December 14, 2008

तस्बिरमा जीवन

Deepak Jaditनेपाली ब्लगहरू बामे सर्दैछन। केही ताते ताते गर्दैछन। एक आपसमा बाटो हेर्ने देखाउने गरे पक्कै पनि नेपाली ब्लग समाजलाइ ठुलो सहारा हुनेछ। त्यसैले प्रत्यक हप्ता एकजना नेपाली ब्लगरको आफ्नो ब्लग समबन्धी कुरा राख्ने प्लान बनाएका थियौं। यस्ले प्रस्तुतीमा नयापन ल्याउने मात्र होइन कि ब्लगरले ब्लगलाइ कसरी हेरीराखेका छन, त्यो पनि पाठक सम्म पुर्याउंछ। ब्लग भित्र ब्लगको फर्मयाट कस्तो बनाउने त्यो सप्षट थिएन। यस पटक दिपक जडितलाइ खेस्रा प्रश्न राखेको थिएं। उहांबाट खेस्रै इमेल प्राप्त भयो। यो एक प्रकारको इमेल संबादनै भन्दा हुन्छ। दिपक जी को इमेल संबाद जस्ताको तस्तै।
दिपक जडित
सबभन्दा पहिलोकुरा त म अस्पस्ट भएँ यो फर्म्याट कस्तो रहने हो भनेर -जे होस् शिर्षक तस्विरमा जीवन राख्छु भन्नुभएको छ । त्यो तपाईंले गर्नुहुने हुँदा जसरी गर्नुहोस् तर मेरो फोटो ब्लगकै कुरा गर्दाभने मैले अगस्ट १९ मा पछिल्लो अपडेट गरेको रहेछु । पछिल्ला दिनहरुमा फोटो ब्लग चलाएकै रहेनछु अब अगाडी चलाउने त छु नै त्यसैले यतिखेर म तस्विरमा जीवन भन्दा पनि अक्षरमा जीवन र जगत नियाँलिरहेको छु ।

अब तपाईंको प्रश्न अनुशार जाउँ -मैले २००६ जुलाई ३ देखि मेरो साहित्य संसार र विविध नामको ब्लग शुरु गरेको थिएँ । ब्लगको बारेमा त्यसबेला खासै जानकारी नभएपनि ब्लग भनेको आफ्नो भावनाहरु बाँड्ने वेब डायरी हो जस्तै लागेको हो । हुनत अझै पनि ब्लगको सर्वमान्य परिभाषा लेख्न म सक्दिन होला किनभने यस्लाई कसैले कसरी कसैले कसरी प्रयोग गर्लान तथा हेर्लान । मैले ब्लग शुरु गर्नुभन्दा अगाडी आफ्ना रचनाहरु नेपाली फण्टमा टाईप गरेर कम्प्युटरमै यौटा फोल्डर बनाउंदै राख्ने गर्थें । यो ब्लग चलाउने आ ईडिया फुरेपछि भने ब्लगमै आफ्ना रचनाहरु पनि संकलन हुन सक्ने गतिलो उपाय देखेर सुरु गरेको हुँ । पहिलो पटक खोलेको ब्लग मेरो साहित्य सँसार र विविधलाई म मेरो मूल ब्लग मान्छु भने त्यसपछि मैले ब्लगमै एक अञ्जुली माया भन्ने अनलाईन गिती संग्रह बनाएको छु १११ वटा आफ्ना गीतहरु राखेर । त्यस्तै मेरो कविता यात्रा भन्ने कविता संग्रह पनि बनाएको छु भलै त्यसलाई पुरा गरिसकेको छैन । त्यस्तै खोलेरै मात्रै छोडेको छु अर्को ब्लग गजल गुँड भनेर त्यसमा आफ्ना गजलहरु संकलन गर्ने विचारमा छु । अर्को मैले खिचेका तथा संकलन गरेका तस्विरहरु राख्नलाई तस्विरमा जीवन र जगत भन्ने फोटो ब्लग पनि चलाउँछु ।फोटोग्राफीमा ज्ञान नभएपनि आफुसँग भएका फोटोहरु पनि संकलित रहने ठानेर चलाएको हुँ फोटो ब्लग चैं । ति बाहेक हाम्रो गौरादह भन्ने ब्लग पनि दर्ता गरेर संचालन समेत गरेको थिएँ । गौरादह क्षेत्रकै केहि साथीहरु मिलेर त्यसलाई अघि बढाउने ईच्छा थियो मेरो तर आवश्यक सहयोग कसैबाट नपाएर त्यसलाई बन्द गरिदिएँ ।

आजभोली म के गर्दैछु भन्ने प्रश्नमा पनि मलाई कहिल्यै केहि गर्न सकेको जस्तो या गर्दैछु जस्तो लाग्दैन सँधै केहि गर्न खोजीमात्रै रहेको हुन्छुआजभोली पनि केहि गर्न खोजीरहेको छु । बसाई अलास्काको एँकरेजमा छ अहिले । गत जुलाई ६ देखि म यहाँ छु । अन्यत्र बसेर सुन्दा अलास्का अहो ! त्यो त हिममय ठाउँ - बाह्रै महिना हिउँ नै हिउँले पुरिने । सँधै जाडो मात्र हुने भन्ने जस्तो लाग्थ्यो तर त्यस्तो होईनरहेछ । त्यस्तो ठाउँमा त मान्छेको बस्ती नै छैन अथवा भएपनि मुश्किलले यहाँका आदीवासीहरुको एकाध रहेछ । पहिले कोलोराडोमा म चारवर्ष भन्दा धेरै बसेको हुँदा मलाई यो ठाउँ कोलोराडो भन्दा त्यती फरक लागेन । समुद्र छेउमा भएर होला सिरेटो चल्दा चिसो अलि ज्यादा हुने चैं पक्का हो । के गर्नुहुँदैछ भन्ने प्रश्न दैनिकी चलाउने सवालमा हो भने चैं सामान्य काम गर्छु । स्कुल कलेज गईएन ।म ब्लगमा धेरै जस्तो आफ्ना कथा , कविता , गीत , गजल ईत्यादी मात्र लेख्ने गर्छु । केहि होलान ति बाहेकका कुराहरु लेखेको त्यस्ता मध्येमा म हाँसेको कुरा भनेर मैले ३ भाग लेखिसकेको छु त्यो लेख्दा आनन्द लाग्छ भने पहिले नै श्रद्धाञ्जली सम्झनाको भन्ने टाँसो आफुले लेखे मध्येमा राम्रो लाग्छ ।

नेपाली ब्लगहरु कस्तो हुनुपर्छ ? यस्मा पनि ठ्याक्कै यस्तै हुनुपर्छ भन्ने के छ र ? जस्तो भएपनि हुन्छ तर जे पायो त्यहि पनि हुन्छ भन्ने हैन । ब्लग चलाउन सक्ने ब्याक्ती भनेको जहाँ बसेको होस् नेपाली समाजको यौटा शिक्षित ब्याक्ती नै हुन्छ उसले ब्लग जस्तो स्वरुपको चलाएपनि पहिलो प्राथमिकतामा समाजलाई सहि बाटोमा लैजाने सामाग्रीहरु राख्नुपर्छ । समाचार मुलक ब्लग नै छ भनेपनि यो समाचार साईट हैन ब्लग त हो भन्दै हुँदै नभएका र मनगढन्ते समाचार बनाएर ब्लगमा ठेल्नु हुँदैन । साहित्य कला सम्बन्धि ब्लग छ भने पनि समाजमा सकारात्मक संदेश जाने सामाग्री हुनुपर्यो । यस्तै मान्यता राख्छु म चैं ।

दौंतरीमा पहिले पस्दा कस्ले चलाउंछ केहि नदेखेर के हो यो अत्तो न पत्तो जस्तो लागेको थियो तर दौंतरीको बारेमा पढेपछि थाहा पाएँ । दौंतरीमा तपाईंहरुको प्रयास प्रसंसनिय छ । दौंतरीहरु धेरै धेरै बढ्दै जाउन । दौंतरीलाई शुभकामना !मैले त यति नै भन्न सकें । ब्लगभित्र ब्लग स्तम्भमा अन्य ब्लगरहरु सँग के सोध्ने र कसरी प्रस्तुत गर्ने भन्नेमा तपाईंहरु अझ स्पस्ट हुनुभयो भने सजिलो हुन्छ है ।

दिपकजी का ब्लगहरु:
तस्विरमा जीवन र जगत
एक अञ्जुली माया / गिती संग्रह
गजल गुँड
मेरो कविता यात्रा
मेरो साहित्य सँसार र विविध



5 Comments:

Anonymous said...

" समाज मा सका रात्मक सन्देश जाने सामाग्री हुनु पर्‍यो " अत्यन्तै गहन बिचार ब्यक्त्त गर्नु भो दिपक जि ।

ठरकि दादा said...

दीपक जी यता पनि झुल्किनु भएछ, रमाईलो लाग्यो । ब्लगरहरुले एक‍-अर्काको अनुभव-अनुभूति बाँडनु नै पर्दछ ।

तपाईको सफलताको र उत्तरोत्तर प्रगतीको कामना गर्छु ।

Unknown said...

सर्वप्रथम नेपालियनजीलाई हार्दिक धन्यवाद ! ब्लग भित्रको ब्लगमा मेरो ब्लग समेट्नु भएकोमा । यसलाई निरन्तरताको कामना गर्छु । जसरी हामीबिच ईमेलमा कुरा भएको थियो त्यसरी नै राख्दा पनि ठिकै लाग्यो ( आफ्नै आफैंले हेर्दा पनि ) तर यसलाई अलि फरक ढँगले प्रस्तुत गर्न सके अझै आकर्षक हुने कुरामा विश्वस्त छु म ।
सोच्नुहोला त्यस तर्फ ।

लुनाजीलाई धन्यवाद ! समाज र समयले खोजेमागे जस्तो मात्रै ब्लग पस्किंन नसक्दा पनि समय र समाजलाई भ्रममा राख्ने कुराहरु ब्लगमा नहुन् भन्ने कामना हो मेरो ।

ठरकी दादा , यता दौंतरीमा अलि बढि समय दिउँ जस्तो लाग्या छ । आउँदै गर्छु म यता ।

Dilip Acharya said...

नेपालियन जी!

दौंतरीले शुरु गरेको नौलो प्रयास रोचक र सान्दर्भिक लाग्यो।

दिपक जी 'उता' तपाई लेख्नुहुन्थ्यो, यहा तपाईको बारेमा लेखीएको रहेछ, जे होस रमाईलो लाग्यो ।

Yumesh Pulami said...

प्रसंग त साह्रै राम्रो लाग्यो । दौंतरीले शुरु गरेको नौलो प्रयास प्रसंसनीय छ

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !