January 18, 2009

रमिता - गरुं के कुरा ?

नेपालियन
अनुहारमा गुलाफ मुखमा छ छुरा
आधी कपडा लाउनेको गरुं के कुरा

जती पैसा बढ्छ उती खल्ती मोटो
जती नानी बढी उती कपडा छोटो

चार फुट उचाइ चारै इन्च हिल
किताबमा आंखा सलमानमा दिल

त्यसको जिउमा बिजुली केटाहरुमा जोश
त्यो आफै नक्कली हाम्लाइ के को दोष

अनुहार गोरो लिपीस्टिक छ कालो
एक बित्ते कपडा कट्टु होकि टालो

दुइ र दुइ जोड्दा औंलाले गन्छे
कांहा पढाउछे कुन्नी मिसनेपाल भन्छे

अर्थ न बर्थ गोबिन्द गाइ
नाकको फूली नाइटां लाइ


10 Comments:

आश्मा said...

लौ! मदनजीलाई झोक चल्यो जस्तो छ ।

Prabesh said...

धेरै नै पहिले लेखिईसकेका हरफहरू बटूलेर कनिकूथो लेख्‍नुभएको रहेछ कविता । धेरै नै पूरानो अनि वर्तमान समयसँग नसुहाउँदिलो कुरा !!!

प्रबिण थापा said...

लौ गजब छ बा ! खुब मन गरेर पढे। भन्न खोजेको कुरा बुझ्न भो होलानी आफुलाइत यस्तै उत्तौली मनपर्छ क्या।

Anonymous said...

नजर त हजुरको पनि जहाँ तही पुग्दो रहेछ नि :)
( अन्यथा नलिनुस् है ' नाकको फुली नाइटोमा ' हरफ घ त् लागेर थोरै जिस्काइ दिएको है )

Basanta said...

नमे ब्रो, मलाई चाहिं अलि चित्त बुझेन यार यो कुरा! हामी किन केटीले यस्तो लगाए र त्यस्तो लगाए, यो देखाए र त्यो देखाए भन्नेमा यस्तो विधि रुचि राख्छौं? यो विक्षिप्तता हाम्रो गम्भिर मानसिक समस्या हो। हामी नेपाली पुरुषहरु नेपाली महिला सबै सती-सावित्री र सीता भईदिउन् भन्ने चाहना राख्छौं तर आफूचाहीं रावणजस्ता छौं।

लुगा छोटो-लामो लगाउने कुरा ब्यक्तिको स्वतन्त्रतामा छोडिदिऔं र अलि यसभन्दा गम्भिर कुराहरुमा ध्यान मोडौं।

पीजी said...

हैन बसन्त ब्रो बल्ल पहिलो प्यारोडी फुरेको छ, खुल्न दिनुस ! कुमार बस्नेतको याद दिलायो प्यारोडीले । अनि लुनाजीले फेरि दर्हो दिनुभयो ।

" तर आफूचाहीं रावणजस्ता छौं। "

हामी मात्र हैन यो रावणपना सबैमा हुदोरैछ क्लिन्टन देखि लामाहरुसम्म !

पीजी said...

मलाई अरु त हैन
"कांहा पढाउछे कुन्नी मिसनेपाल भन्छे" भन्ने मन पर्यो !

Postak_Shrestha said...

अर्थशास्त्र पढेका साथीहरुलाई थाहा होला, माग बिन आपुर्ती किन हुन्थ्यो होला र।

पीजी said...

पोस्तकजी धरोधर्म मेरो माग हैन है, मेरो यो विषयलाई न समर्थन छ न विरोध नै।

अनि कति कुराहरु छन नि नेपाल मै पनि कुनै ठाउंमा चलन चल्तिमा हुन्छन भने अर्को ठाउंमा चाहीं गलत अर्थ लाग्ने हुन्छन । त्यो चाही ख्याल राख्नै पर्छ ।

"अर्थ न बर्थ गोबिन्द गाइ
टाउको दुखेको औषधी नाइटांलाइ" भन्ने त पश्चिम नेपालकोतिरको प्रचलित उखान हो । अनि बी जीको कुरो पनि सोर्है आना सही हो ! ल एमाले बन्यो भनेर गाली नगरम है !

Postak_Shrestha said...

होइन, होइन, मैले पान्डाजीलाई भनेको होइन। थोरै कपडा धेरै अंग प्रदर्शनको कुरामा, ठट्टा मात्र गरेको। बसन्तजी ले चांही रसायन शास्त्रमा दर्शनशास्त्र घोलिदिनु भयो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !