August 16, 2008

काकाकुललाइ पानी

चैत मासको गर्मिमा पानिको पहुंच निकै कम हुन पुग्दछ। मानिसहरुले पानि जम्मा गर्ने भए पनि चरा चुरुगींलाइ भने यो मौसममा निकै आपत पर्दछ। पखेटा भएका चरा भुरुरु उडेर खोलामा पुग्न सक्ने हुंदा खासै प्यासमा अत्तालिनु पर्दैन। तर यस्ता चराहरु पनि छन जुन वरीपरीको पानी नदेखेर पानीको निम्ती कराउदै हिड्छन। किम्दन्तिमा भनाइ छ चराहरु मध्य काकाकुलले पानीलाइ रगत देख्ने हुंदा पानीको निम्ती सधै भौतारीनु पर्दछ।


बिकास र अर्थतन्त्रमा निकै पछाडी परेको नेपालका राजनेताको हालत पनि त्यस्तै छ। प्राय जनता आधारभुत आब्श्यक्ताबाट बन्चित भएका छन। त्यस्ता जनतालाइ आफ्नो प्रभावमा पार्न निकै सजिलो हुन्छ। तर पनि जनतालाइ रिजाएर देश चलाउनको सट्टा अरुनै तिक्डम लगाएर देश हाक्न प्रयास गर्दछन। केही जत्था भने बन्दुक लिएर देशनै कब्जा गर्न तिर लाग्दछन। जनताबाट भोट लिएर देश राज गर्ने अबसरलाइ लात मार्दै बन्दुको कुन्दा समातेका माओबादी फेरी मतपेटीकाको राफलमा आइपुगे। भाग्यबस संबिधान सभा राफल चिठ्ठा उनिहरुलाइ नै पर्यो। सिंगै उपाहार हात नपरे पनि ठुलो हिस्सा माओबादीकै हातमा पुग्यो। तुरुन्तै माओबादीले कुरा फेरे संबिधान सभा जित्नेले सरकार बनाउने।बोलि र बन्दुकको शक्ती बोकेका माओबादीको अगाडी सबैले घुंडा टेके। तर राष्ट्रपती चुनाबमा भने उनिहरुको हिसाब फेल खायो। युद्दमा हारेको सिपाइ जस्तै घाइते भएका माओबादी साम दाम दन्डभेद गरेर प्रधानमन्त्री भने भेट्टाइ छाडे। एमाले र फोरमको झुन्ड माओबादीमा समाहित हुंदा कांग्रेस एक्लिएर प्रतिपक्षमा बस्न पुग्यो। यदी यो गुटमा फुट नभए नया नेपालसंगै कांग्रेसको राजनितीपनि राजतन्त्र जस्तै हुनेछ। शक्तीको तिर्खामा अत्तालिएका माओबादी रुकुम देखी दिल्लिसम्म भौतारीएका थिए। अब भने पुलिस,सैनिक र मिलिसिया संपुर्ण बागडोर माओबादीमा आइपुगेको छ। यतीखेर शक्तीको लागी फन्को मारेको काकाकुल शक्तीकुण्डमै पुगेको छ। स्विजरलेन्डको सपना बाडेका प्रचण्डले नेपाललाइ कुन चांही ल्यान्डमा पुर्याउने हुन त्यो त समयले नै बताउला?



5 Comments:

Anonymous said...

Kind of nice article. By the way what is that kakakul?

Anonymous said...

तर्क सान्दर्भिक छ ।

ठरकि दादा said...

बन्दुक चलाउनु र देश चलाउनु बिल्कुलै भिन्दै कुरा भएकोले व्यक्तिगत रुपमा म माओबादिको सरकारसंग अलिकता पनि आशाबादि छैन ।

स्विजरलेन्ड त त्यस्तै हो नेपाल अफगानिस्तान नहोस बस।

पीजी said...

"शक्तीको तिर्खामा अत्तालिएका माओबादी रुकुम देखी दिल्लिसम्म " शक्तिकै लागि भौतारिएको भए त बरु शक्ति प्राप्ति पछि सम्हालिएलान कि ! रिमोट कन्ट्रोलको कारणले दिल्लितिर भौतारिएको भन्दा त बरु शक्तिको लागि भौतारिएको ठिक । कमसे कम अब फेरि नभौंतारिएलान कि !

Anonymous said...

काकाकुल भनेको चिल जस्तै चरा हुन्छ जुन कराउदा काका कुल कुल कुल भन्दछ। यो प्राय गर्मि मौसममा हुने गर्दछ। कुरो ठिकै हो एउटा काकाकुल (गिरिजा प्रसाद कोइराला) गएर अर्को काकाककुल (प्रचण्ड) आएका छन।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !