December 9, 2008

बदमाशलाइ सजाय

कुरो ठिकै हो, बदमाशले सजाय नपाए के पुरस्कार पाउने त? । कति आनन्द आउछ हैन त बदमाशलाइ हतकडी लगाएर न्यायको कठघरामा उभिएको हेर्न? अमेरीकाको इलोनोइ(Illinois ) गणराज्यका गभर्नर Rod Blagojevich अब ३० बर्ष जती जेलमा बास बस्ने पक्का छ। उनले राज्यको सहयोगबाट चल्ने पत्रिकालाइ धम्काएर आफ्नो बिरोधमा लेख्ने पत्रकारलाइ ननिकाले रकम नै निकासा नदिने धम्की भरिएको टेप संघिय पुलिसले अदालत समक्ष प्रस्तुत गर्‍यो। आफ्नी श्रीमतीलाइ उच्च तहको जागिर दिलाउन खोजेको देखी राष्ट्रपतीका लागी हालै मात्र बिजय भएका बराक ओबामाको सिनेट पद ब्यक्तीगत फाइदाको लागी लिलाम बढाबढ गरेको उनी माथी थप आरोप छन। बिकसित देशमा घुस्यालाइ यसरी घोक्रेठ्याक लगाएर जेल कोचेका प्रस्तश्त उधारण छन।




तर यस्तो आनन्द लाग्ने समाचार आज सम्म नेपालमा देखेको छैन। साधरण चोर्ने,फोड्ने,पाकेट मार्ने आदीलाइ दोषि ठराएर जेल चलान भए होलान तर देशको सरकारी पदमा बसेर शक्तीको दुरुपयोग गर्दै अकुत सम्पती कुम्लाउनेलाइ औलो ठडाउने बाहेक केही कारबाही भएको छैन। के यस्ता घुस्याहालाइ कारबाही गर्ने देश नै धनी हुनुपर्दछ त? कि नेपालमा घुस्याहा नै छैनन्? किन नहुनु नि, नेपालमा त जती पद ठुलो भयो उती निसफिक्री घुस खान पाइन्छ। यस्तो हालत देख्दा त नेपाल तेस्रो होइन चौथौ मुलुक जस्तो लाग्दछ जहां अनिमियता देखी कानुनी संचरना बेखबर छ। अथवा पत्रिकामा खबर छापिएको भरमा वाध्य भएर केही गरे जस्तो गर्दछ जुन खबर जस्तै भोलीपल्ट अस्ताउन हुनपुग्दछ।

साच्चै भन्नु पर्दा घुस्याहालाइ कारबाही गर्न पैसा होइन एउटा लठ्ठी काफी छ। सकिन्छ भने घुस्याहालाइ जेलमै कौचौं होइन भने लठ्ठले सोरेर भए पनि कारबाही त गरौं। यांहा त घुस्या हतकडी लगाएर जेलदरबार होइन सलामी खाएर सिहंदरबार पुग्दछन। अहिले हेरौं न जेपी गुप्तालाइ? जेलमा थलापरी रामायण पढ्ने बेलामा नया नेपाल बनाउन संबिधान लेख्दैछन। के लेख्लान यस्ताले संबिधान? दुधको सांची बिरालो। यस्ता डाकाले लेखेको संबिधानले के नया नेपाल बन्ला? संबिधान सभाको बठैक दिन दिनै बस्दैछ। सभासदहरु जसरी भए पनि दैनीक पेश्की असुलीरहेका छन। संबिधान त बन्ला। संबिधानको किताबले देश त पक्कै चलाउदैन। आखिर देशमा नियम कै खिल्ली उठाए जस्तै स्वर्गको जस्तै संबिधान बनाए पनि जनतालाइ के फरक पर्दछ र? जब सम्म बदमासहरु खुलेआम घुमफिर गर्दछन देशले कहिले सहि बाटो समात्दैन। हामीलाइ बिकास होइन दु:ख गरेर कमाएको निबेकले निर्धक्कसंग हातमुख जोर्न पाए पुग्दछ।



3 Comments:

Anonymous said...

" देश को सरकारी पदमा बसेर शक्तिको दुरुपायोग गर्ने अकुत सम्पत्तिकुम्ल्याउने लाई औलो ठडाउने बाहेक केही कारबाही भएको छैन " तितो यथार्त लेख्नु भो ।
अब पत्रकार बर्ग - बुद्दिजिबी लेखक बर्ग हरुले त्यस्ता घुस्याहा -भ्रस्तचारिहरुको नाम बारम्बार पत्रीकामा -लेख हरुमा लेखिदिएर तिनको निन्द्रा खोसिदिनु पर्छ । अहिले सम्म लाई यो बाहेक के छ र खोइ अरु उपाय ! तर यो उपाय भर पर्दो उपाय हो है :)
अब पत्रकार बर्ग राज्य पछीको दोस्रो राज्य हुनु परेको छ ।

ठरकि दादा said...

लुना जी ले माथी लेख्‍नु भएको जस्तै घुस्याहा र भ्रस्टाचारिहरुको निन्द्रा खोसिदिनु पर्ने हो , तर हामिकहा त उहि नेपाली पुरानो उखान प्रमाणित भईरहेको हुन्छ सधैं : "चोरलाई चौतारी सज्जनलाई शुली"

म पनि मान्दछु घुस्याहालाइ कारबाही गर्न पैसा होइन एउटा लठ्ठी काफी छ। अझ लठ्ठि पनि होईन यौटा "आँट" मात्रै भए पनि सहयोगमा हजारौं हात उठछन जस्तो लाग्छ मलाई ।

पीजी said...

ठरकीजी टिक भन्नु भो, आंट नै काफी छ, र अर्को कुरा इमान्दारिता र इच्छाशक्ति ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !