December 29, 2008

गजल - तिम्रो लागि

प्रबिण थापा
धादिङ, हाल इटलीबाट

तिम्रो लागि आज एउटा गजल लेख्छु सानु
कस्ती भयो भरेराती सपनीमा देख्छु सानु

तुफ।न आओस आधी चलोस हामी दुईको गन्तब्यमा
पहाड जस्तै स्थिर भई जीवन भरी छेक्छु सानु

वाचा भयो तिमीलाई आफ्नै बनाउने
जे जे परोस यो भाग्यमा सबै थेग्छु सानु

टाढा हुन सक्दिन तिमी बिना अब एकपल
झझल्कोमा कहिलेकाही त सिरानीलाई चेप्छु सानु

शुन्य लाग्छ सारा कुरा समिपमा भइनौ भने
तिमी खुशी भए मात्र शिखर टेक्छु सानु


5 Comments:

Anonymous said...

अहा ! कस्तो मित्थो लब !
~~~~

Anonymous said...

आजकल् दौतरीमा गजल् गजल् हो कि होइन, कथा कथा हो कि हैन भन्ने बहस चलेको छ। तपाईको गजल् गजल् हो कि होइन थाहा भएन, तर तपाईको रचनामा केही दम त जरुर छ र प्रेम प्रतिको प्रतिबद्धता पनि दह्रो छ, तर प्रेमिकाले विवाहाको लागि कर गर्न थालेपछि दूम् चाहि नलुकाउनु होला। तपाईको कलम गतिशील रहोस्।

Prabesh said...

'सानु' नराखेकै भएपनि राम्रो हुन्थ्यो कि !! यत्तिकै पनि धेरै राम्रो छ ।

Anonymous said...

prabin gazal ramro chha timro pahila ko gazal haru kata gaye ta tio pani ramro thiyo.post garda ramro hola . ani yeha sanu ta hoina hola baru kalpana po ho ki

seo expert in nepal said...

mero aaka samipama timarai rupa hosa
jasto sukai chhattan pani ma ta phorachu sanu


नमस्ते! नेपाली गजल
क्षेत्रमा सानै भए पनि केहि योगदन गरौ
र सबै गजल सर्जक साथीहरु लाई आफ्नो
सिर्जना पाठकमाझ पुर्‍याउन आझै सजिलो
होस भन्ने हेतुले हामीले यो ब्लग सुरु गरेका हौँ ।
कृपया आफ्नो लेख रचना यहाँ प्रकाशित गरी
हामीलाई सहयोग गरिदिनुहुन यहाँहरु
माझ हार्दिक अनुरोध गर्दछौ । आफ्नो लेख
रचना प्रकाशित गर्न
aakashkomanish.nepaligazal
@blogger.comमा mail गरिदिनुहोला

http://nepali-gazal-kabita.blogspot.com/

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !