August 21, 2008

सुरक्षा र प्रश्न

पुरुशोत्तम सुबेदी
-बेल्जियम
नेपाल मा सत्ता को लागी परापूर्व काल देखी नै एक अर्का देखी जीवन जोखिम मा रहदै आएको छ । कोत पर्व, भंडार खाल पर्व देखी लियर दास ढुंङा, नारायण हिटी काण्ड आदी काण्डहरुले नेपालीहरुले एक अर्का प्रती विश्वाश गर्न पनि छोडिसकेका छन । २५० बर्ष सम्म राज गर्दै आएको नेपाल को राज तन्त्र ले अन्त्यमा आएर आफ्नो नियती नेपाली जनता सामु प्रस्तुत गरेर गएको छ । दमन गरे बिस्फोट हुन्छ भन्ने अर्थ लाई अहिले नेपाली राजाबादी हरुले राम्रो संग बुझेको हुनु पर्छ ।

भ्रष्टाचारले मौलाएको पंचायति ब्यवस्था भित्र प्रजातन्त्रको खोल ओढेर कांग्रेस ले बिगत १२ बर्ष सम्म बिपिको नाम बेचेर राम्रै मुनाफा लिन सफल भयो । तर राजनीति फाईदा लिएको भए अहिले कांग्रेस सत्ता मा नै हुन्थ्यो । पंचायतका भरौटेहरु संगै कांग्रेस पनि ब्यक्तिगत स्वार्थमा भुलेर नेपाली जनतामाथि अन्याय पूर्ण काम गर्दै आयो । सर्वहारा कम्युनिस्ट को नेत्रित्व गर्दै आएको एमाले पनि जन नेता मदन भण्डारी को देहान्त पछी हुबहु कांग्रेस भन्दा फरक देखिन सकेन । यावत कुराले नेपाल र नेपालीको जनस्तर दिनानुदिन गिर्दै गयो ।

दमन अन्याय अत्याचार भ्रस्टाचार बिरुद्ध नेपाली जनताले नेपाली राजनीतिक पार्टी हरु लाई सहयोग गर्दै आयका छन । दरबार बिरुद्ध कांग्रेस ले गरेको आन्दोलन लाई पनि जनताले साथ दियकै हुन । बिपिको समाज बाद को आसा पनि गरेकै हुन तर बिपिको समाज बाद त समाज ब्याड मा परिणत भयो । क्रमस : जनता पार्टी देखी टाढा हुन पुगे । नेताले जनमत जन बिश्वास गुमाउन पुगे । देसले निकास लिन सकेन । युवा सर्कल पढेर पनि कुनै रोजगार पाउन सकेन । भिजन भएको कुनै नेता संबैधानिक राजतन्त्र भित्र देखा पर्न सकेन । जनता को सामु झुट्ठा नारा दिएर आफ्नो ब्यक्तिगत स्वार्थमा नेताहरु भुले । यिनिहरु लाई अन्तरराष्ट्रिय समाजको कुनै डर लागेन न त शरम नै भ्रस्टाचारमा डुबुल्की मारेको कांग्रेस को हाप ले छिटपुट एमाले हरु पनि डामिन पुगे । जनताको बहुदलिय जनबाद लाई ठेस लाग्ने काम केही एमाले भित्र प्रबेष गरेका दरबारिया हरुले मार्क्स बाद लाई नै झुट्टा साबित गराउन खोजे । आखिर मार्क्स बाद बिनाको कुनै र काहिको पनि राज्य ब्यबस्था चल्न सक्दैन । श्रम र पुंजी को साटासाट अर्थात ब्यक्ती रोजगार कुनै पनि देशको आवश्यकता हो । मार्क्स बाद एउटा बिज्ञान हो । यस लाई लागु गर्न पनि कमर्सियल बैज्ञानीक को खांचो पर्छ । आज नेपाल मा त्यस्तै कमर्सियल नेता को अभाव भएको छ ।

नेपाली हरुले आफ्नो घर मात्र र परिवार मात्र हेर्ने चलन ले देस को राजनीति र अर्थ ब्यवस्था धराप मा परेको हो । नेपाल मा ब्यक्ती धनी छन । देश गरिव छ सिस्टम को खांचो छ । सिद्धान्त को मामलामा नेपाल मा एउटै कम्युनिस्ट पार्टी को मात्र भ्यालु छ । जसले मार्क्स बादी सिद्धान्तलाई अगाडि ल्याउन सकोस । च्याउ सरि कम्युनिस्ट भय पनि राष्ट्र चलाऊने मामलामा मार्क्स बाद नै काफी छ । नेपाल मा मदन भन्डारिको भावना लाई कदर गर्ने हो भने र देस बनाउने हो भने माओबाद लाई छोडेर प्रचन्ड पथ +एमालेहरुको एकिकरण को आवश्यकता छ । तर जुन सुकै पार्टी मा भारतीय दलाल हरुको प्रवेषले गर्दा कम्युनिस्ट एकिकरण हुन धेरै गाह्रो पनि छ । त्यसैको ज्वलन्त उदाहरण नेपाल मा राष्ट्रपतिको चुनाव पनि एक हो ।


दरबार खुन मा लत्पतिएको बाघ झैं भएको छ । कांग्रेस माओवादी सामु बाघले सिकार गरेर खाइरहेको अवस्थामा हुडांरले अली पर बाट टुलु-टुलु हेरे जस्तै गरी बसेको अवस्था छ । कम्युनिस्ट हरुको ध्रुबिकरण हुन खोजेको छ । यो अवस्थामा भारतीय छल छाम मा दरबार र कांग्रेस एमाले भित्र को केही तत्व र माओवादी भित्रको उग्र पन्थी हरुको मिलोमतोमा नेपाल मा फेरी कसैको ज्यान जान सक्ने सम्भावना लाई नकार्न सकिन्न । त्यसैले पेरुको स्थिती पनि आउन दिनु हुँदैन । न त मानव अधिकार को हनन नै । प्रमुख मान्छे मारेर अर्थात नेता मारेर सिट कब्जा गर्ने चलन नेपाल मा पुरानो हो । त्यसैले प्रधान मन्त्री प्रचण्डलाई जनसेनाको पनि सुरक्षा को आवश्यकता छ । किनकी नेपाली सेना पूर्ण गणतान्त्रिक नहुँदै विश्वाश गरी हाल्ने स्थिती छैन । मदन भण्डारी को हत्या पछी अमर लामाको हत्या ले नेपाल मा जननेता हरु आफ्नै तरिकाले सुरक्षित रहन आवश्यक्ता रही आएको छ ।



2 Comments:

ठरकि दादा said...

"....त्यसैले प्रधान मन्त्री प्रचण्डलाई जनसेनाको पनि सुरक्षा को आवश्यकता छ । किनकी नेपाली सेना पूर्ण गणतान्त्रिक नहुँदै विश्वाश गरी हाल्ने स्थिती छैन..."

यो कुरा चाहि ठरकीलाई हजम भएन है!। सेनामा विश्‍वास नहुनुको मतलब के हो? सेनाले नै प्रचण्डलाई सिध्याउन सक्छन भन्न खोज्नु भएकै त होला। अनी सेना पूर्ण गणतान्त्रिक कसरी हुने हो त्यो पनि बुझ्न सकीएन ।

"...मदन भण्डारी को हत्या पछी अमर लामाको हत्या ले नेपाल मा जननेता हरु आफ्नै तरिकाले सुरक्षित रहन आवश्यक्ता रही आएको छ... ।

बरु मलाई त लाग्छ मदन भण्डारी र अमर लामाको हत्या जननेता हरु आफ्नै तरिकाले सुरक्षित छु भनेर आफ्नै सुरक्षा घेरामा बसेकोले भएको हो।

आखिर मार्क्स बाद बिनाको कुनै र काहिको पनि राज्य ब्यबस्था चल्न सक्दैन भन्ने वाक्य त ठरकीले २ बोतल रित्याँउदा पनि बुझन सकेन।

समय रहेमा कृपया अन्यथा नलीई बुझाईदिनु होला

niksh said...

Dear Purushottam Subedi, being an advocate of MAO-ism, what the heck are you doing in Belgium; a capitalist country and system?? Your dress code shows exactly the same as that of PKD. You should take the responsibility of killings, divison and flourshing culture of atrocities, ransom and YCLs role in dimembering the people. The days are not far in Nepal too, to become like Zimbabwe where ZANU_PF cadres go on rampaging innocents. You and like you people of Maoists supporter will laugh like rawan enjoying capitalists lifestyle while poors in Nepal being killed.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !