July 6, 2008

हप्ता हंगामा - नाग कन्या कि बिष कन्या

यो हप्ता नेपालकी २० बर्षे केटीले प्रेम तथा अपराधको धरातलमा तुफान नै चलाइदिइन। हुन त प्रेम र युद्दको सबालमा केही कुरो समान हुदैन। तर पनि ४४ बर्षको असमान उमेर र अती असहज परिस्थीती बिच कुख्यात अपराधी चार्लस शोभराज गुरमुख सित बिबाहको लागी औंठी साटेर निहीता बिश्वासले जेलको डण्डीलाइ फितलो तुल्याइदिइन।
अबिबाहित भियतानामी आमा र भारतीय सुचिकारका छोराको रुपमा जन्मिएका शोभराजले आफ्नै सौतेनी दिदीको फर्जी चेक प्रयोग गरेर आफ्नो अपराधको यात्रा तय गरेका थिए।प्रथम पटक भने उनि चोरीको अभियोगमा १९६३ मा समातीएका थिए जुन उनको आचरणका कारण चाडै नै जेलमुक्त भएका थिए। चोरी र ठगी गर्दै पैसा समेटेर फ्रान्सका धनाढ्य समाजमा आफ्नो सम्बन्ध बढाउदै थिए। यसै बिच पर्सियन धनाढ्य प्रेमीसंग भेट्न चोरीको गाडी प्रयोग गर्दा उनी फ्रान्सेली पुलiसबाट पुन समातीए। जेलबाट मुक्त भए पछि उनै प्रेमीसंग बिहे गरेर अपराधको सहज बाताबरण खोज्दै उनि भारत हानिए। त्यस पछि फैलियो उनको कुख्यात अपराधिक श्रिंखला। सौखीन जिबनयापन र जुवाको नशालाइ निरन्तरता दिन उनि जता जता पुग्थे उता उता आफ्नो अपराधको जालो फिजाइहाल्थे।
उनका अपराधका कारण चर्चित बनेका शोभराज एक प्रकारका सेलीब्रिटी नै हुन। एउटा अन्तरबार्ता छपाउन उनी हजारौं डलर माग्ने गर्छन। आफ्नो जिबनी र डकुमेन्ट्री बेचेर पैसा जम्मा गर्ने शोभराज कै बारेमा बलिउडमा सन्जय दत्तबाट अभिनित चलचित्र बन्दैछ। केही बर्ष पहिला बलिउडमै ज्याक सर्राफबाट चार्लस शोभराजकै बारेमा चलचित्र बन्ने घोषना भए पनि अहिले सम्म उक्त चलचित्र देखापरेको छैन।
बिशेषगरी पूर्वी एशीयामा बिचरण गर्ने चार्लस शोभराजलाइ करिब ३५वटा हत्याको अभियोग लागेको छ। हत्या गरिएका मध्य अधीकांश महिला भए पनि महिला उनको प्रेममा फस्न छोडेका छैनन। भारतको जेलमा बस्दा सुनिता नाम गरेकी उनकी वकिल उनकै प्रेमीका बनेकी थिइन। सुन्दर मुहार र बोल्ने कलाका धनी शोभराज धनाढ्य ब्यपारीको रुप धारण गर्दै प्राय एक्लो महिलालाइ आकर्षीत गरेर उसका पैसा, गहना, पासपोर्ट तथा अन्य कागजात लुट्दै हत्या गर्ने गर्दछन। यस्तै कैयौं हत्यालाइ उनकै प्रेमीकाले सहगाउने गर्छन।
पाच पटक सम्म जेलबाट फुस्कन सफल शोभराज बहिरमात्र होइन कि जेल भित्र पनि सौखिन जिबन यापन गर्छन। दिल्लीको जेलमा बस्दा टेलिभिजन देखी अत्यन्त महंगा रक्सी समेत राख्ने शोभराज भद्रगोल जेलमा समेत बासुदेव पण्डित नामका पुलिसको सहयोगले मोबाइल फोन राख्न समेत सफल भएका थिए। प्राय भारतको कानूनी प्रक्रीयाको गुणगान गाउने शोभराजलाइ भने नेपालको राजनितिक अस्तिरथ्ताले जेलमै सडाउने हो कि सारै पिरमा परेका छन। तर पनि उनले सबैले जसो राजनितीक अस्थिरताको फाइदा उठाउन छोडेका छैनन। संयुक्त राष्ट्र संघ, फ्रान्सका राष्ट्रपती तथा तत्कालीन राजा ज्ञानेन्द्रलाइ अपिल गर्दा गर्दा थाकेका यस पटेक भने माओबादी तर्फ सोजिएका छन। जेलमा रहेका माओबादी कैदीलाइ उपचारमा सहयोग पुर्याएको देखी माओबादीका कारण घरबाट बिस्थापित भएका महिलालाइ जिबन यापनमा सहयोग गरेको कथा समेटेर हिसीला यामीलाइ पत्र पठाएका थिए। तर यि दिनहरुमा भने महिलातिर सोजाइएका तिरहरुले उनलाइ काम दिएका छैनन। शोभराजको पहिलो हत्यामा भेटिएकी महिला बिकनीमा भेटीएकीले शोभराज बिकनी किलरको रुपमा चिनीन्नछन। ३ छोरीका पिता शोभराजलाइ उनकै फारसी पत्निले अझै माया गर्ने हुंदा उनैबाट निहितासित प्रेमजाल रचिएको भन्ने सुनिएको छ। प्राय प्रेमीकाकै सहयोगले महिलालाइनै बिष पिलाएर सुटुक्क हत्या गर्दै लापत्ता हुने हुंदा शोभराजलाइ बिषालु सांप (Serpent) पनि भन्ने गरिन्छ। पहिली छोरी नै ३८ बर्ष जती भएका कुख्यात अपराधी शोभराजसंगको चोखो माया निर्धक्कसंग उजागर गर्ने २० बर्षे मिडियाकी मोडल निहीता बिश्वास नाग कन्या हुन कि बिष कन्या हुन समयले नै भन्ने छ।


4 Comments:

ठरकि दादा said...

मलाई लाग्छ यीनी नाग कन्या, बिष कन्या केहि होईनन् मुर्ख कन्या चाहि पक्कै हुन ।

चतुर भएर "सेलीब्रिटी" बनेपनि शोभराज अपराधि नै हुन ।

पहिलो त अपराधि, त्यसमाथि बुढो (आफू भन्दा ४४ बर्ष बढि भएको) र दुनियाको ३२ देशले फक्रन खोजेको मान्छेसंग जेलमा औंठि साट्नेलाई अरु के भन्ने खै ?

पीजी said...

१ थुतुनो र मुतुनोलाई हतियार बनाएर नाम र दाम कमाउने सजिलो उपाय
२ अपराधीलाई सेलिब्रेटी मानेर रातारात आफु पनि उसको बुइ चढेर सेलिब्रेटी बनिन्छ भन्ने भ्रान्ति
३ छोरीको योवनलाई हतियार बनाएर आंफ्नो दुनो र मानो सोझ्याउने आधुनिक तर कंगाल मानसिकता कि आमाको रहर
४ नेपाली समाजको "चरम" र "अग्रगामी" विकास । धन, (बद)नाम र विदेशको लालचमा यो स्तरमा पुग्ने बेला आइसक्यो त अब नेपाली नारीहरुको ! संसारका स्वास्नि हुन चाहने फिलिपिनोहरुलाइ पनि मात दिने "शिक्षित जेनेरेशन"

उसलाइ थाहा हुनु पर्ने फ्रेन्चहरुले पनि उसलाइ अपराधी मान्छन । नेपालमा फ्रेन्च भएको कारणले नेपाली अदालतले racism ले ग्रहित भएर उसलाइ जेलमा हालेको छ त्यसलाइ छुटाउन राष्ट्रीय स्तरबाट पहल गरिनु पर्छ भनी शोभराजको फ्रान्सेली वकिलले दिएको मानवताबादि निवेदनलाइ राष्ट्रपति सार्कोसीले रद्दीमा फालिसकेको कुरो बिचरीलाई थाहा रैनछ । धन्य छ त्यो केटीले सेन्ट मेरिज स्कुलमा सिकेको विद्या ! वास्तवमै आफुलाइ स्मार्ट ठान्ने यति मुर्ख अहिलेसम्म देखिएको थिएन । तर पनि पैसा नै सबै थोक हो भनेर अरु कुरा लाइ गौण माने पछि अब को शोभराजको शिकार भइनन भने करोड सम्म जोड्लिन कि !

Anonymous said...

Candid appearance of this girl has kept shadow behind her. No one can tell what is in the shadow.
Her mom finds her career in that shadow,this girl finds property and fame ( may be true love, I doubt though) in this shadow, shovraj finds an additional easy way to get out from the jail ( may be lust for time being in the form of love or a boss-secretary relationship "give what you have,take what you don't have in the job" OR a kusal hindu nari).
No doubt he has been convicted several times though he is genius on using loop hole of law and lawenforcement.
Good bless Bhogate Biswas!!!

Anonymous said...

kusal hindu nari LoL
Do you mean like shiva sarma and goma brammani kind of same age difference.
Kta haru hasauchan.
What I think is this is a hopeless girl who cannot think moving forward by herself so she immidiately jumped at someone's back after his father's back. Chabayeko nilne ke. Yesto lai Gold Digger pani bhanchan, dhani budo ko khaat kurne like Anna Nicole Smith.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !