August 28, 2008

शुद्ध असली दूध, असली दूध र दूध

सानै छंदा कतै पत्रिकामा यौटा कार्टुन चित्र देखेको थीएँ । यौटा पसल बाहिर टाँसिएको मुल्य सूचिको चित्र थियो त्यो । संझनाका आधारमा लेख्दा चित्र करिव करिव यस्तो थियो :

Shop

हालै हाम्रा प्रधानमन्त्रीको चिन भ्रमण र त्यसपछि आएका बिभिन्न स्पष्टिकरण, तर्क-कूतर्क अनि वक्तव्यले मलाई त्यो चित्रको सम्झना गरायो ।

पहिला त हाम्रा प्रधानमन्त्री चीनतर्फ हिडें, अनि लगत्तै उनलाई ‘हिरो’ देख्‍ने र बनाउन खोज्ने पत्रिका, ब्लग र समुहले उनको यो महान शाहसिक कदमलाई ‘परम्परा तोडेको’ भनेर खुब भजन गाए। यता यो भजन र स्तुतिमा रमाउनेहरु रमाउंदै थिए भने उता ठूल्दाईको तर्फबाट यो भ्रमणको बारेमा असन्तुष्टिहरु देखीन थाल्यो ।

सामान्य नागरिकका हिसाबले हामिले पत्र-पत्रिकामा देखिएका वक्तव्यबाजि र ‘यस्तो भयो रे’, ‘यस्तो भन्यो रे’ भन्ने मात्रै सुन्यौं, तर कुरो पुग्नु पर्ने र सुन्नु पर्नेकहाँ दरिलो उदघोष नै पुगेछ । अनि तुरुन्तै हाम्रा शाहसिक प्रमले ‘शुद्ध असली दूध’ लाई ‘असली दूध’ मात्रै भएको वक्तव्य जाहेर गरि हाले: “हैन, म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु! … ”, “… अहिले त म ओलम्पिक खेल मात्रै हेर्न गएको थीएँ … पुरानो परम्परा कायम रहने छ … ” मानौ यसपछि उनलाई चीनले पून: एकचोटि ‘राजनीतिक भ्रमण’को निम्तो दीईसकेको छ ।

हाम्रा प्रम चिन गए, त्यहाका राजनैतीक नेता र देशका प्रमुखहरुसंग पनि भेटे, वार्ता गरे तर ति सबै खेल हेर्ने बेलामा अचानक भेट भएर गरीएको भेट-वार्ता रहेछन भनेर बुझ्नु पर्‍यो अब हामीले । अनि उनले ‘म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु भन्नुको मतलब के हो त! ‘दोस्रो राजनैतीक भ्रमण चाहि चिनको गर्छन त?” । यो सोचनिय बिषय छ । हाम्रा शाहसिक प्रमले के कति बचन, दबाब वा प्रतिक्रियाका कारण यस्तो बोल्नु पर्‍यो त्यो त उनै जानुन, तर जहासम्म चिनको बिषय छ मलाई लाग्दैन की चिनले पनि उनको यो भ्रमणलाई खेलकुद भ्रमण घोषणा गरेर फेरी ‘राजनैतीक भ्रमण को निम्तो दिनेछ ।

चिन भारतको अगाडि ‘दूध’ देखाएर त्यसमा ‘शुद्ध असली दूध, असली दूध वा दूध’ को भेद गरेर स्पष्टिकरण दिएर पक्कै बस्ने छैन ।

केहिदिन अगाडिसम्म निक्कै गरम रहेको प्रमको भारत भ्रमणको “ईश्यू”लाई प्रम स्वयंले ‘यो शुद्ध असली दूध थिएन असली दूध’ मात्रै थियो भनेर मत्थर पार्ने प्रयास गरे। तर सुनिन्छ ठुल्दाईलाई यो कुराको अझै चित्त बुझेको छैन । केहि दिन अगाडि केहि भारतिय अनलाईन समाचारमा आएका टिका टिप्पणीले पनि यो कुरा प्रष्ट पार्छ ।

माथी भने जस्तै चीनलाई भारत संग डराउनु पर्ने कुनै कारण नभएकोले यो बिषयलाई शब्दजालको खेल बनाएर यो सक्कीसकेको भ्रमणलाई ‘राजनैतीक’ हो वा ‘गैह्र राजनैतीक’ के थियो भन्ने व्यर्थ खेलमा पक्कै पनि चिनले टाउको दुखाईरहने छैन । तर यता यसलाई ‘शुद्ध असली दूध होईन असली दूध’ मात्रै हो भनेर पनि धर पाएनन् भने हाम्रा प्रमले कुनै दिन यो ‘शुद्ध दूध पनि थिएन केवल दूध’ मात्रै थियो भनी आर्को वक्तव्य नतेर्स्याउलान भन्न सकिन्न । त्यस्तै अबस्थामा यो नितान्त व्यक्तिगत भ्रमण थीयो भने र प्रमको बक्तव्य आयो भने यो ठरकिलाई भने आश्‍चर्य लाग्ने छैन ।



6 Comments:

nepalean said...

"हैन, म पहिलो राजनैतिक भ्रमण त भारत कै गर्छु"। मान्छेलाइ लाजै नभए पछि जे भेने पनि हुने रहछ। धाक भन्दा धक्कु ठुलो हिड्न लागे खुट्टा लुलो भनेको यही हो। चिन जांदा बाघ फर्कदा स्याल बिचरा कमरेड प्रचण्ड। पत्र पत्रकीले नेपालमा भारतको चलखेल भन्द होइन जस्तो लाग्दथ्यो अहिले भिजेको बिरालो प्रचण्ड देख्दा हो कि जस्तो पो लाग्नथाल्यो।

पीजी said...

प्रचण्ड कि त चीन भ्रमणमा जाने छैनन गए भने फर्केर रुन्चे बहाना बनाउने छैनन कि भन्ने लागेको थियो । तर दौरा सुरुवाल देखि सपथका शब्दसम्ममा „पुराना रुढिबादी“ बिचार र परम्परालाई बुटले कुल्चने कामरेडहरु एवं नेता प्रचण्ड भारत भ्रमणको सवालमा „पुरानो परम्परा कायम“ राखेर „पहिलो राजनीतिक भ्रमण“ भारतबाट शुरु गर्छु भन्ने तहमा उत्रनु वा गिर्नुलाई कुन शब्दले अर्थ्याउने मलाई छु्ट्ट्याउन गार्हो लाग्यो । अझ भारतका प्रधानमन्त्री सिंहको अगाडि „होइन चीनले अति गरेको भएर मैले आफ्नो मुकुण्डो लगाएको बहुरुपीलाई पठाएको थिएं, धरो धर्म (सपथमा नभए पनि इश्वर र धर्मको कसम सत्ता बचाउनलाई लाज पचाएर खान्छन भन्ने मेरो विश्र्वासको आधारमा) म चीन गएको थिइन भनेर प्रचण्डले भने पनि मलाई आश्चर्य लागने छैन ।

Anonymous said...

एमाले जस्तो आफुलाई खाँटिको कम्युनिष्ट मान्ने पर्टी निकट पत्रीकाहरुले कामरेड बाबुराम भट्टराई माथि "र" को एजेण्ट भनी ठोकुवा गरी सके भने हामीले शंका गर्ने ठाउँं त त्यो भन्दा धेरै छन। बन्दूके क्रान्तिकारी हरुमा भ्रान्ती फैलाउन, अग्रगामी छलाङ को नौटंकी देखाउन चाइना को झिलिमिली हेर्न गएका थिए परचण्ड। असत्तिको मुखबाट पनि बेला बखतमा सत्य बोलिन्छ रे। यसैको प्रमाण हो" पहिलो राजनऐतिक भ्रमण भारत नै हुने छ" । माइबाइप त दक्षिण तिरै छन। उत्तर तिरको दुष्ट पनि कमता को छैन। माओवादी ले लुकाएका सबै जसो हतियार हरु ( ए के ४७ लगायत का आधुनिक र साना हतियार हरु), उतैबाट ल्याएका हुन।

Anonymous said...

AAsali dudh re, hahaaaa....k chha nepal ma paine aasali? Aarab bata aune tel ta aasali chhaina aba nepalmai hune dudh, thatta nagarm na sathi.

ठरकि दादा said...

कमेण्टको लागी सबै साथिहरुलाई धन्यवाद।यिनिहरु आखिर सबै 'एकै ड्याङका मुला' रहेछन। घरको बाघ बनका स्याल ।

अनि पाण्डा जी!, तपाईको मुकुण्डोको कहानि वेजोड छ । हाहाहाहा कुनै दिन हाम्रा गफाडि प्रमले त्यो पनि भन्न बेर लाँउदैनन्।

nepalean said...

साच्चै ठरकी जि ले कमेन्टको रेस्पोन्स पनि दिनु भयो,एउटा उत्तम सुरुबा। कता कता दौंतरीमा पढ्ने तर रेस्पोन्स नदिने गर्दा अथवा रेस्पोन्स आए पनि लेख्नेले ले रेस्पोन्स नपढ्ने या रेस्पोन्समा सामेल नहुदा लेख्नेको उत्साह वा पढ्नेको उत्साह गएको हो कि जस्तो लाग्छ। अहिलेको एउटा चल्ता पुर्जा ब्लग कुनै बेला लेख्दा रेस्पोनस् आएन भनेर लेखकहरु लेख्न हतोत्साहीत भएको सम्झना आयो। अनि कुनै फोरमको रेस्पोन्स ब्लगमा कपि पेस्ट गरिएको थियो धेरै सहभागिता देखाउन। पुरानो कुरा को सम्झना तर कमेन्ट कहिले कहिले निकै बलियो उत्साह हुन पुग्दछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !