June 1, 2008

हे मनहरु तिमीलाइ खुल्ला पत्र


पुरुशोत्तम सुबेदि-बेल्जियम
ऐना देख्योकि आफ्नो रुप हेर्न र आफ्नो सिंगार पटार गर्न चाहने मनहरु------अरुहरु लाइ पनि राम्रो देख्न सिक ।
धनको महिमा नबुझेर आफु धनाढ्य देख्ने मनहरु----मानबियता र समाजबाद लाइ ख्याल गर ।
रुपको सार नबुझेर अरु लाइ कुरुप देख्ने मनहरु ----मनको गमलामा फुल रोपि- सन्सार लाइ सुन्दर बगैचा देख्न सिक ।
अरु दौडेको देखेरे डाह गर्ने मनहरु----आफु सपांङग छु भन्ने शोच ।
कोइलि को स्वर सुनेर कुहु कुहु गर्ने मनहरु ----स्वर खोज -भाका - लय खोज- र तिमि आफ्नै स्वरमा बोल्न सिक ।
मुखले ठिक्क पार्ने बगलिमा छुरा राख्ने दुई जिब्रे मनहरु---- तिमि र तिम्रो सोचाइ य उटै गर ।
लोभ र इर्श्याले घाइते भयका मनहरु---- आफ्नो पौरख को कमाइ अरुलाइ चखाउन सिक ।
अरुलाइ कम्जोर निर्धन निर्बल अग्यानि देख्ने मनहरु-----ग्यान बल दान -दिन सिक ।
आफै लाइ मपाइ संझने मनहरु---अरुलाइ पनि तिमि भन्न सिक ।
बुद्धको नाम बेच्न खोज्ने मनहरु --सत्य बोल ।काट मार गर्न छोड ।अहिंसा त्याग ।
गिता पुराण बेद का माला जप्ने हिन्दु मनहरु ----मुर्ति बेच्न छोड ।
बाइबल यक बिग्यान भन्ने क्रिस्चियन मनहरु ----तिम्रा चर्च् हरु खालि हुदै छन -धेरै बिलासि र नास्तिक नबन ।
इस्लाम् धर्म नै सर्वे सर्वा हो भन् ठान्ने
मुस्लिम मनहरु ----जिवन को सुरु देखि अन्त्य सम्म बाच्न सिक जिवन को सार बुझ ।धर्म को नाम मा जिवन त्याग नगर ।
अन्तमा -संसार भरका हे मनहरु - आफुले आफुलाइ चिन्ने कोशिस गर ।


2 Comments:

Anonymous said...

हे भगवान न भाषाको शुद्दि न भावना न कुनै काव्यात्मक परिष्कार , यस्तो के कविता लेख्नुभा'को ?


कवि कविता होस्, कविता कवि
कविता तब पो बन्छ ।
शब्द थुपारी के हुन्छ ?
भाव भए पो हुन्छ।

कृपया अन्यथा नलिनूस्, तपाईँले लेखेको यो शाव्दिक थुप्रोमा मैले कविता देखिन । बरू यसलाई निबन्धात्मक शैलिमा एउटा भाषण बनाउनूस्, सुझाव छ ।

Anonymous said...

नाम लुकाएर कमेन्ट गर्ने साथी केही लेख्नु भन्दा अरुको कमेन्ट गर्नु सजिलो हुन्छ, नेपाली राष्ट्रीय रोग खुट्टातानलाइसिस बाट तपाइ पनि ग्रसित हुनुहुदो रहेछ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !