October 2, 2008

गजल - दशै

दौतरीका दौतरीहरुलाई बिजया दशमीको मंगलमय शुभकामना
सहित यो दशैको गजल पेश गरेको छु
रातो अक्षतामा निरहको रगत नहोस
दिगो कामना शान्तिको,अब फगत नहोस

पाबन क्षण,माहान पर्ब ,उल्लास र हर्ष
दशै भोग्दा दशाको लामो लगत नहोस

राम या राबण ,सुर या असुर चिन्छ को
आस्थाको पूजारी बकुला भगत नहोस

सबका ओठमा उषाको कान्ती छायो भन्थे
निरह रगतले पोतिने जगत नहोस

मन फुकाई देको सुका आठना लाख हुन्छ
दान दक्षिणामा फिरौतिको नगत नहोस


2 Comments:

एकलव्य ( Eklavya) said...

असल नियत र इमान्दार मनहरूका कामना पूरा नहुने कुरै छैन
हामीले गरे हाम्रो भविष्य शान्त र समुन्नत हुनै नसक्ने पनि हैन
तर सदैव डर छ, भिक्षुका कपडा ओडेर ब्वाँसाका चाला चल्नेहरू संग
शान्ति प्रताडित बन्छ,अपेक्षा आकांक्षा र उत्साह हुन्छन सबै मोहभंग।।


धन्यवाद वाकाजी, सधैँ जस्तो गजलको भाषा तपाईँका शब्दमा मात्र मुखरित भएको छ । इमान्दार कामनाहरू अवश्य पूरा हुनुपर्छ, यदि सत्य नै ईश्वरीय शक्तिको सत्ता हो भने । शुभकामना दशैँको !!!

Anonymous said...

A good gajal waka ji. Keep it up.
Happy Dashai to everyeone. Lets enjoy and celebrate and share greetings.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !