January 23, 2009

गजल- अझै पलाएन

दीपक जडित
अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।

रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।

न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।


3 Comments:

Anonymous said...

सुन्दर गजल ।
निरन्तरताको शुभ कामना है दिपक जि ।

Unknown said...

सुन्दर गजल ।
निरन्तरताको शुभ कामना है दिपक जि ।

Prabesh said...

कति राम्रो लेख्न सक्नुभाको दीपक दाजु
वाहवाहीका शब्दको मूल फूटो मनमा

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !