December 18, 2008

एक छिन हासौंन - ६

IMG_0268[2]आचार्य प्रभा, अमेरीका

मैले छोराछोरिहरुको बिषयमा अगाडि कुरा बडाएकी थिए त र यस्को अर्थ यो होइन कि उमेर पुगेका हरु बाट चाँही हाम्रो नेपाली समाजमा आमा बाबुप्रती त्यस्तो अभद्र ब्यवहाँर नहोला। यहाँ त्यस्तो चाँही ५ देखी १० बर्ष सम्म पुगेका र उनिहरुका साथीहरु पनि यहीकै भएका हरुले आमा बाबुलाई त्यस्तो ब्यवहाँर गर्न सक्छन। शायद यहाँको रहन सहन अनुशरणको कारणले पनि होला त्यसैले हर बाबु,आमाले आफ्ना छोरा,छोरिहरुलाई आफ्नो भाषा र सँस्क्रीतिप्रति चाँही सचेत गराउन नै आवश्यक हुन्छ। नत्र त्यस्मा बच्चाहरुको पनि के नै दोष हुन्छ र ?
उनिहरुले त जस्तो परिवेश पायो त्यस्तैको त अनुसरण गर्ने हुन नि। आमा बाबुले पनि उनिहरुलाई त्यस्तै छत्रछाया दिनुपर्छ। काम र दाम मात्र हेरेर पनि हुन्न हुनत आवश्यकता र अभावको कारण पनि आमा,बाबुले परिस्थिती अनुसार चल्न पनि पर्छ नत्र यहाँको खर्च र काम बराबर नै हुन्छ ता पनि धेरै चाँही कामलाई मात्र पनि प्राथमिकता दिने पनि पाइन्छ। यसैले आफ्नो संसकारमा बच्चाहरुलाई ढाल्ने हो वा उनिहरुप्रती भविश्यको सुनौलो कल्पना पाल्ने हो भने आफ्ना छोरा,छोरिहरुलाई आफ्नै संस्कारमा हुर्काउन जरुरी छ नकी पछी पश्चताप गर्न नपरोस। अँ मैले यहाँको संस्कारमा कुकुर, बिरालोलाई माया गर्छन् र च्यापेर हिड्छन भन्ने कुरा समेत् उठाएकी थिए। हुन पनि हो कत्तिले मैले त्यसै गरेको देखेकी छु। आफुले जन्माएको बच्चालाई भन्दा आगर गरेर कुकुर बिरालोलाई चाटेर राखेको पनि देख्न पाइन्छ। मसँग त्यस्ता देखेका घट्नाहरु धेरै छन। जस्तै हामी एक दिन ठीक १० बजे रेस्टुराँ तर्फ आफ्नो कारमा गैरहेका थियौ। ठीक्क रेड लाइट भएको ठाउँमा सबलाई गाडी रोक्न कर लाग्यो। हामी देखी ठीक्क साइडमा यौटा कारमा अगाडि सिटमा यौटा गजबको कुकुर मान्छे झै ठाट्टिएर बसेको थियो। त्यो कुकुरलाई संगै बसेकी महिलाले सुम्सुम्याइ रहेकी थिइन। मानौ त्यो कुकुर पनि यौटा गजक्क परेको मान्छे झै लाग्दथ्यो। भनौ नै भने उस्तै अभिमानी मान्छे समान थियो। हामी त्यो कुकुरलाई देखेर दंग पर्यौ कारण ऊ पनि मान्छे झै सिग्नल पर्खेर बसे झै गरिरहेको थियो। अब सोचौ न हाम्रो समाज मा भने मान्छेलाई कारमा बस्न पूर्पुरोमा नै लेखेर आएको हुनु पर्छ। यहाँ भने कुकुरको त्यस्तो ठांट। अनी यिनिहरुलाई छोरा,छोरिको भन्दा जनावर प्रती नै माया र मोह कर्तब्य छ भन्ने बुझिदैन त ? हुन त आ -आफ्नो संस्कार रितीरिवाज हो यस्मा हामीले टाउको दुखाउन पर्ने त खास केही छैन मात्र यो पनि मेरो अनुभुतीभित्र परेर यहाँहरुलाई पोख्न खोजेकी हुँ। शायद यस्तै मायाको कारणले पनि होला कुकुर पनि मान्छे भन्दा इमान्दार भएर मालिकको सेवा गरेको मेरो अनुभव पनि म अर्को अंकमा समावेश गर्नेछु।
क्रमश:



3 Comments:

Anonymous said...

बालबालिकाको सन्दर्भ मा असाध्यै गहन कुरो लेख्नु भो प्रभा जि ।
बाल बालिका भनेका कुमालेको काँचो माटो जस्तो हो । जस्तो शिक्षा उनिहरु अभिभाबक बाट पाउछन तिनै मार्ग मा उनिहरु डोहोरिन्छन ।
सम्मान - सन्स्क्रिती - माया - म म ता सिकाउन अभिभाबक ले स न्तान लाई समय र माया दिनु अत्यन्तै आ बश्यक छ ।
धन्यवाद प्रभा जि तपाईं लाई , लेख को मर्म ले हिर्दय छुन्छ ।

nepalean said...

हुन त आ -आफ्नो संस्कार रितीरिवाज हो यस्मा हामीले टाउको दुखाउन पर्ने त खास केही छैन मात्र यो पनि मेरो अनुभुतीभित्र परेर यहाँहरुलाई पोख्न खोजेकी हुँ।
यी हरफ पढ्दा एक नेपाली परिबार जस्ले आफ्नै बच्चालाइ नेपाली बोल्न नदिएको याद आयो।

noor said...


نقل عفش من المدينة المنورة الى مكة نقل عفش من المدينة المنورة الى مكة
نقل عفش من الدمام الى جدة نقل عفش من الدمام الى جدة
شحن عفش من جدة الى الاردن شحن عفش من جدة الى الاردن

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !