October 14, 2008

ईराकमा एक नेपालीको मृत्यू

- राम प्रसाद पन्त र जिवन पौडेल
ईराक स्थित बलाद बेस क्यम्पमा कार्यरत एक नेपालीको ११ अक्टोबरका दिन बेलुकी मृत्यू भएको छ । कुलाक कम्पनि अन्र्तगत रहेर केबिआर कम्पनीको सुरक्षागार्डमा कार्यरत इलाम घर भई ´ापाको विर्तामोडमा बसोबास गर्दै आउनु भएको मोहन प्रसाद शर्माको ह्दयघात भई निधन भएको हो उहाँ करिब ४१ वर्षको हुनुहुन्थ्यो । २ वर्ष अगाडि पैसा कमाउने र आफ्नो सन्तानसँग सुखिमय जिन्दगी बिताउने आशामा बैदेशिक रोजगारका लागि ईराकको युद्ध भुमिमा आउनु भएको थियो । दशैको खुशीयालीमा रमाईरहेको बेसका नेपालीहरुलाई अकस्मात उहाँको निधन भएको खबरले मर्माहित र स्तब्ध तुल्याएको थियो । उहाँको पाथ्ार्िक शरीरलाई नेपाल पठाउने प्रकि्रया अगाडि बदाएको जानकारी कम्पनीका सम्बन्धित व्यक्तिले दिनु भयो । पार्थिक शरीरलाई अक्टोबर १४ तारिकका दिन ईराकबाट कुवेत पठाई सकेको र त्यहाँबाट नेपाल पुर् याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने स्रोतले जानकारी गरायो । उहाँलाई क्षतिपूर्ति स्वरुप प्ररम्भिक चरणमा ६ महिना बराबरको उहाँको पारिश्रमिक र सुरक्षागार्डमा कार्यरत सहकर्मीबाट कम्पनिमा कार्यरत नेपाली दाजुभाईबाट सहयोग उपलब्ध गराउने भन्ने प्रारम्भिक छलफल भईरहेको स्रोतले जानकारी गराएको छ । तर यसको बारेमा भने विस्तृत जानकारीे आउन बाँकी नै छ । उहाँको निधनमा बेसमा कार्यरत नेपालीहरुले अक्टोबर १४ तारिक बेलुकी श्रद्धाजली कार्यक्रमको आयोजना गरि आफ्नो सहकर्मी प्रति भावपूर्ण श्रद्धााजली अर्पण गरेका छन् । उहाँको चिर शान्तिको कामना सहित परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भागवानले प्रदान गरुन् हामी सबै यहि कामना गर्दछौं । प्राप्त जानकारी अनुसार उहाँको घरमा १ श्रीमती करिब २ वर्षका छोरा र १२ बर्षकी छोरी हुनुहुन्छ ।


4 Comments:

Anonymous said...

Condolence to our dear friend.

Anonymous said...

उहांको आत्माले शान्ती पाओस, यस्तो खबर कसैले सुन्नो नपरोस र यस्तो अबस्था कसैलाइ नआओस। दु:खको घडीमा भगवानले उनका परिबारलाइ धैर्य धारण गर्ने क्षमता दिउन।

nepalean said...

कामको सिलसिलामा आफ्नो र आफ्नो परिवारको सपना पूरा गर्न अरबको मरुभूमीमा आफ्नो जिवन गुमाउनु भएका मोहन श्रमा प्रती हार्दीक समवेदना ब्यक्त गर्न चाहान्छु र यो दु:खद घडीमा उहांका आफ्नतलाइ इश्शबरले धैर्य धारण गर्ने शक्ती दिउन।

nepalean said...

कामको सिलसिलामा आफ्नो र आफ्नो परिवारको सपना पूरा गर्न अरबको मरुभूमीमा आफ्नो जिवन गुमाउनु भएका मोहन श्रमा प्रती हार्दीक समवेदना ब्यक्त गर्न चाहान्छु र यो दु:खद घडीमा उहांका आफ्नतलाइ इश्शबरले धैर्य धारण गर्ने शक्ती दिउन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !