December 15, 2008

बिजुलीले झट्का

Kiran Paudyal, Kuwait.

१९ नोभेम्वर २००८


८३ हजार मेगावाट, रहेछ क्षमता भारी
०३ हजार निक्लँदैन, डिजेल समेत गरी

४८ घण्टा प्रतिहप्ता, लोडसेडिङ्ग साह्रो
१३ प्रतिशत आयातले, पनि भ्याउन गाह्रो

अँध्यारोमा बच्चा बिग्रे, भविष्य अन्धकार
कर्णधारै तहस-नहस, देशलाई पर्‍यो  मार

कल कारखाना ठप्प भए, उद्योग भए बन्द
बेरोजगारी उर्लेर आयो, दाजुभाई मै द्वन्द

हात्ती भयो आयात त, कमिला सरी निर्यात
व्यापार भयो डामाडोल, अर्थतन्त्रमा आघात

जलश्रोतको धनी देश, डांडा पारीको जुन
बचाउन आउनु पर्छ, दैविक शक्ति पुनः

कस्लाई कोस्ने कस्लाई भन्ने, केही फाईदा छैन
नेपालीको भाग्यै क्यार, यस्तै होला चैन



3 Comments:

पीजी said...

झट्का त तारमा बगेको करेन्टले दिन्छ भन्थे, खै हाम्रो देशमा तारमा बिजुली नभएर पो देशलाइ झट्का दियो त!

Anonymous said...

समय सान्दर्भिक मार्मिक कबिता !

nepalean said...

नेपालको ८३ हजार मेगावाट पनि किम्बन्दन्ती नै हुने भयो। एउटा पढ्ने बिध्धार्थीले गरेको सर्भै इतीहास देखी भुतकाल सम्म त्यही किम्बदन्तीमा झुन्डने भयो देशको अभिलाषा। बिजूली निकाल्न त डलर नै चाहीने रैछ क्यार।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !