिथी हरुले आफ्नो स्थानमा बसेर भोजन ग्रहण गरेका थिय ।



1 Comments:

Anonymous said...

good news .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !