December 11, 2008

दौंतरी सर्भरमा गडबडी

आज बिहान देखी दौंतरी सर्भरमा गडबडी भएको ले कतारको केही ठाउ बाहेक कतैबाट पनि दौतरी हेर्न मिलेको थिएन। दौंतरी गुगलको सर्भरमा निर्भर पर्छ। प्राय ब्लगस्पटका ब्लगहरु गुगलमै चल्ने हुंदा आइ.पी बाढ्नुपर्ने हुन्छ। कारण ठ्याक्कै पत्ता नलागे पनि अहिले दौंतरीको सर्भर संख्या फेरेर चलाएका छौं। तर प्राय ब्लगसप्टका साइट गुगल सर्भरमै चल्नेहूंदा यो काल पल्कने समस्याले पून दु:ख नदेला भन्न सकिन्न। दौंतरी आफ्नै सर्भरमा नसरे सम्म यसै गरी नै चल्नुपर्ने हुन्छ। त्यसैले दौंतरीलाइ आफ्नै सर्भरमा सार्ने छिटै काम सुरुगर्ने छौं।
दौंतरी हराउदा तपाइहरुलाइ कस्तो लाग्यो, आफ्ना बिचारहरु राख्नुहोला। दौंतरी १२ घण्टा जती अबरुद्द भएकोमा दौतरी समुहको तर्फबाट क्षमा चाहान्छु।

नेपालियन



9 Comments:

ठरकि दादा said...

मलाई पनि बिहान देखी 'टेन्शन' भैरा'थ्यो।

म त, कतै स्क्रिप्टहरुले निम्त्याएको समस्या त होईन भनेर पुरानो व्याक अप गरेर राखेको Layout HTML अपलोड गर्ने तरखर गर्दै थिएँ ।

तपाईलाई समस्या लेखेर पठाउनै लागेको थिएँ, समाधान गर्नु भएछ ।
धन्यवाद् ।

'दौंतरी' आजकल 'दौंतरी' मात्रै नभई 'नशा' भैसक्यो ! साईट नखुल्दा त छटपटि नै हुन्छ ।

nepalean said...

ठरकी सर मलाइ त्यही डर लागी राथ्यो कतै तपाइले स्क्रीपटलाइ दोष दिनुहुन्छ जस्तो त लागिरहेको थियो। हिजो पनि १ घण्टा जती दौंतरी बन्द भएको थियो। सायद दौंतरीले प्रयोग गरेको IP अरू धेरै संग जुधे जस्तो छ। IP फेरेर पनि नभएको भए सिधै ब्लग स्पटबाट चलाउने बिचार थियो तर तुरुन्तै काम गर्यो।
साइट बेलामा बेलामा बन्दा हुंदा सारै असर पर्ने रहेछ। सुरुमा खोले पछि org मा जांदा १ हप्ता जती बन्दा भएको थियो, त्यसले पनि धेरै नै नकारात्मक असर परेको थियो।
तर अचम्म कतार बाट अली अलि चलि रहेको थियो भने टेक्ससबाट छुस्स चलेको थियो।

Anonymous said...

ख्वै मैले यतबाट खोल्दा त मज्जाले चलेको थियो त , हिँजो अस्ति दिनकै हेरीरा'छु समस्या थियो भन्ने त पत्तै लागेनत हौ ।

Anonymous said...

केही फेर ब द ल हुन को लागि निर्मारधिन अवस्था मा थियो होला जस्तो लागेको थियो ।

पीजी said...

अब कसको विहानलाइ कसको सांझ मान्ने हो रन भुल्ल परें। आफ्नो त भर्खर दिउंसो भएको छ। तर अस्ति, हिजो, आज १० देखि १२ डिसेम्बरसम्म कुनै समस्या परेको छैन मेरो कम्पयुटरमा ।
बरु अघि केहि बेर पेज खोल्दा जुन ९ को "दुष्वप्न" भन्ने पोष्टमा जान्थ्यो सिधै ।

Anonymous said...

अमेरिकाको बिहन भनको है। एनोमिअज जि तपाइको ठाउ कता पर्यो? कतार र अरु केही ठउबाट अली अली चलेको थियो।

Unknown said...

मेरो ठाउँ पनि यतै हो ठरकी दादाको तिरै । मेरो नाम लेख्नै नपाई चिप्लिएछ क्या त्यो कमेण्ट । यो पाली नामैले लेखें है - अलास्का बाट हो म ।

Anonymous said...

Dipak ji Alaska bata? Astinai tapai ko photo blog herda hawai bata alaska ko yatra hereko thiye. Hijo diuso tira teta pani chaleko thiyena hola? Chaleko bhaye maile patta lagauna sakina.
Arko chutti kura, dautari ma blog bhitra blog sthambha ma everyweek ek blogger ko kura kani rakhne sur thiyo, ukta sthambha ko introduction ta bhayo suru bhako chhaina. Suruma tapai kai rakhne bichar thiyo, tara tyo stambha ko barema bhulechu. Yo weekend aadi ghanta jati dautari lai time dinu paryo. Ma format ra question pathaune chhu. kaso huncha, maile ta open question po rakhe.

Unknown said...

राम्रो कुरा हो साथै यो ब्लगभित्र ब्लग भन्ने कन्सेप्ट राम्रो छ । पठाउनुहोस् न कसरी गर्ने भै हाल्छ नि ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !