December 23, 2008

गजल - हाम्रो देशमा

राकेश कार्की

लस् एन्जेलस

हिर्काए, चुटे, पडकाए गोली हाम्रो देशमा
बौलाही खेले रगतको होली हाम्रो देशमा

सफाया भए नमान्ने जति मान्नेको उही गति
डरले करले बोक्नै पर्छ झोली हाम्रो देशमा

भोट पाउने जिते, नातालाई ताने, भए सरकार
अझै बाँकी छन् धम्कयाउने टोली हाम्रो देशमा

संविधान लेखने कापी र कलम विदेशी हातमा
अन्योलमै छन् कति, के होला भोली हाम्रो देशमा



1 Comments:

Anonymous said...

मुलुकको परिस्थिती - तपाईंको गजल ----
तपाईं गजल मा रुनुस् , म कबितामा रुन्छु , उनी गीत मा रुन्छिन --
हामी सबै रुदै बस्दै गरौ -----

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !