September 16, 2008

देखेँ-२

आँफै बोक्सी हुनेहरू , धामी बन्न खोज्दा रैछन
एउटा हातमा खूँडा बोकी , 'शान्ति' भजन गा'को देखेँ

जनतालाई मार्नेहरू , मसिहाको चोगा लगाई
लुम्बिनीको गुम्बाभित्र 'माने पेमे' गा'को देखेँ

मुलुकलाई ध्वंस पार्नेहरू जतासुकै भिडन्तमा
नया नेपाल? रणमैदान यता-उता सबैतिर देखेँ

जातभात, क्षेत्रवादको कुटिल आगो सल्काएर
घर जलाई खरानीको जोहो खोज्ने चाल देखेँ 

भक्षक आँफै रक्षक बनी हसूर्ने यो चाल देखेँ
बिजोगको यो लोक हँसाइ उदेक लाग्दो लाज देखेँ 

राजघाटको समाधीमा फूलको माला चढाएर
स्वदेशको सपनलाई रगतपच्छे पार्नेहरू देखेँ ।

चमत्कारको घाँसे झुप्पा अघि अघि लट्ठाएर
देशलाई निरंकूशतन्त्र तर्फ डोर्‍याएको पनि देखेँ।।



3 Comments:

ठरकि दादा said...

मैले भन्दा तपाईले अझ धेरै देख्नु भएको रहेछ:

अझ त्यसमध्य पनि:
राजघाटको समाधीमा फूलको माला चढाएर
स्वदेशको सपनलाई रगतपच्छे पार्नेहरू देखेँ ।

चमत्कारको घाँसे झुप्पा अघि अघि लट्ठाएर
देशलाई निरंकूशतन्त्र तर्फ डोर्‍याएको पनि देखेँ।।

यि चार लाईन चाहि एकदमै घत लाग्ने छन्।

disability said...

Gajal yak bhumikabat mathi uther sabai chitran garna safal bhayako dekhe. lekhak sayad afai pindit bhaisakeko ra tesko biprit aashama nirashale chayako dekhda man nikai bhavbibahal bhayako payan. jasle garda hamro man pani chasakka kata kata bigatko kalo din samjhaudai dukheko chha

mridul

Anonymous said...

चमत्कारको घाँसे झुप्पा अघि अघि लट्ठाएर
देशलाई निरंकूशतन्त्र तर्फ डोर्‍याएको पनि देखेँ।।
उत्क्रिष्ट छ। मैले त दुबै एकै जना ले लेख्नु भएको भनेको त पहिलो ठरकी जि र अहिले एकलब्यजीले लेख्नु भएको रहेछ। क्रम मिलेको छ , गजल लेख्न जाने त देखें ३ लेख्नु हुन्थ्यो आफुलाइ "गजल" भनेर टाइप गर्नु बाहेक केही आउदैन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !