June 23, 2008

हप्ता हंगामा - एक सिंगे भमरा

जे मा पनि टप टेन। गित पनि टप टेन, मिस वर्लड पनि टप टेन, फिलीम पनि टप टेन, हुंदा हुंदा किरा फट्याग्रां को पनि टप टेन। हालसालै नया जिवाणुको उत्पतीमा टप टेन निकालिएको थियो जसमा सन २००७ मा पत्ता लगाइएका मध्य सर्बोत्क्रिष्ठ रुख तथा जनावरको नाम निकालिएको थियो। अच्चम्मको,डरलाग्दो या सुन्दर जिवलाइ टप टेनमा राखिएको थियो जसमा एक सिंगे भमराले दोस्रो ठाउ ओगटेको थियो। ठ्याक्कै एक सिगें गैडाको टाउको जस्तो देखिन भमराको टाउको डिज्नीले १९९८मा बनाएको फिल्म A Bug's Life को पात्र "निलो गैडा" जस्तै मिल्दो जुल्दो छ। डुगां,जहाज आदी को आबिस्कार गर्दा मानिसले हांस, चिल आदीको नक्कल गेरका थिए भने यस पटक मानिसले बनाएको पात्रलाइ प्रकितीले पछ्छाएको छ।
पाचौ स्थान संसारकै तेस्रो बिषालु परिवारमा पर्ने Taipan सर्पले ओगटेको छ। अस्ट्रेलियामा भेटीएको यो सर्पले गर्दा अब सर्पले डस्ने थप दबाइ निकाल्नु पर्ने भएको छ।
सातौ स्थान ओगट्न सफल च्याउ भने वनस्पती अनुसन्धान गर्ने बेलायतकै विश्वबिध्यालय परिसरमा भेटीएको थियो।


2 Comments:

Anonymous said...

निलो र कालो झगडा गरेका हुन कि क्या हो? हि हि हि
मान्छेले के के पत्ता लाउछन कुन्नी?
तर त्यो निलो गैडा हेर्दा त सारै कुल छ है!
सर्प भने पछि त जहिले पनि डर लाग्छ, के कती सर्प अझै बाकी रहेछन पत्ता लगाउन ?

ठरकि दादा said...

साँच्चै यसको सिंग त गैंडाको खाग जस्तै देखिन्छ । हाम्रो देशमा पुगेको भए यस्को सिंग पनि "लघु गैडा" को खाग भनेर तस्करहरुले बेचिसक्थे ।

रमाईलो खबार!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !