September 12, 2008

गजल - गाँसको आसमा श्वास

यो दौतरिको रचना मन पराइ दिनु हुने सबै दौतरिलाई धन्यवाद!
यहाँहरुको प्रतिकृयाको मलाई खाँचो छ। रचनाको चोरीको प्रसंगलाई गजलमा उतार्ने कोशीश गरेको छु

गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

सिन्का सिन्का जोडेर लठ्ठी बनाउने होड किन हुन्छ
पन र मन जिउदै राखे,शक्ती हुँदो हो स्वोरको पनि

मच्चिन मन हुनेले पिङको झडका हैन फडका मार्नु
मक्किएको पिङमा थच्चिनु,हुन्न दोष डोरको पनि

मान सम्मान धन बैभब खोसेर पाईन्छ र कहाँ ?
आनन्द त त्यहाँ आँफै कमाई ल्याको थोरको पनि


5 Comments:

Anonymous said...

वाका जि को गजल स्तर तथा संख्यामा सधै उत्तम छन।
सिर्जना र यसको चोरीलाइ तारो पारेर लेखिएको यो गजल पनि उत्तीकै सशक्त छ।
नेपालियन

Anonymous said...

जसको घरमा चोर पस्यो - खबर गरे आउदो रहेछ पुलिस पनि ।
घर धनी को भन्दा पनि दुखी अझ मन -मुचुल्का उठाउदा हुंदो रहेछ पुलिस को पनि । ।
मागे न्याय पाईन्छ कि जस्तो लाग्यो -बेलाई माथि उजुरी पर्दामा
चोर को पनि होस गुम भय होला -दर्सक दिर्घाले पनि हार घुहार गर्दामा ।।
चोर पस्यो घरमा मेरो त्यस बखत - खासै केही थियन घरमा पनि ।
मत रुन्न घर चोरियो भनेर - बरु खस्यो आसु नथामिने गरी काल पल्क्यो भनी ।।

Anonymous said...

गिदिमा गुदी नभए पछी टाउकोको बिर्को किन उघार्नु
बिबेक भए पशुले नि ख्याल राख्दो हो खोरको पनि

चोर को पनि होस गुम भय होला -दर्सक दिर्घाले पनि हार घुहार गर्दामा चोरीलाइ तारो पारेर लेखिएको यो गजल पनि उत्तीकै सशक्त छ।
ram

आश्मा said...

:) good job!

Anonymous said...

गाँसको आसमा श्वास गले,टिठ लाग्दो हो चोरको पनि
उर्बर हुने भए भूमी,लौ है काम लाग्दो हो फोरको पनि
good very good kip up
ram

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !