January 22, 2009

सानैमा सिकाइ

प्रबिण थापा

सानैमा सिकाइ दियौ नभै हुन्न आजभोलि
किसको मात्र कुरा गर्छौ त्यसले छुन्न आजभोली

यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली

करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली

पालै पालो हत्या भयो दिदी भहिनी दाजु भाईको
चोट सहने बानी पर्‍यो अह रुन्न आजभोली

मिठो भाषण गर्छन् सबै कसको विश्वाश गर्ने
सार्है कठीन भयो हजुर नेता चुन्न आजभोली


4 Comments:

Prabesh said...

करकापमा हिजो सम्म एक गिलास बलै जान्थ्यो
सिकेको छु भट्टी छिरी पिउन टुन्न आजभोली

यो अंश चैँ साह्रै राम्रो लाग्यो है । वास्तविक जीवनमा मेल खाने परेछ । हा हा ॥

Anonymous said...

" मिठो भाषाण गर्छन् सबै कस्को बिस्बास गर्ने
सार्ह्यै क ठिन भयो हजुर नेता चुन्न आज भोली --"
यो यथार्त ले घ त् लाग्यो सार्है नै ।
लेख्दै जानुस् है , निरन्तरताको शुभ कामना ।

Unknown said...

यताउता सलबलाउने यो चन्चले मनलाई
खोजी राछु भोटे ताल्चा लगाइ थुन्न आजभोली

wah ! wah !!

Postak_Shrestha said...

राम्रो छ। "किस" को सट्टा चुम्बन शब्दको प्रयोग अझै बढी सुहाउंथ्यो कि?

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !