December 16, 2008

गजल - घुस र अख्तियार

सुमन बगाले
आबुँ खैरेनी ५ ढकलटार तनहुँ (हाल इराक )


घरै जान्न म जहिलेपनि श्रीमतिको गनगनी
बोल्छे झर्की हेर्छे तर्कि रिसले घुम्छे भनभनी

मेरोपनि त्यस्तै हून्थ्यो अहिले भाएको छ शान्त
चुपचाप हुन्छिन उनी जब गन्छु दाम खनखनी ।

दिन दिनै गन्ने दाम कहा पाउछ तिमीले
मन्त्रालयमा बसेर घुस खान्छौ कि त दनदनी ।

खान्न भन्दापनि आजभोली सुखै पाइदैन हेर साथी
बोकी ल्याउछन दिन भनि झोलामा खादि टनटनी ।

अख्तियारले घेरा हाल्ला जाला मान इज्जत पनि
दिए भन्दै जनताले ननिल्नु नी घुस सनसनी ।

अख्तियार र घुसको सम्बन्ध निकै गहिरो बन्दैछ
घुस बजाउछ ताली अख्तियार नाच्छ फनफनी ।

भन्छन घुस दिने घुस खाने दुबै देशको शत्रु हुन
तर के गर्ने हजुर हो नेपाली जनता नै बेइ मानी …।


(सुमनभित्रको सुधा गजल सँग्रहबाट साभार)



8 Comments:

Anonymous said...

हाम्रो देश को यथार्त बोलिरहेको छ यो गजल ले ।

nepalean said...

रमाइलो छ घुसको गजल। मलाइ पनि जनता नै बेइमानी हुन जस्तो लाग्दछ।
साभार त भन्नुभयो, सुधा गजल संग्रहमा लेख्ने तपाइ हो कि अरुनै हो, त्यो पनि जान्न पाए हुन्थ्यो।

nepalean said...

एउटा कुरा त भन्न नै भुलेछु, सधै कबितामा केमन्ट गर्ने लुनाजीको कबिता नै सकियो जस्तो छ नि। तपाइका कबिता कमेन्न निकै राम्रा छन।

Anonymous said...

सबै दौतरी का साथी हरु मा म सुमन को तर्फ बाट सदर नमस्कार । साथी हरु यो मेरो पहिलो कदम हो , मेरो गल्ती हरुलाई औलाई सल्लाह दिन को लागि अनुरोध गर्दछु । यो भन्दा पहिला मैले केही लेखेको थिइन । अहिले समय ले नै केही साथ दिएकाले केही लेक्ने जमर्को गरेको छु, तपाईं हरु को नै सल्लाह सुझाब नै मेरो लागि मार्ग निर्देशान् हुनेछ , सिक्दै छु बल्ल ,आश छ तपाईं हरु को साथ् पाउने छु । र सुमन भित्र को सुधा गजल सँग्रह मेरै हो सर । धन्यवाद ।

बिजय कुमार श्रेष्ठ said...

suman ji kabita ta atinai ramro lagyo ho bro
yesari nai jaosla arupai

बिजय कुमार श्रेष्ठ said...

suman ji kabita ta atinai ramro lagyo ho bro
yesari nai jaosla arupai

Anonymous said...

नेपोलियन जि ! यो चार हरफ तपालाई नै --
__________________
भाब मा भब सागर त र् यौ
मनमा माया छ र् यौ
तिमीले के ग र् यौ
यस्तरी माया ग र् यौ ।
°
धन्यवाद तपाईंलाई नेपोलियन जि ।

प्रबिण थापा said...

Thanks a lot suman, i m satisfied with your progress. i wish for your betterment always.
Yes time will teach us to many things although we don't have a desire to learn. I think you r facing to much problem there but it will teach you to learn also in difficulties.
your fren
prabin Thapa
Italy

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !