January 14, 2009

राष्ट्रिय गीत - नेपाल नेपाल

शेखर ढुंगेल -१-१०-०९
नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारी
हो यो मेरो नेपाल हाम्रो नेपाल

---------------
कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल
-------------------
हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल hamro Nepal



2 Comments:

Anonymous said...

" हामी फस्दैनौ दुस्मन को जालमा " ! हामी त दुस्मनको जाल मा नै फसिराख्या छ शेखर जि !

Anonymous said...

शेखर जि !
म ' तिम्रो कबितामा रोएकी छु '
------------------------------------------
जस्तो तिमीले लेख्यौ
साच्चै यस्तै त थियो नि मेरो देश
यहाँ मादल को ताल थियो
सोरठी भाका थियो
ईतिहास मा गर्ब थियो
स्कुले केटाकेटी वीर गाथा पढ्थे
हिमाल - पहाड - तराइ एउटै थियो
हाम्रो देश यही थियो
शेखर !
अहिले त मादल को घिन्ताङ भित्र
त्यही आबाज महशुस गरिदैन
जुन उती बेला गरिन्थियो
तालिमे गीत हरुले
सोरठी भाका भुलिएला भन्ने पिर छ
स्कुले बिद्यार्थी
वीर गाथा पढ्दैन्न
ईतिहास हरु भात्काइने क्रम मा छन
देखेनौ प्रिथिबिको सालीक ढलेको !
हिमाल - पहाड - तराइ
अब आफ्नो अन्श माग्छ
नेपाल आमा रुन्छिन
तिमी रुन्छौ म रुन्छु
कस्तो थियो देश !
कस्तो हुँदै छ अब !
शेखर !
म ' तिम्रो कबितामा रोएकी छु ' ।
_____

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !