August 16, 2008

रंगहिन गाईजात्रा

मलाई याद छ सानो छँदा गाईजात्रा ताका नेपालका पत्र-पत्रिकाहरु रंगी-चंगी रुपमा निस्कन्थे । नागरिक अधिकारको कुनै प्रत्याभूति नभएको अबस्थामा जनताहरु डराई-डराई केहि व्यङ्य, र घोचपेचमा रमाउथें ।

अहिले समय परिवर्तन भएको छ, तर अब गाईजात्राको कुनै रौनक भने बाँकि रहेन । अब हामिकहा बर्षैभरि गाईजात्रा चल्छ र त्यो पनि उल्टो तरिकाले,। पहिला जनाताले नेतालाई जिस्क्याउँथे भने अहिले बर्षैभरि जनमत र नागरिक अधिकारको उपहास गरेर नेताहरुले जनतालाई जिस्क्याउँछन ।

भर्खरै नेपालको राजनैतिक रंगमञ्चमा केहि ठुला ठुला गाईजात्रे ठट्टा प्रस्तुत भए । राष्ट्रपतिको चुनावमा देखीएको दलिय स्वार्थको नौटंकी, उपराष्ट्रपतिले आफ्नै राष्ट्रभाषा प्रति गरेका घटिया व्यङ्य अनि प्रधानमन्त्रीको चयन गर्न समेत छल-कपट, धोखा, अविश्‍वास र खुट्टा तान्ने खेलको अभुतपूर्व प्रद्रर्शन गरेर नेताहरुले यो कुरा प्रष्ट पारिसकेका छन कि जनमतको उपहास गरेर ३६५ दिनलाई नै गाईजात्रा बनाउन र मनाउन उनिहरुलाई कसैले जित्न सक्दैन ।

साँच्चै भन्ने हो भने, संविधान सभा नै पनि नेताहरुको गाईजात्रे कार्यक्रमको यौटा प्रमुख ‘आईटम’ को रुपमा प्रस्तुत भैरहेको छ । चुनाव सक्किएर देशको भाविश्य निर्धारण गर्ने र देशकोलागी यौटा निश्चित मार्ग चीत्र कोर्ने जनमत पाएर संबिधान सभामा पुगेका सभासदहरु केवल राजनैतिक समिकरण, सत्ताको भागवण्डा र शक्तिको बाँडफाडमा आ-आफ्नो दललाई कसरी बलियो पार्ने र अर्को दलको खुट्टा तान्ने भन्नेमा व्यस्त छन । नेपालको नया संबिधानको खाका कोर्न कसैलाई फुर्सद नै छैन । संबिधान सभाको चुनाव भएको दिनबाट नगनी संबिधान सभाको पहिलो बैठक बसेको दिन देखि गन्दा पनि करिब ३ महिना हुन लागि सकेको । तर नया संबिधानको खेस्रा तयार गर्ने कामको कुनै शुरुवात हुन सकेको छैन ।

लाग्छ हाम्रा सभासदहरुले नया संबिधानको बारेमा बुदांगत बहस गर्न अझै ३-४ बर्षै कुर्नु पर्छ ।

एल. डि. ओ. लाई शौचालयमा थुन्ने मात्रै होईन अब त हामिकहा आफुले भनेको नमाने कुनै संस्थान वा निकायका उच्च तहका अधिकारिलाई ठाडै अपहरण गर्ने धम्कि समेत दिन थालिसके हाम्रा मन्त्रीहरुले। यो भन्दा ठुलो गाईजात्रा के हुनु अरु??।

आज गाईजात्रा हो तर अब नेपालमा आजकल नेताहरु बर्षैभरि जनअधिकारको खिल्ली उडाएर गाईजात्रा मनाउन व्यस्त हुने हुनाले जनताले मनाउने गाईजात्रा ओझेलमा परेको छ । पेट्रोलको लाईन, बन्द, चक्काजाम अनी देशका उपल्लो कुर्शिमा बस्नेहरुनै नेपाली भाषा र राष्ट्रीयतामा व्यङ्य गरेर बसेको बेलामा यो गाईजात्रा रंगहिन भएर देखीएको छ ।



7 Comments:

Anonymous said...

कुरा सटिक छ, सान्दर्भिक छ, आफैमा अर्थ बोकेको हुंदा मैले कमेन्टनै गर्न पर्दैन।

पीजी said...

मूल गेटबाट नपसी सभागृहको पर्खाल र फलामे बार नाघेर पहिलो दिन संसद भवन प्रवेश गर्ने सभासद । १०० थरि पहिरनमा सजिएर सर्कसका कलाकार जस्ता लाग्ने सभासद (गाइजात्रे झांकी होला त्यो) ।
डिस्को र क्लबमा त ड्रेस कोड हुन्छ भने, गाइजात्रे लुगा लगाएर जान पाइने हाम्रो संसद ।

हाम्रो समाजमा महत्वपुर्ण भुमिका भएका पुर्ख्यौली धांमी झांक्रीको पनि प्रतिनीधित्व हुनु पर्ने थियो संसदमा, बेला बेलामा ढ्यांग्रो ठोकेर देशलाई झारफुक गर्ने थिए अनि नया नेपालको नया संसद को गाइजात्रामा रंग थपिने थियो कि !

Anonymous said...

नेताहरुको गाइजात्रे झांकी को के कुरा गर्ने ! तपाईंले लेखेको बाराआनै ठीक छ ......

Anonymous said...

नेताहरुको गाइजात्रे झांकी को के कुरा गर्ने ! तपाईंले लेखेको बाराआनै ठीक छ ......
Mero though sameer ko kura sanga thykkai milna pugyo. He is 100% right.

Aakar said...

सँधै गाईजात्रा छ नि ! हैन र ?

Anonymous said...

सर्बप्रथम त धेरै दिन पछी दौतरिमा सहभागि भएको छु, आफ्नो अल्छ्याइ प्रती आँफै क्षोभ प्रकट गर्दै ठरकी जि लेखाइ मा कमेण्ट गर्ने दुस्साहस गर्दै छु।
प्रथम त गाइजात्रा पर्ब को मानबिय संबेदनशीलता माथि आधुनिक नेपालले नराम्रो प्रहार गरेको छ। गाइजात्रा अहिले को नौटंकी जग हसाइ को पर्याय होइन। आफन्तजन को मृत्‍युको संझनामा, दिपंगत आत्मा को चिर शान्ती को कामना गर्दै आफन्तजनले श्रद्धा भाव प्रकट गर्ने पावन र संबेदनशिल पर्बलाई यसरी बंग्याइेको छ कि यसको वास्तबिक धरातल ओझेलमा मा परेको छ।
दोस्रो कुरा, नेता ले गाइजात्रा बर्षाइ भरी मन्चन गरे। यसमा शंका छैन। चरेशानन्दले धोती कुर्ता अनी हिन्दी मा सपथ लिए, देशै जल्ने गरी राष्ट्रियताको शंख फुके, आज गणतन्त्र नेपालका शक्तिशाली प्रम ले दौरा सुरुवाल लाई बहिष्कार गरी लेखिएको सपथ ढाँचा भन्दा बेग्लै सपथ खाए। जसले जे गरी नि हुने जात्रा गाई जात्रा मात्र हुन सक्दैन। गाई, बाख्रा, भैंसि, , साँढे, ब्वाँसो, स्याल सबैको जात्रा हो। जंगल भएको छ देश। जनावरहरुको जात्रा न भए के हुन्छ?

nepalean said...

बास्तबमा देशमा गाइजात्रा भएको थुप्रै भयो। संबिधानलाइ भनेर भनेको भोट नै सरकार बनाउन लगाउनु ठुलो जात्रा हो। प्रत्यक काम कुनै न कुनै नया पन ल्यार अनुत्पादकक्ता तिर लगाउनु सबै गाइजात्रा हो। अहिले प्रचण्डको नौंटंकी सपथ पनि जात्राको एउटा जोकर हो।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !