December 6, 2008

गजल - तिमी फूल बनेर हेर


बसन्त मोहन अधिकारी

तिमी फूल बनेर हेर ।
मेरो पिडा सहेर हेर ।

पूजाको सरदम बनी
मन्दिरमा गलेर हेर ।

फक्रिएर बंगैचा बिच
आफैलाई चुसेर हेर ।

बनेर सृष्टि कर्ता तिमी
सुन्दरता लुछेर हेर ।

हे निष्ठुरी भमराहरु !
आफ्नो रुप फेरेर हेर ।

जीवनको उमङ्ग बिच
आफैलाई चुडेर हेर ।

अरुको गला सजाउन
सियोमा उनिएर हेर ।

फूल जस्तै छ यो नारी
कठ्ठै ! जीवनको खेर हेर।



3 Comments:

Anonymous said...

कबिता राम्रो धेरै नै
तर भाब चित्त बुझेन कत्ती पनि
भाबै नबुझेर हो कि
केही बुझ्न् सकिन कत्ती पनि !
~~~~
उु जमानाका कुरा
यो जमानामा सुहाउला र !
अबका नारिले
यस्तो स हानुभूती कसरी प चाउला र !
~~~~
भन्ने बेलामा
नारी र पुरुष एक रथ का दुई पाङ्रा
फेरी पनि कबितामा
देखाइन्छ नारिलाई दुखी भाङ्रा !
~~~~
भाब चित्त नबुझ्दा
लेखी हाले शब्द निरस
तर तपाईंको कबितामा
मिठो छ है रस ।
~~~~
( कबिताको भाब चित्त नबुझे पनि कबिता चाँही राम्रो लाग्यो )

sudip said...

ramro 6

rabi said...

dhat

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !