May 17, 2008

हप्ता हंगामा - माओबादी आतंककारी कि सरकारी

नेपालमा भर्खर भएको संबिधान सभाको चुनाबमा सबभन्दा बढी मत ल्याएको नेकपा माओबादी सरकारमा जान खुट्टा उचालिरहेको छ। संबिधान बनाउनको लागी गरिएको चुनाब भए पनि हार्नेहरुले सरकारबाट भकाभक खुट्टा खसाल्दैछन। सबै जोगी मरे पछि माओबादीको खप्पर भरिने पक्का छ।
जंगलबाट शहरमा मंगल गर्ने पुगेका माओबादी संबिधान माथी पुगेका छन। जंगलमा हुंदा त तिनीहरुलाइ संबिधान लाग्दैनथ्यो नै अहिले त संबिधान बनेकै छैन तिनलाइ के को संबिधान। चुनाबमै ठुलो दल भएता पनि भुट्ने र लुट्ने काम जारी नै राखेका छन। बन्दुक जती सबै कन्टामेन्टमा थन्केकोले छापामारलाइ वाइ.सि.यालमा परिणत गरी गाउ,शहरमा छोडिएको छ। चुनावको असार सकिएकोले असार पछिको गोरु जस्तै वाइ.सि.याल सिगौंरी खेल्दै हिडेका छन। यसरी सहर,सडक र सदन कब्जा गर्ने रोड म्याप माओबादीले तयार पारेका छ।
बिगतमा लुटेको धनहरु बिभिन्न ठाउमा लुकाएको मध्य १७ लाख कोटेश्वरमा बस्ने माओबादी ब्रिगेड कमान्डर केशब अधीकारीको खल्तीमा सुरक्षित राखिएको रहेछ। तर अचानक पाकेट मारएपछि आफ्नै घरबेटी रामहरी श्रेष्ठलाइ अपहरण गरेर पुरानै शैलिमा मारेछन। पैसा हराएको सांचो पनि हुन सक्छ या जनता ठग्ने एउटा बहाना पनि हुन सक्छ तर मान्छेको हत्या भएको चांही पक्का हो। यसरी माओबादीको खातामा १५०१ मान्छे पुगे भने पुन अर्को घरको खुशि लुटियो। माओबादीबाट यस्ता हत्या दिन दिनै हुने गरे पनि राजधानीमै यस्तो घटना घटाइए पछि यो हत्या काण्डले ठुलो रुप लिएको छ।काठमान्डौमा बिभिन्न ठाउमा प्रदशन गरिएका छन भने थुप्रै पसल बन्द छन। माओबादी शुभचिन्तक हत्या भएको भन्दा पनि अब माओबादीलाइ सरकारमा जान अप्ठ्यारो पर्ने भो भनेर पिरोलिएका छन। उता बोद्धिक बर्ग भने कुकुरको पुछ्छर जस्ता माओबादी सरकारमा पुगेर जंगलकै पारा निकालेर कती सकस कटाउने हुन चिन्तीत भएका छन। अब माओबादीले सरकारी र आतंककारी दुबैको ट्याग पाउने भएका छन।


3 Comments:

ठरकि दादा said...

मलाई पनि यो "पैसा हराएको" भन्ने कुरा पछि बनाईएको कथा जस्तो मात्रै लाग्छ ।

त्यसो त पैसा हराएकै भए पनि कसैको बाँच्न पाउने जस्तो अत्यन्त नैसर्गिक अधिकार खोस्ने हक कसैलाई छैन र मान्छे मारेर कुनै पनि तर्क वा कूतर्क गर्नु भनेको आर्को अपराध हो ।

यो घटनाले फेरी एक पटक यौटा कुरा प्रष्ट्याएको छ :- या त माओबादि सुध्रने मनाशायमा छैनन् या त यिनिहरुको कार्यकर्ताहरु "हाई कमाण्ड" को पकड भित्र छैनन् ।

यौटा देशमा सरकार र आतंककारी यौटै पार्टीका हुनु पक्कै पनि दुनीयाकै लागी साँच्चै यौटा हंगामा नै हो ।

Anonymous said...

मेरा तर्कहरु:
१) माओबादी हत्यारा नै हुन,बागले जनावर खाए जस्तो यिनिहरुको आहारा मान्छे नै हुन।
२) यिनीहरु छापामार र वाइसिएल एउटै हुन। बन्दुक बोके छापामार,न बोके वाइसिएल, काम भने एकै।
३) यिनीहरु आफ्नो अपराध लुकाउन कि त आफुले गरेको हुदै होइन भन्छन र राजा या अमेरीकालाइ दोष लगाइ हाल्छन,पहिला पहिला त भारतलाइ पनि दोष लगाउथे, कि त आफ्नै पार्टिमा घुसेको अराजतक तत्व भनेर उम्किन प्रयास गर्छन।
४) लास्टमा यिनीहरु पैसा या सजाय जस्ता आंखामा छारो हाल्ने काम गरेर कान्ड थाम थुम गर्छन र आफुहरु चोखिने काम गर्छन।
५) माओबादीले जती मान्छे मारे पनि जनादेश र माइ संसारले माओबादीको ढोल पिट्दै गर्छन।

Anonymous said...

Maoists just play with words and make people stupid. Just read the prachandes press release, how is creating his master plan:
विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टी माओवादी
केन्द्रीय समिित

प्रेस वक्तव्य

विगत द्वन्दकालको कठिन स्थिति देखि नै हाम्रो पार्टी र आन्दोलन प्रति सहानुभूति राख्ने काठमाण्डौं कोटेश्वरका एक सामान्य व्यवसायि रामहरि श्रेष्ठको हत्याको रहस्यपूर्ण घटनाले हामीलाई निकै दुखित तुल्याएको छ । अझ त्यसमा पनि पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षड्यन्त्रद्वारा उनको मृत्यु हुन गएको तथ्यले हामीलाई स्तब्ध पारेको छ । घटनाक्रमको जानकारी प्राप्त हुने बित्तिकै पार्टीका तर्फबाट समग्र स्थितिको अनुसन्धान र दोषी उपर कानुनी कार्यवाहीको प्रकि्रया अगाडि बढाइएको छ । संस्थागतरुपले पार्टी र जन सेनाको कुनै सम्बन्ध नरहेको यो अपराधिक घटनाको सम्पूर्ण सत्य तथ्य बाहिर ल्याउने गरि अनुसन्धान गर्ने प्रतिबद्धता सहित पार्टीले यस कार्यमा प्रहरी प्रशासनलाई सहयोग गरिरहेको छ । मृतक रामहरि श्रेष्ठका शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै अनुसन्धान राहत र क्षेतिपूर्तिका सबै विषयमा बसेर छलफल गर्न पार्टी तयार रहेको कुरा पनि हामी यहाँ स्प्रष्ट गर्न चाहन्छौं ।

यसरी घटनालाई अत्यन्त गम्भिर रुपले लिदै अनुसन्धान र कार्यवाहीको प्रकि्रया अगाडि बढि सकेको यो स्थितिमा अनावश्यक राजनैतिक रंग दिएर देशको सम्बेदनशिल घडिमा ूधमिलो पानीमा माछा मार्नेू षड्यन्त्र कतै बाट हुन नपाओस् भन्ने कुरामा सतर्क रहन हामी मृतकका परिवारजन र समर्थक जनसमुदायसँग हार्दिक आग्रह गर्दछौं ।

मिति ५ जेष्ठ २०६५

प्रचण्ड
अध्यक्ष
नेपा माअेवादी

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !