December 9, 2008

कबिता - म र मेरो !!!


गोकुल बिबश ढकालgokul_bivas
बोस्टन, अमेरिका
डिसेम्बर ०९, ००८

झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती
प्वाल परेको मोजा, भिजेको जुत्ता, पसिना मेरो सारथी,
निब भाच्चिएको कलम, मिती सकिएको मलम, मेरो ओखती
चोइटिएको मन, नकमिने धन, सम्झाउ आँफैलाई कती ?
पुरानो थाल, घुन लागेको दाल, मधेसी चामल
गाई काट्ने ठाउँ को खसी, परदेशको दशी, खोइ को मलामाल ?
माड् हाल्नै पर्ने मुख, नदेखिने सुख, कुन् जुनिको यो कर्म ?
बनको भाखा, हिमालि काख, खोइ मेरो धर्म,
सारा चिज बिरानो, म आफै बिरानो, मेरै देश बिरानो
यो मेरो जुनि दुखमै बित्यो, स्रिस्टि नै बिरानो,
झुत्रिएको ओछ्यान, फाटेको कम्मल, परदेशमा मेरो सम्पत्ती !


5 Comments:

Anonymous said...

भारत र खाडी अरेबियन मुलुक हरुमा प रिश्रम बेच्न जान वाध्य हुने हाम्रा धेरै नेपाली दाजुभाइ -दिदिबहिनी हरुको यथार्थ लाई तपाईंको कबिताले चित्रण गरेको छ ।
केही मात्रामा राम्रै आय आर्जन गर्ने पनि होलान , तर पनि धेरै को सन्ख्या तपाईंको कबितामा चित्रित जस्ताइ छ ।

Anonymous said...

बिबश जि ,
सदा झै उच्च भाव , उत्तम लेखाइ। अझ परिमार्जन गर्दै जानुस्। प्रतिभालाई निराश हुन न दिनुस् ।

राहुलभाइ

Anonymous said...

राम्रो टुक्रा राख्नुभयो।

Anonymous said...

Thank you Luna, Rahulvaig and Brilliantman71g.

Anonymous said...

Biabas ji ko kabitama yak dardanak katha lukeko chha jun hajaru nepalile bhogi raheka chha.
yo sabaiko karan, januddhka namama sasaran garne sabai chor parti ra sarkarko karan hun.

haresh nakhanos ra jivanlai yak modama puryaune kosis garnos.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !