June 23, 2008

यता उताबाट

विरोधको तरिका !
बर्लिन, जर्मनी

Berlin police officers protest for better working conditions by bathing in the Plötzensee (a water lake) in their uniforms. More than 100 officers participated in the union event held under the motto: "We're Up to Our Necks in Water." There were no arrests made at the protest.

हजुरआमाको करामत


दक्षिण पश्चिम जर्मनीको एउटा शहरमा एउटी ७२ वर्षकी सरकारबाट पेन्शन पाइरहेकी हजुरआमाले आफ्नो बगैंचाको चेरि, आलु, प्याज खेति संगै आफ्नो अपार्टमेन्ट भित्र गांजा उत्पादन गरिरहेकी रहिछन् । “हजुरआमाको घांस” नामले त्यस क्षेत्रमा प्रख्यात गांजा तिन जना युवाहरुले प्रति ग्राम ७।५० युरोमा खरिद गरी अन्यलाइ बेच्दा रहेछन । त्यो हल्ला पुलिसको कानमा पुगे पछि हप्ता दिन देखि पुलिसहरु गोप्य रुपमा इन्भेष्टिगेशन गर्दै रहेछन । एक दिन ८ जना पुलिस अफिसरहरुको टीमले बुढी बाहिर गएको बेलामा घर घेरा हालेर छापा मार्दा बुढी त भेटेनछन , बरु रमाइलो कुरा गांजा चोर्न भर्याङ हालेर चढ्दै गरेका बुढीको एकजना रेगुलर एजेण्ट र अर्को एकजना मान्छे र बुढी आमैको “गमला फाराम” र ३५० ग्राम गांजा फेला पारेछन् । फुर्तिली तर कान राम्रो संग नसुन्ने ( hearing aid प्रयोग गरिरहेकी) र आंखा राम्रो संग नदेख्ने हजुरआमालाइ पेन्शन र सबै सामाजिक सुरक्षा हुदा हुदैं के उपद्रो गर्न मन लागेको होला । अझ उनका अनुसार आफुले गल्ति गरेको छु भन्ने उनिलाइ थाहा थिएन रे !



4 Comments:

Anonymous said...

ha ha ha gamala faram.

nepalean said...

पानिमा डुबेर बिरोध गर्दा त होचा मान्छेलाइ आपत नै पर्दो रहेछ। त्यो चित्रमा होचो सिपाहीको मुस सम्मै पानि पुगेको छ। पस्चिम देशमा भने दंगा फसाद भन्दा पनि ठट्टेउलो पारले बिरोध गरिन्छ।
हाल सालै मिक्सिको को मेक्सिको सिटीमा साइकाल यात्रीलाइ गाडीवालाले नदेखे जसरी पेले भनेर नांगै साइकल चलाएर बिरोध प्रदशन गरेका थिए।

ठरकि दादा said...

जे भएपनि टायर नबाली र तिडफोड नगरे पनि बिरोध गर्न सकिन्छ नि!। यो बिरोधको शैली रमाईलै लाग्यो तर "हजुरआमा" त निक्कै खतरनाक रैछिन हो!

जे होस सधै नेपालका दरिद्र नेताका अस्तव्यस्त समाचार र लेखहरु मात्रै पढि रहदां यस्तो खबर रमाईलै लाग्यो ।

Nepal! said...

हाम्रो देशमा अर्कालाइ दुख नदिइ र अर्काको अधिकार हनन नगरी गरेको विरोधलाइ मुर्ख ठान्छन्। गणतन्त्रको माला जपे पछि सबै पाप पुण्यमा बदलिन्छ !

अब के गर्नु कि त जेलमा कि त नर्कमा कोचिनु पर्ने मान्छे "नागरिक" बनेर नेपालमा पसे पछी ! गाडी भाडा बढाउन आन्दोलन गर्ने व्यवसायीले अस्पताल जान लागेका बिरामी लाई ढुंगा हानेर मार्ने, टुरिस्टलाइ रक्ताम्य पार्ने ! सक्छन भने आफ्ना मात्र गाडि रोकेर बिरोध गर्नु नि, किन प्राइभेट र पर्यटक लाइ सास्ती ? अति भन्दा पनि अति भयो अब ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !