January 11, 2009

ब्लग लेखन र यसका चुनौति ।

Blogger's riskसन १९९४ मा Justin Hall ले शुरु गरेको links.net भन्ने विश्‍वकै प्रथम बल्ग शुरु हुँदा यसको विकासक्रम यसरी जाला भनेर सायदै कसैले सोचेका थिए होलान । आज ब्लगको संख्या लाखौंमा हैन करोडौंमा छन र संख्यात्मक बृद्धि संगै ब्लग जगतमा गुणात्मक विकास र विबिधता आउने क्रम पनि जारी छ । ब्लगको शुरुवात र विकास वारे मेरो अघील्लो पोष्ट जय ब्लग! ह्याप्पी ब्लगीङ मा केहि सामान्य जानकारी राखी सकेकोले यो पोष्टमा त्यसतर्फ नजाऔं ।

अब ब्लग जगतका हालका स्थिति, चुनौति र भविश्यको वारेमा साधारण चर्चा गरौं । पत्र पत्रिका वा अन्य बिद्युतिय संचारमाध्यम जत्तीकै अत्यावश्यक सेवा वा सुबिधाको रुपमा ब्लगलाई नलीईए पनि ब्लग जगतको लोकप्रियता दिनदिनै बढदै गईरहेको र यो मानिसहरुको दैनिक जनजिवनको यौटा अंग बनिसकेकोमा भन्नेमा कसैको दुई मत नहोला । यसको व्यापकता र विबिधतालाई एकैछिन संकुचन गरेर हेर्नेहो भने उपलब्ध सामाग्रीका हिसाबले विश्‍वमा हाल जानकारि मूलक, समाचार मूलक र मनोरन्जनका गरी तीन प्रकारका ब्लगहरु बढी चलेको देखीन्छन ।

समाचारको लगी ख्याति प्राप्त बिबिसी र सफ्टवेयरका महारथी कम्पनी माईक्रोसफ्टले समेत आफ्नो आफ्नो ब्लग चलाउनुले यो समाचार वा सुचनाको छुट्टै बिधा भएको कुराको पुष्टि गर्छ ।

नेपाली ब्लगको कुरा गर्ने हो भने हाल समय समयमा अपडेट हुने ब्लगहरुमा पनि समाचार, साहित्य र विबिध ब्लगहरु नै प्रमुख देखिन्छन। यदा कदा केहि समुह वा संगठनले मुखपत्रको रुपमा ‘ब्लग’ सन्चालन गरेको देखीए पनि त्यस्ता ब्लगको संख्या धेरै भने छैनन् ।

सतहि रुपमा हेर्दा ब्लग संचालन रोमान्चक र सजिलो देखिए पनि यो बिधामा पनि आफ्नै जटिलता र चुनौतिहरु बिद्यमान छन । जहा पत्रिकामा एकचोटी लेखिएको लेख र समाचार नै प्राय अन्तिम सत्य मान्नु पर्ने स्थिति हालसम्म पनि बिद्यमान छ भने ब्लगमा भने यसका हरेक पोष्टकोलागी यसका प्रेषक वा ब्लगर उत्तरदायी हुनुनै पर्छ । आफूले लेखेको पोष्टप्रति आउने टिकाटिप्पणीले ब्लगरलाई उत्तरदायी मात्रै बनाउँदैन अझ बढि अध्ययन र जानकारीकोलागी अभिप्रेरित पनि गर्छ, यो नै ब्लगको यौटा रचनात्मक पाटो हो ।

हुन त ब्लग स्वतन्त्र माध्यम हो तर यसको स्वतन्त्रताको पनि कैयौंले भारि मूल्य चुकाएकाछन । World Information Access को यौटा रिपोर्टमा सन २००३ देखी २००८ सम्ममा विश्‍वमा करिव ६४ जनाले ब्लगमा लेखीएको बिषयका कारण पक्राउ पर्नु परेको कुरा उल्लेख गरेको छ। बिशेष गरी चीन, बर्मा, ईरान लागाएतका मध्य पूर्विय देशहरुमा कहिले स्वतन्त्रता त कहिले कुनै राजनैतीक विषयमा लेखेका कारण ब्लगरहरुले थुनामा सेमेत बस्नु परेको छ ।

प्रकाशित आंकडा भन्दा अप्रकाशीत वा गुपचुप रुपमा सजायको भागि हुनु पर्नेका संख्या निकै बढी हुनसक्ने अनुमान बिभीन्न अन्तराष्ट्रिय संस्थाहरुले गरेकाछन । बाहिर प्रकाशमा आएका आकडाहरु मात्रैलाई सहि मान्दा पनि:

  • बिगत पाँच बर्षमा ६४ जना बल्गरहरु पक्राउ परेका छन।
  • पक्राउ परेकाहरुले कम्तिमा १ दिन देखी बढिमा ८ बर्षसम्मको जेल सजाय पाएका छन।
  • ८ बर्ष जेल सजाय पाउने ४ जना चीनिया नागरीक रहेका छन।
  • थुनामा बस्नु परेको समयाबधि सरदरको हिसाबमा प्रति ब्लगर १५ महिनाको छ ।
  • चीन, ईरान, ईजिप्ट र वर्मा ब्लगरका लागी सबैभन्दा असुरक्षीत रहेको छ।
  • पक्राउ पर्नेहरु मध्य प्राय सबैलाई सरकारी नीतिको बिरोध गरेको, संस्कृति माथी प्रहार गरेको र शान्ति स्थिति खलबल्याउन लागेको जस्ता आरोप लाग्ने गरेका छन ।

हुन त केहि नेपाली ब्लगरहरुलाई पनि यदाकदा डर वा धम्कि दीईएको भन्ने कुरा सुन्नमा आएपनि यसरी बल्गमा लेखिएको बिषयकै कारण कुनै ब्लगरले सजायको भागि बन्नु परेको कुरा भने हालसम्म प्रकाशमा आएको छैन। तर सन्चार माध्यमलाई दुश्मन ठान्ने रवैया भएकहरु शक्तिमा बसेको बेलामा र दिउसै मिडिया कार्यालयमा भौतिक आक्रमण गरेर समाचारको मुख थुन्ने प्रयाश गर्नेहरु गतिशिल रहँदासम्म नेपाली ब्लगरहरुले पनि आफूलाई पूर्ण सुरक्षीत महशुस गर्न सकेका पनि छैनन् ।

त्यसो त नेपाली ब्लगको कुरा गर्दा यदाकदा आफुलाई मन नपर्ने मान्छेको खेदो खन्ने र कारण वा बिना कारण पनि केहि समुह, दल वा गुटको बिरोध गर्ने काममा कलम खर्चिने ब्लगको संख्या पनि कम छैनन् । अनी ब्लगलाई पेशा र लेखन कार्यलाई सेवा बनाएर लेख्नेहरु पनि छन, तर समष्टिमा हेर्दा नेपाली ब्लग जगत बिस्तारै परिस्कृत हुँदै गएको अनुभूति भने हामि सबैले गरेको कुरा हो ।

ब्लगको गतिबिधिलाई र बल्गका सामाग्रीलाई एकैछिन पर सार्दा संसारभरिनै व्याबसायिक र गैह्र व्याबसायीक गरी दुई प्रकारका ब्लग चलेकाछन । अनि कुनै कर्पोरेट कम्पनि वा निकायले संचालन गरेको ब्लग बाहेक अन्य बल्गहरु संचालन गर्न पनि कहिलेकाहि आर्थिक समस्याले पनि बाधा पुर्‍याउन सक्छ। कुनै शक्ति केन्द्रको स्तुति गान नगर्ने वा भजन मण्डलीमा सामेल भएर तिनिहरुको सबैकामलाई जायज ठहर्‍याउने राग अलापेर नैतीकताको सम्झ्यौता नगर्ने हो भने साधारण ब्लगरले आर्थीक श्रोत जुटाउन गर्न सक्ने यौटै कार्य भनेको Google AdSense, Live Search Cashback वा YPN (Yahoo! Publisher Network) को माध्यमबाट अनलाईन विज्ञापनमा जुटनु नै हो। तर ब्लगले निश्‍चीत लोकप्रियता हासील नगरेसम्म यो सम्भब पनि हुँदैन।

यसरी ब्लगीङ आफैमा यौटा चुनौतिपूर्ण कार्य हो भने चुनौतिमै रमाउने र सृजनात्मक कार्यमा रम्ने मानव स्वभावका कारण यो बिस्तारित हुने क्रम भने जारी नै छ। यसमा रहेका कमि कमजोरी हटाएर ब्लगीङ बिधालाई स्वतन्त्र, रचनात्मक र सृजनात्मक बनाउने जिम्मा पनि हामिहरु आफ्नै भएकोले हामिनै यसमा जुटनु पर्छ ।

बाकी तपाईहरुको विचार पनि सुनौंन !

यो पनि हेर्नुहोस!

Blogger arrests hit record high

Are bloggers replacing real journalists?



5 Comments:

Anonymous said...

खोजमुलक लेख छ ठरकी सर। तपाइ त २-४ दिन गुप्तबास बस्छु भन्नु भएको थियो, जंगलमा जस्तै गुप्तबासमा पनि इन्टरनेट चल्दोरैछ। हा हा हा ठट्टा मात्रै गरेको है। नेपाली ब्लग जगतले पनि बिस्तारै बामे सर्दै छ। माओबादीको यो निती अझै लम्बिने हो भने पक्का पनि ब्लगर झन असुरक्षीत हुने छन यसमा २ मत छैन। तर बिगतमा पनि पत्रकार जगत सुरक्षित भने रहेका थिएनन।
हिजै मात्र पढेको थिए कोरियाका एक ब्लगरलाइ पुलिसले थुनेछ। आरोप त्यहो हो, अर्थतन्त्र खलबलाउने काम गर्यो भन्ने।
साभार - याहू न्युज
SEOUL, South Korea – A South Korean blogger pleaded not guilty Saturday to charges that he spread false economic information on the Internet, a news report said, in a case that drew heated debate over freedom of speech.

The blogger, identified only by his surname Park, gained prominence among South Koreans because some of his dire predictions about the global economy, including the collapse of Lehman Brothers, later proved to be correct.

Known widely by his pen name "Minerva," the mythological Greek goddess of wisdom, the 31-year-old Park was accused of spreading false information on an Internet discussion site last month that the government had ordered major financial institutions and trade businesses not to purchase U.S. dollars.

Kim Yong-sang, a judge at the Seoul Central District Court who issued an arrest warrant for Park following Saturday's court hearing, said the case "affected foreign exchange markets and the nation's credibility," Yonhap news agency reported.

ठरकि दादा said...

हेर्नुस न नेपालीयन सर, यो आधुनिक जंगल पनि 'वाई-फाई- ईनेबल्ड' चाहि परेछ के !।

अहिले त हाम्रा नेताहररु र तिनका हनुमानहरु यो क्षेत्रमा अलि पछाडि परेर मात्रै हो, हैन भने तपाईले भने जस्तै ब्लग लेख्दा पनि जोखिम उठाउनु पर्ने हुन्छ अबका दिनमा ।

पीजी said...

सोर्है आना जानाकारि मूलक प्रस्तुती राख्नु भएकोमा धन्यबाद ।
ब्लग चलाउनेहरुले पनि जे पायो त्यहि गर्नु हुदो रहेनछ भन्ने बुझ्नै पर्छ । अनि ब्लगरहरु पनि बेला बेलामा ठोक ठाक र अंग भंग पार्ने हरु देखि सचेत हुनै पर्छ । नेपालमा ब्लग अझै त्यति पपुलर नभएर हो नत्र त हामीलाई पनि कति ठोक ठाक इमेल आइपुग्थे होलान !

Anonymous said...

yi jangali haru lai internet ko barema taha nabhayara matrai ho natra blogger lai pani bak rakhne thiyanan. mahila patrakar marne le blogger lai kina chadchha?

Kranti's thoughts said...

hami le blog bare radio program banayeka thiyeun jasma blog le citizen journalism garchha vanne kura dherai ayeko thiyo tara yo lekh padhe pachhi yeska challenge haru dherai rahechha vanne bujhne mauka paye ..
Thank you so much - Kranti

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !