August 5, 2008

गजल - बेदना

बाबु भट्टराई "बनबासी "
भियना , अस्ट्रिया


विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ

नहुँदा सम्म त काम कतिलाई दुई हात जोड्यौ
अब त पुग्यौ माथि भन त कति लाई लात ठोक्यौ

दुनियाँको आँखा अगाडि झुट्को खेल तिमीले खेल्यौ
अझै कोही फस्छ भनी दोबाटोमा पासो थापी बस्यौ

तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ


15 Comments:

Anonymous said...

बाबु ब्रो , गजल को लागि धेरै धेरै साधुबाद ,
लेखाइ राम्रो छ भाव पनि राम्रो छ तर पनि कहिले काही कता कता केही नपुगेको आभाश हुन्छ । अब का गजल हरु उक्त भाव नछुटाउनु ।
सुरुवात र अन्त एउटै पारीवेशमा भयो भने राम्रो हुन्छ । हाम्रो दिग्गज हरु हुनुहुन्छ दौतरी मा ,उहा हरु बाट पनि केही सिक्ने अवसर तिमी लाई मिल्ने नै छ उहा हरु ले पनि अवश्य कमेन्ट गर्नु होला ।
राम्रो सुरुवात छ ,

दादा पण्डित
जापान

Anonymous said...

निकै राम्रो लाग्यो हो मलाई झड्का सबै तिर लागेको जस्तो

Anonymous said...

विना काम त के सम्झिन्थ्यौ ,केही परेर त बोलायौ
बचाउन त के सक्छौ खै ,आफै लडाएर पो उठायौ

........

माने गुरु , क्या सटिक छ । सुरुवात राम्रो छ । सुनौलो यात्राको लागि अग्रिम शुभकामना ।

Anonymous said...

बाबु कहिले देखी गजलकार भएउ बाबा !! अहिले सम्म कता लुकेको थियौ भन त ? साझा मा पनि आउन छोड्यो यो सानोकान्छो भनेको त गजल लेख्न थालेको पो रहेछ । ल बाबु राम्रो सँग लेख्नु है ।

Anonymous said...

तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ

.................................
अहिले को राजनैतीक परिवेश सँग मेल खाएको जस्तो मलाई लाग्यो । गजल को राम्रो ज्ञान नभएको हुँदा त्यस्तो कमेन्ट गर्न त सकिन तर पनि फेरी यस्तै गजल पढ्न पाइयोस भन्ने शुभकामना ।

मनिषा भण्डारी
पोखरा

Anonymous said...

जुन moment लाई कैद गर्न खोज्या हो त्यसलाई अलि बढी precision का साथ pinpoint गर्‍या भए बढी बोधगम्य, बढी अनुभूतिगम्य हुन्थ्यो कि ? अलि बढी negative सुनियो त्यति रुमानी पृष्ठभूमिमा । त्यसको ठाममा अलि नरम विकल्प खोज्न सकिन्थ्यो कि ?

Anonymous said...

अझै गहकिला गहकिला रचनाहरु आऊन भन्ने शुभकामना छ।

Anonymous said...

तर मलाइ चै गजल असाध्यै मनपर्छ तर-लेख्न बस्छु चित्तै बुझ्दैन । शायद जान्दिन होला ।
.....................
तान्नु र लडाउनु नै तिम्रो कर्म कतिलाई पछार्यौ
नढाटी भन नर्कको खाडलमा कति लाई धकेल्यौ
......................


Prabin Adhikari
Dubai

Unknown said...

well done la...its nice..

Anonymous said...

Though I'm not that into Gazals i liked what you have written. Keep up the good work. all the best for the new ones......

Anonymous said...

i don't have any idea abt gazzal but ur gazzal is really very impressive keep it up. i hope in future also we will get a change to read sth made from u.

Anonymous said...

its really great ni
keep it up

Anjan Banbasi said...

Your gazzal is really very impressive keep it up. i hope in future But This title is same of me My one is anjan banbasi and yours is banbasi anyway your gazzal is nice .

nepalean said...

"तमाशा धेरै नै देख्यौ , रगतको होली पनि खेल्यौ
खै के पुगेन तिमीलाई के को रागले खरानी धस्यौ"

निकै राम्रो गजल लेख्नु भएकोमा र धेरै वाह वाह पाउनु भएको मा बधाइ छ बनबासी जि।

Anonymous said...

its really nice..ahileko paribesh bartaman stithi sanga akdam mel khayeko jasto lagyo..hajurko suruko prayas nai yeti mitho ani ghambhir chha bhane abako dinma pani yestai rasila man chhune gajal haru padhna paiyos bhanne asha rakdachhau..hajurko pratek pailama shubhakamana...

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !