October 20, 2008

कविताभित्र संसार अटेको हुन्छ

आचार्य प्रभा
(अमेरिका )
यौटा स्वछ पाना र कलमको
समागममा जन्मेको म कविता
म भित्र अक्षरहरुको खेती गरिन्छन
अनी ---समग्रमा म
भावनात्मक लहर बन्छु
त्यस लहर भित्र
ह्रृदय छुने भावना हुन्छ ,
कसैको चित्कार हुन्छ ,
पीडा हुन्छ ,बिश्व शान्तिको नारा हुन्छ /
प्रक्रीतिको सौन्द्रय बर्णन हुन्छ ,
आमाको ममत्व हुन्छ
नारीको बेदना हुन्छ
यथार्थमा ,
संसार अटेको हुन्छ /
म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन /
त्यसैले ---कबिता
गाइनेको गीत हुन सक्दछ ,
मैच्याङको डम्फु हुन सक्दछ ,
सोरठिको भाका हुन सक्दछ ,
धाननाचको ''पालाम ''हुन सक्दछ ,
दोहरिको ''लय''हुन सक्दछ
आखिर ---जे नै भए पनि
कबिता सहिद्को गाथा हुन सक्दछ ,
अस्मिता बेचिएकी चेलीको
चित्कार हुन सक्दछ ,
कबिता हर मर्मको आव्हान हुन सक्दछ ,
स्वच्छ भावनाको प्रस्फुटन हुन सक्दछ,
खाली पाना र कलमको अप्नत्वको
चिन्ह हुन सक्दछ ,
श्रीजनाको अमीट उदगार हुन सक्दछ ,
निस्वार्थ आत्माको देश प्रेमको
सकारात्मक् भावना हुन सक्दछ /


5 Comments:

nepalean said...

कबिता भित्रक कथाको कबिता निकै रोचक छ। पढ्न रमाइलो लाग्यो। गहकिलो पनि। कबिताको लागी धेरै धेरै धन्यबाद।

Anjan Banbasi said...
This comment has been removed by the author.
Anjan Banbasi said...

म कवि हृदयको क्रन्दन हुन्छु
अनी हुन्छु, मनुष्यत्वको प्रतीक
राजनितीको पर्खालले पनि
मलाई छेक्न सक्दैन /
शत्रुताको भयले पनि मलाई
पलायन गर्न सक्दैन ................
हो प्रभाजी तपाईले भन्नु भयका कुराहरू ........ कवि हृदयको क्रन्दन हुन्छु अनि राजनितीको पर्खालले पनि
कविलाई छेक्न सक्दैन .

Anjan Banbasi said...
This comment has been removed by the author.
Anonymous said...

The truth .
Nice poem .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !