August 22, 2008

गजल - माया दीई खोस्ने

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती

सबका लागि उत्सब भो,मुटु चिर्ने खेल
जूनतारा निदाएछ पुर्णिमाको त्यो राती

गान्धी बोकी बुध्द बोल्ने बजार भरी कती
हासीहासी नासी दिने कस्ले चिन्छ घाती

तेरो मेरोको घेरो किन बनायौ तेडोमेडो
बाङगो पनि सिधा भन्ने मनै छ कि काती

मन्दिर भत्कियो मुर्ती बेखबर कता पुगे
सुकेरै गयो आखिर पूजाको फूलपाती


4 Comments:

nepalean said...

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती
शब्दमा दम छ वाका जी। पढ्न त निकै मिठो छ तर पर्नेलाइ निकै पिडा हुन्छ होला।

Banbasee said...

गान्धी बोकी बुध्द बोल्ने बजार भरी कती
हासीहासी नासी दिने कस्ले चिन्छ घाती
-------------------------------------
धेरै राम्रो छ , दिल छोयो । हजुर हरु जस्तै दिग्गज बाट सिक्ने प्रयास गर्दै छु ।

Anonymous said...

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती


-----------------------------
साच्ची नै गजल गजल जस्तो लाग्यो ।

अशोक " खलानको मान्छे " said...

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती
-----------------------------
साच्ची नै गजल गजल जस्तो लाग्यो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !