November 16, 2008

गीत - किन चाडै माया मार्‍यौ

आचार्य प्रभा
किन चाडै माया मार्‍‍यौ  स्वार्थी बनेर
म भने सम्झी बस्छु आफ्नो भनेर ---

निष्ठुरी त होइनौ तिमी के पर्‍यो त्यस्तो
लाको माया बिर्सिदिने भयौ तिमी कस्तो ---

ज्यानै पनि दिन्छु भन्थ्यौ भेट हुँदा जहिल्यै
तिम्रो बाचा बिर्सिन्न म जूनिभरी कहिल्यै ---

किन मलाई भुली दियौ छल गरेर
म भने बाँची रैछु तिम्रै भर परेर ---
(अमेरिका )



5 Comments:

Anonymous said...

मिठो लय हालेर मिल्ने गित रच्नु भएको रहेछ प्रभा जि। निकै भावपुर्ण छ।

Unknown said...

kati ramro kabita, Prava Didiko. Aru pani sunna paaios na please.

Anonymous said...

शब्द भाबले मन छुन्छ
छोएको मन झन रुन्छ !
प्रभा जि ! यस्तै छन तपाईंको कबिता मन छुने !
धन्यवाद तपाईंलाई ।

www.cyberdhading.com said...

its nice kabita,

www.cyberdhading.com said...

if you want i will post also in my blog

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !