September 16, 2008

माओबादीको रसरंग?

उनी को हुन?
मन्त्री।
मन्त्री भए छापामार दस्ता अघी पछी लगाएर कता?
घर भत्काउन।
घर भत्काउने उनी कुन मन्त्री?
भमिसुधार। मैले त अशान्ती तथा पुन भत्काउ मन्त्री भन्ने ठानेको।
घर भत्काएर भुमी कसरी सुधार्ने?
भुमी होइन मान्छे सुधार्ने।
मान्छे सुधार्न बन्दुक नै चाहिन्छ त?
चाहिन्छ नि। १० बर्षमा सुधार्दा पनि बहुमत आएन अब अलि सुधारेर बहुमत ल्याने।
१० बर्ष लड्दाखेरीका बन्दुक त पानी ले बगाएन र?
बगाएको हो, कोसीको भेल फेरी उतार्‍यो क्या।
कोशीको भेलले त फाइदै गर्‍यो?
गर्‍यो नि। अरु फाइदा पनि छन।
कोशी त मान्छेले ल्याको बिपत्ती भन्ने होलान नि कमरेडले दिल्लीमा?
रिशानी होला नि यस्तो कुरा गरे त। बरु अरु सन्धी थपेर खुसी पार्नु छ।
सन्धी सम्झौता त खारेज गर्ने होइन र?
पुरानो भयो, पुनरावलोकन गरेर अझ मजबुत बनाउने।
सन्धी मजबुत भएर के फाइदा हुन्छ र?
सरकार मजबुत हुन्छ नि।
सरकार मजबुत पार्न दक्षिणमै दक्षिणा चढाउनु पर्ने?
यती बुझ्न दश बर्ष लाग्यो। चलि आएको परम्परा, दाम त चढाउनु पर्यो नि।
जनताले जिताएको पार्टीलाइ, दक्षिण किन जानु पर्यो?
भोटले मात्र कांहा सरकार बन्छ त, भारतको ओठ पनि चाहिन्छ।
भने पछि बन्दुक खोलाले बगाएर ठिकै गर्यो?
बगाए पनि चाहिने ठाउमै थुपारेको छ।
अर्को चुनाबमा चाहिएन?
के थाहा अर्को चुनाबभन्दा पहिल्यै पो चाहिन्छ कि??


6 Comments:

Anonymous said...

यसपाली दिहारको गित

ए देउसुरे भने
देउसुरे
देउसुरे खेल्ने
देउसुरे
आएका हामी
देउसुरे
हामि त त्येसै
देउसुरे
आएका होइनौं
देउसुरे
हाइ कमाण्ड ले पठार
देउसुरे
मार्टीनका बन्दुक
देउसुरे
ताल्चा नभाको सन्दुक
देउसुरे
ए पिटौं पिटौं
देउसुरे
ए भुटौं भुटौं
देउसुरे

Aakar said...

गज्जब को छ है, कुरो चाँहि ।

ठरकि दादा said...

चोरको सरदार हो की मन्त्री हो यो?

तपाईको अन्तिम चार लाईन पनि 'गोली' बराबर लाग्यो है मलाई त:

भने पछि बन्दुक खोलाले बगाएर ठिकै गर्यो?
बगाए पनि चाहिने ठाउमै थुपारेको छ।
अर्को चुनाबमा चाहिएन?
के थाहा अर्को चुनाबभन्दा पहिल्यै पो चाहिन्छ कि??

Anonymous said...

I am new to Dautari but I enjoy reading the blogs & I liked Maobadi ko Rasrang!! Cannot type Neapali,otherwise would have loved to post my feelings too.I feel that the Maoist are not going to change & they will finish this country one day!!

Anonymous said...

haia sarar ma basne mantrile pani gunda gardi garchan ra?

पीजी said...

उहां बिरप्पनको नया रुप !

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !