June 26, 2008

हरियो घांस र मन्छिएको बोको

टाढा गाउंबाट बगरेले बोको शहरमा लग्दा निकै कलाकारिता अपाउने गर्छ। बथानबाट छुटाएर शहर लग्न बगरेले हिरयो घांस अगाडी देखाउदै देखाउदै शहर सम्म पुर्याउछ। त्यसपछी तान्दै काट्ने ठाउ सम्म पुर्याउछ। बोकाले वगरेको हरकत देखेर कराउछ। बोकाको अन्तिम बिनयलाइ सुने झै गरी बगरेले भगवानको नाममा पानी मन्छिन्छ। जब बोको पानिले भिझ्छ, टाउको हल्लाउछ अनि वगरेले बोको भगवानमा अर्पिएको ठानी तरवारले टाउको छिन्दछ। यो बगरेको पेशा हो, आफ्नो पेशा चलाउन सानो बोको, ठुलो बोको,दुब्लो बोको,मोटो बोको जे जस्ता छन देखेका जती केही बांकि राख्दैन।
यस्तै भएको छ नेपालको राजनिती। लडाईंमा समजधारी भए जसरी राजाले पार्टीहरुलाई सरकारको साचो सुम्पिए। साचो सधैं को लागि गुमेको गुमिसकेको थियो त्यसैले केही हप्ता पहिले शताब्दिऔं पुरानो राज संस्थाबाट ज्ञानेन्द्र बाहिर जादा आफ्नो पुर्खाको बखानको साथै आफ्नो अनुनय प्रस्तुत गर्दै पहाड उक्लिएका थिए। पक्कै पनि राजाको हरियो घांस सुकिसकेको हुनुपर्छ र पार्टीहरुले मन्छिएको पानीमा मुन्टो हल्लाउदै उनी नागार्जुन तर्फ उक्लिए। भर्खरै गिरिजाको पनि हरियो घांस सुकेछ, उनले पनि पानीले भिजेको टाउको हल्लाउदै सहमती भए झै गरी संसदमा प्रस्तुत भए।उनले पनि राजाको शान्ति पुर्ण बहिगर्मन,माओबादीको सहज अबतरणको बोके पुराण सुनाएका थिए। Ninties मा हिंडेका गिरिजाको पक्कै पनि यो अन्तिम premeirship हुनेछ।
के त्यसो भए माओबादी बगरे नै हो त? २० बर्ष पहिले फाट्ट फुट्ट नाम सुनएको पार्टीले सत्ता समाल्ने कुनै लक्षण नै देखेन। उसका पुर्खाका अनेकौं जुक्ति मध्य गाउबाट शहर घेर्ने निती लियो। भर्खर प्रजातन्त्र आएको नेपालमा जनताले के के नै होला भनेर मुख आं गरेर बसेका थिए भने पार्टीहरु प्रजातन्त्र जादूको छडी होइन भन्दै जनता नचाइरहेका थिए। उता जंगलमा गोला बरुदको अभ्यास हुदै थियो। एक जना खाटी कमरेड मेरा परम मित्र थिए। सुनकेस्राको कथा जस्तै लाग्ने माओबादीको कथा हासेर उडाउदा उनि निकै निर्धक्कका साथ भन्दै थिए, जब कुनै देशमा भर्खर परिबर्तन भएको छ, जनता सरकारसंग खुशी छैनन त्यो नि कम्नियुष्टहरुको उर्बर भुमी हो। साच्चै त्यसबेलाको नेपालको स्थीती त्यसतै थियो। उनको कुरा सुन्दा लाग्थ्यो माओबादीको बाटो सुन्स्चित छ। तर पनि उतीखेर माओबादीको बन्दुकले देश कब्जा हुन्छ भन्नु एउटा जोक जस्तै थियो। प्रखर भारत बिरोधी पार्टी बनेर माओबादी पार्टी गाउ गाउमा उत्रियो। भारती ट्रक देख्ने बित्तिकै आगो लगाउदै अन्तिमा भारतीय सेना संग लड्नु पर्छ भन्दै मान्छे बटुल्यो। सबैले देखिहाल्नु भयो, दिल्लिमा १२ बुदे सहमती गरेर माओबादी भारतीय बिस्तारबादलाइ कसरी पराजीत गर्यो। जब नेपाली सरकार निकै कमजोर भयो, माओबादी गिरिजासंग घाटी जोड्न आइपुग्यो। म छक्क पर्दै मेरो साथिलाइ सोद्थे, गिरीजा त माओबादीको नं १ शत्रु होइन र? उनी भन्थे एउटा शत्रुलाइ पराजी गर्न अर्को शत्रुसंग मिल्नु युद्दको आबश्यक्ता हो। त्यसबेला उनिहरुको मुख्य शत्रु नेपालको राज संस्था थियो। उनिहरुले भने झै गरी पार्टीहरु संग मिलेर राजासंगको युद्द माओबादीले जिते। मुख्य शत्रु पराजीत भइसेकेको खण्डमा अर्को शत्रु नै आफ्नो बाधक थियो, त्यो शत्रु थिए गिरीजा प्रसाद कोइराला। माओबादीको अगाडी गिरीजा एक महिना पनि टिकेनन र अन्तिममा सहमती र जनताको नाम जप्दै बोकोलाइ तरबारले छिने झै माओबादीले आफुलाइ माइनस गरेकोमा बिक्षिप्त हुदै गिरिजा सरकारबाट बाहिरिए। सायद गिरिजा हवल्दार नै रहेछन, साधारण माओबादी कार्यकर्ताले गिरिजा माइनस हुने कुरो बर्षो पहिला थाहा पाउदा पनि गिरिजा माइनस भएपछि मात्र थाहा पाए।


4 Comments:

Panda said...

अस्ति कहां हो पढेको थिएं, कम्युनिष्ट रणनीतिको देखे बुझे अनुसारको परिभाषा ।

पहिले साना तिना दुष्मन संग मिलेर ठुलोलाई सिध्याउने अनि जो संग मिलेर ठुलो दुष्मनलाई सिध्याएको हो त्यसैलाई सिध्याउने, अनि पार्टी भित्रका इतरलाई सिध्याउने, अनि पार्टी र सरकारलाई संधै भरिको लागि आफ्नो पकडमा राख्ने , किम इल सुङले जस्तो ।

वास्तवमा माओबादि र ज्ञानेन्द्रको "पथ" फरक भए पनि उद्देश्य एउटै थियो : आफ्नो सर्व सत्ता लामो समय सम्म टिकाइराख्ने । अब अन्यौल छिटो समाप्त हुनै पर्छ, माओबादिको हातमा सबै कुरा परे पछि अरुले केहि वर्ष राजनीति गरुंला भनेर नसोंचे हुन्छ । आंफुले केहि नगर्ने, अराजक, असन्तोषी र हल्ला र हावाको पछाडि लाग्ने नेपालि राजनेता र भिडलाई यहि अवसर नै दरिलो प्राक्टिकल पाठ हुनेछ ।
हिन्दीमा एउटा उखान छ नि "जैसि करनि वैसी भरनी" ।

kalki_kapil said...

Today June 25, 2008, GP resigns as PM.

Now there is SOCIAL ANARCHY in Nepal!

Maoists-terrorists & MLA have decided not to appoint GP as President.

THERE ARE STRIKES everywhere, SCHOOLS closed, Gas Prices on the rise, Food shortage & price rise, NO GARBAGE COLLECTION, etc.

Countries, Groups & INDIVIDUALS who do not like Nepal are slowly setting their feet in Nepal & waiting like Hyenas!

Pashupatinath PLEASE SAVE OUR NEPAL

ठरकी दादा said...

"सायद गिरिजा हवल्दार नै रहेछन, साधारण माओबादी कार्यकर्ताले गिरिजा माइनस हुने कुरो बर्षो पहिला थाहा पाउदा पनि गिरिजा माइनस भएपछि मात्र थाहा पाए।"

एकदमै सत्य कुरा लेख्‍नु भएको छ । हाम्रा नेताहरुमा अलिकता मात्रै दूरदर्शी सोच हुंदो हो त देशको यो बेहाल पक्कै पनि हुने थिएन । ४-५ पटक प्रधानमन्त्री भैसकेका मान्छेको नजर त ४-५ फिट भन्दा पर नदेख्‍ने छ अरुको के होला ?

नेपालको 'प्रधानमन्त्रीय पद" भनेको आफ्नो बपौति ठानेर पनि अन्तिम समयसम्म यो सबै कुराको चेतना नभएको हुनुपर्छ ।

Biplab said...

If you trick me once, shame on you.
If you trick me twice,shame on me.
Yeap I am right, shame on you girije.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !