December 25, 2008

अतीत सम्झदा

हिजो आज दौंतरीमा अतित तथा आफ्नो दैनीकी लेखन निकै चलेको छ। हप्तामा एउटा भने पनि केही लेखुं भनेर लागेको नेपालमा डिजेल पावर हावसको अध्यन गर्दा गर्दै ड्राफ्ट पोस्ट अझै पुरा हुन सकेन। दौंतरीलाइ सजाउदा सजाउदै तथा लेखहरु पोस्ट गर्दा गर्दै बिदामा केही लेखु भन्यो दिमागमा केही फुरेन। हुन त दौंतरीमा रहेका फुलबुट्टा मेरो दिमागका उपज मात्र होइनन्। बिभिन्न सरसल्लाह दिनुहुने मित्र बाहेक महेश जि, म्याभरिक र ठरकी दादाले दौंतरीका फुलबुट्टा भर्नमा निकै काम खर्चिनु भएको छ। दौंतरी लेखकमा रहुनु भएका मित्र तथा फुटकर रुपमा लेख्ने मित्रहरुको सुचि त झन लामो छ।

लामो समय पछि आज खेमनाथ जि को लेख आउदा दौंतरीका पुराना दिन सम्झन मन लाग्यो। यसरी नया पुराना साथीहरु सक्रिय रहे पुराना दिन सम्झदा पनि निकै भावुक भइदोरहेछ। नेपाल र नेपालीको भाषा तथा संचारमा बिदेशमा रहेर सेबक बनी काम गर्नु पनि निकै आनन्द आउदो रहेछ। आशा छ सबै बिचार राख्ने मित्रहरु दौंतरीमा अटेर यो यात्रा नटुटाइ क्षितजसम्म पुग्ने छौं।

मेरो वेलकम पोस्टबाट सुरु भएको दौंतरी आज करिब ५०० पोस्टमा पुगिसकेछ। यस बिचमा थुप्रै खाले लेखहरु प्रकाशित भए राम्रा नराम्रा प्रतीक्रिया दिने मित्रहरु धन्यबादका पात्र हुनुहुन्छ। यो क्रमलाइ जारी नै राख्नुहोला। लेख्न मिले लेख्नुहोला नभए ब्लग पढेर कमेन्ट बक्समा आफ्ना बिचार भए पनि लेख्नुहोला। दौंतरी सामुहिक ब्लग रहेको हुंदा यांहा प्रशस्त ब्लगरको उपस्थीती हुन्छ। तर पनि दौंतरीको आसमान बाट अर्को आसमान सेतु जोड्न ब्लग भित्र ब्लग स्तम्भ ल्याएका छौं जहां अन्य ब्लगर साथीहरुको भलाकुसारी दौंतरीमा प्रस्तुत गर्ने छौं।

यस स्तम्भमा गत साता दिपक जडित हुनुहुन्थ्यो भने यस पटक सपना संसार रहुनु भएको छ।

साथीहरु माझ संचारको महत्ब र दुरुपयोगको बारेमा गफकै क्रममा सामुहिक ब्लगको मान्यता राख्दै दौंतरी खोल्ने प्रेरणा मिलेको थियो। साधारण ब्लगस्पटको ब्यानरबाट सुरु भएको दौंतरी अहिले थुप्रै अलंकार सहित तयार छ। कम्पियुटर सज्जा देखी लेख लेख्ने प्रेसित गर्ने तथा पढ्ने मित्रहरुले दौंतरीलाइ यांहा सम्म पुर्‍याउनु  भएको छ। ब्यबसायिकता भन्दा पनि उत्कृष्टता तिर उन्मुख दौंतरीमा समुहका सदस्यका तर्फबाट उत्तम रचना तथा लगाबले दौंतरी सधै अब्बल रहिरहनुका साथै सामुहिक अमुल्य सम्पती रहन गयो। हामी अझै धेरै माथी पुग्नु छ तर हामी जांहा पुग्ने छौं, जस्तो अबस्थामा रहने छौं, दौंतरीको मुलमन्त्रलाइ कहिले भुल्नुहुदैन। हामीले सिधा तथा स्पष्ट बिचार तथा अन्य प्रस्तुती आफ्नो मिलेको समयमा सबै सामु बाड्दै जानुपर्दछ । दौंतरीमा प्रकाशित सामाग्रीलाइ प्रतिक्रिया दिए लेख्नेलाइ पनि हौसला बढ्ने छ तथा लेखको अर्को पक्ष पाठकबाट दर्शिने छ। तपाइहरु पनि दौंतरीमा फाट्ट फुट्ट रुपमा लेख लेख्ने भए या दौंतरी लेखक भएर रेगुलर लेख लेख्नको निम्ती [email protected] मा लेख या इमेल पठाएर जनताको ब्लग दौंतरीलाइ अझ बलियो र लोकप्रिय बनाउं।

- नेपालियन
मिनीसोटा, संयुक्त राज्य अमेरीका



3 Comments:

Anonymous said...

नेपोलिएन जी, आफू त फुर्सद भएको बेलामा यसो लेखिहाल्ने, नत्र महिनौ हराउनेमा परीयो। तपाई, ठरकी दादा, पाण्डाजी र एकलब्यजीहरुको मिहेनतले रंग ल्याउदैछ। बरु एकलब्यजी अलि ब्यस्त हुनु भए जस्तो छ। उहाको खरो लेख मिस् भैरखेको छ।

पीजी said...

अतितका केहि कुराहरु लेखनमा म पनि क्युमा छु है ! अहिले ब्रिलियण्टम्यानजीको अहिले दर्हो गइराछ । अलि पछि मैले पनि विस्तारै थप्दिउंला भन्ने बिचार !

ठरकि दादा said...

दौंतरी को अतित हेर्ने हो भने त त्यो अतितमा "भविश्य" को तस्विर कस्तो हुन्छ भन्ने पनि दोधार थियो । तर बर्तमानलाई हेर्दा भने राम्रो आशा पलाएको छ ।

अमेरिकी व्यस्त जिवनमा बसेर पनि लेख्‍ने, ईराकको बन्जर भुमिमा बसेर पनि मातृभूमि र नेपाली भाषालाई माया गर्ने, हिमाल देखी मरुभूमी सम्मबाट अनि युरोप देखी अस्ट्रेलीयासम्मबाट दौंतरीलाई माया गर्नेहरुको सकृयता देख्दा खुशी लाग्छ ।

नेपालियन जी ले यसलाई जनताको ब्लग नै भन्ने व्यानर राखी सक्नु भएछ अब बढि भन्दा बढि नेपालीहरु सहभागि हुनु पक्कै पनि अझै रोचक हुनेनै छ ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !