August 3, 2008

धर्नाको भर्त्सना

पटक पटक आनद्दोलनमा उत्रेका नेपाल वान टिभीका कर्मचारी यस पटक धर्ना दिन भारतीय राजदुताबास पुगेका छन।समाचारका कर्मचारी बिदेशको राजदुतावासमा किन जाने? सत्ता पक्ष देखी प्रतीपक्षका नेता भारतीय दुतावासको शरणमा पुगेको देख्दा देख्दा वाक्क भएका हामी, कर्मचारी पनि राजदुतावास धाउनुलाइ के भन्ने?
तर यस्तो गाइजात्रे धर्नालाइ मदरल्याण्ड नेपालले प्रेश बिज्ञप्ती नै जारी गरेका छन।

प्रेस विज्ञप्ति
विरोध एवं भत्स्रना
मितिः २०६५ साउन १९
नेपाल वन टेलिभिनका पत्रकार एवं कर्मचारीले आफ्नो संस्थाभित्रका समस्यालाई लिएर काठमाडौंस्थित भारतीय दूतावसमा धर्ना दिने भन्ने समाचारप्रति हाम्रो ध्यान आकर्षित भएको छ र हामी स्तम्भित बनेका छौं ।
भारतीय दूतावासलाई नेपालभित्रको कुनै पनि संघ-संस्थाको समस्या हेर्ने अधिकार छैन र यस्तो मुद्दा उसको कार्यक्षेत्रभित्र पर्दा पनि पर्दैन । नेपालभित्रको जायज-नाजायज माग हिई भारतीय दूतावास घाउने नेता एवं पत्रकारहरुको प्रवृत्ति घातक छ भनी स्मरण गराउन चाहन्छौं । नेपालभित्र नेपालको कानुन अन्तरगत स्थापना भएका सम्मानित संघ-संस्थाहरु छन् जसले यस्ता समस्या हेर्नसक्छन् । नेपालका समस्या नेपाल सरकारको सम्बन्धित निकायमा पुर् याउनुपर्ने र यसकै कार्यक्षेत्रमा पर्ने सामान्य ज्ञान नेपाल वनमा कार्यरत पत्रकार एवं कर्मचारीलाई थाहा नहोला भनी सोच्न सकिन्न । यस्ता निकायबाट पनि समस्या समाधान नभए अदालत जानुपर्नेमा भारतीय दूतावास जानु विडम्बना मात्र नभै क्षोभयुक्त पनि छ ।
यसै पनि भारतीय साचारमाध्यममा भारतीय मूलका राष्ट्रपति उपराष्ट्रपति नेपालमा निर्वाचित भए भनेर नेपाललाई होच्याउने शैलीमा प्रसार-प्रसार भैरहेको छ उपराष्ट्रपतिले हिन्दीमा शपथ लिएर नेपालीको शिर निहुराएकै छन् यतिले मात्र नपुगेर राज्यको चौथोअङ्गसमेत कथित समस्या बोकी दूतावासमा धर्ना दिन जानुले यस मुलुकमा स्वतन्त्रताको धज्जी उड्दैन र नेपाल वनका पत्रकार तथा कर्मचारीको आन्दोलनले सफलता प्राप्त गरोस् भन्ने शुभकामनाका साथ देश-विदेशका नेपालीहरुलाई लज्जाबोध हुने निर्णय भने फिर्ता लिई राष्ट्रिय स्वाभिमान उच्च हुने शैली अपनाई अघि बढ्न अनुरोध गर्दछौं ।

अनील पाण्डे
अध्यक्ष
मदरल्याण्ड नेपाल
शेखर ढुङ्गेल
लेखक एवं गीतकार
र राष्ट्रवादी नेपालीहरु
क्यालिफोर्निया
अमेरिका



2 Comments:

ठरकि दादा said...

अब त कसैलाई पनि विश्वास गर्न कठीन हुने लाग्यो ।

नेपाली पत्रकार कर्मचारिहरु नेपालभित्रकै मिडियाको बिरोधमा उत्रदा किन भारतिय राजदूतावास जानु पर्ने? मैले बुझ्न सकिन!

कतै नेपालीहरुको "नूर" गिराउन गरिऐको यो पनि यौटा प्रायोजित कार्यक्रम त होईन ?????

Anonymous said...

भारतीय लगानी, भारतीय नुन। भारतीय राजदुतावासमा जानु के अब सबै नेपाली भारतीय राजदुताबासबाट कन्ट्रोल हुनू भन्नेको शुरुवात हो?
क्याबात बिर नेपाली।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !