December 18, 2008

क्रमभंग

(१. वसन्त गौतमजीको ब्लग र वहांबाट साझामा पोष्ट गरिएको यो सान्दर्भिक, मार्मिक र राम्रो व्यंग्य कविता यहा राखेको छु, वहांको ब्लगको लिंक दौतरीका सहयोगी ब्लगमा छ, २ नं को छोटो कविता राहुलभाइद्वारा लेखिएको हो र ३ नंको कविता शिवजीको हो । सबै साझाबाट लिइएको हो लेखकका अनुसार कपिराइट खुला छ रे!)

१.
कमरेडले गाईलाई गधा,
बाघलाई जरायो ,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो !

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो !

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

२.

१० मारेको लाई १० पास,
१२ मारेको लाई १२ पास
त्यो भन्दा बढी मार्ने कामरेडलाई सिधै एम ए पास
कामरेड औठा छाप दङ्ग पर्नु भयो ,
कामरेडले 'क्रमभङ्ग " गर्नु भयो।

३.
प्रधानमन्त्री बनेर संसारै घुम्नु भो
मोज पनि गर्नु भो
क्रान्तिकारी हो कि प्रधानमन्त्री हो झुकिन्छु भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले स्वतन्त्र गणतन्त्रको
कैले एक तान्त्रिक कम्युनिष्ट शासन को नारा दिनु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

कैले YCL को सैनिक संरचना भङ गर्ने भन्नु भो
कैले यो त पार्टी को आवश्यक अंग हो भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

लुटेको सम्पत्ति फिर्ता गर्छु भन्नु भो
लुटेको सम्पत्ति सजिलै फिर्ता गर्न सकिदैन पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो !

सर्बोचै पदमा बसेर बिरोध भो भन्नु भो
जनता समछ बसेर जनता समक्ष जान्छु पनि भन्नु भो
कमरेडले अचम्मै सँग ‘क्रमभंग’ गर्नुभयो!

अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्साएर चुस्नु भो कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

राजा ले झैं वहाँले पनि बन्दुक तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सियए कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुराको कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

स्वतन्त्र अर्थतन्त्रको नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

सहकार्य नभयए हामीलाई भगवानले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धम्की र हत्या आम् भयो
उन्नतीको नाममा जे गरे पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी बाहेक सबै देशका दुश्मन हुन भन्नु भो
हामीलाई अर्को राष्ट्रले नै ट्रैनिङ्, सहयोग तथा संरक्षण दिए भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हाम्रो बिचारका बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!


5 Comments:

Anonymous said...

यो कबिता हाम्रा काम्रेड ले पढ्न पाउन !

Anonymous said...

Basanta bro ko kabitale Maobadilai nikai nagauna safal chha. kabima pareko anubhutile sabaiko man chun safal chha. kabima sahitik kala ra dristikon yakdam safal chha. yasma krmabhanga kabiko kahilai nahos.

ठरकि दादा said...

दस बर्ष मारकाट मा व्यस्त हुनुभयो
त्यसपछि दस बर्ष मै १० हजार मेगावाट को कुरा गरेर
क्रम भंग गर्नु भयो ।

अहिले आफू सवा लाख को विस्तरामा सुतेर
कहिल्यै नभएको १० घण्टे लोडसेडिङ गरेर
क्रम भंग गर्नु भयो

Anonymous said...

शहर बाट शान्ती खोज्दै बुद्ध जंगल पस्नु भयो
जंगल बाट शान्ती खोज्दै कमरेड शहर पस्नु भयो
हो साथी! कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

चुनाव जित्नु भन्दा अघी 'गान्धी' बन्ने भन्नु भयो
चुनाव जिती सके पछी 'मन्त्री' बन्छु भन्नु भयो
हो साथी! कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

Anonymous said...

yo krambhanga kabita shree 13,000. prachanda lai pani email ma pathaunu parchha hai sathi ho.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !