April 4, 2008

घुम्दै फिर्दै रुम्जाटार

जती पनि लेख रचना हरु पढ्छु सबै माओबादीको बिरोधमा नै लेखेको देख्छु। माओबादीहरु द्वारा भएका अचाक्ली, ज्यादत्ती आदिको निन्दामा नै शब्द खर्चिएका छन। तर कसो गर्दा वा कसो हुँदा यो माओबादी प्रकोपबाट देश र जनताले छुटकारा पाउछ त भन्ने बिषयमा प्राय सबै मौन छन। बिरोध गर्न सजिलै हुन्छ। समस्याको कुरा गर्न सजिलै हुन्छ। तर समाधान के हो त? यस बिषयमा किन लेखिदैन? किन सोचिदैन? संबिधान सभाको चुनाव हुँदैछ। माओबादीले बहुमत सीट जित्नु समाधान हो कि माओबादी इत्तर कांग्रेस वा एमालेले जित्नु समाधान हो?माओबादीको उद्दन्ढ त देखेकै छौं, यिनीहरुको बहुमत आउनु पक्कै पनि समाधान होइन। कांग्रेस वा एमालेले बहुमत ल्याएर माओबादी किनारा लाग्ने अवस्था आउनु पनि समाधान होइन, किनकी बाह्रौं बर्षसम्म रगतको खोलो बगाएर आएको पार्टी निर्वाचन पछी चुपचाप बस्ला भनेर मान्न सकिन्न।
जिम्मेवार राजनैतीक पार्टीहरुले कसरी हुन्छ माओबादीहरुलाई प्रजातान्त्रीक मुलधारमा अवतरण गराउने तर्फ सोच्नु पर्थ्यो। माओबादीहरु निर्वाचनमा भाग लिएर प्रजातान्त्रीक संस्कार अनुरुप निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था सम्म पुगेकै छैनन र उनीहरुबाट प्रजातान्त्रीक संस्कारको अपेक्षा गर्नु बेकार हो। त्यसकारण माओबादीलाई केही समय कांग्रेस्-एमालेहरुले संगै लिएर जानु पर्ने थियो। ताते-ताते गर्दै प्रजातान्त्रीक बाटोमा बामे सर्न सिकाउनु पर्ने थियो।
यो संबिधान सभाको चुनाव भएकोले कुनै पार्टी बिशेषको बहुमतले संबिधान निर्माण गर्ने पक्कै पनि होइन।त्यसकारण अहिलेको संसदको जुन संरचना छ, सोही अनुसार तालमेल गरेर अघि बढेको भए पनि हुन्थ्यो। त्यसो गर्दा संबिधानसभामा माओबादीको सन्मानजनक उपस्थिति हुन्थ्यो र उनीहरुलाई देशि-बिदेशी प्रतिक्रियाबादीहरु मिलेर समाप्त गर्न लागेको भन्ने भान पर्ने थिएन।अब अहिले सबै एक्ला एक्लै चुनाव लड्न थाले पछि यो निर्वाचन् एउटा जीवनमरणको सवाल् बनेको छ र अहिले जति पनि भिडन्त आक्रमण भैरहेको छ, यो सबै एक्ला-एक्लै चुनाव लडनाको कारणले भैरहेको छ। जसको राजनीति, संगठनको आधार नै बल प्रयोग, हिंसाबाट टिकेको हुन्छ, उनीहरुले आक्रमण नगरेर के गर्छन् त?
ल मानें, दलहरुबिच् तालमेल सम्भव भएन, ठिकछ तर माओबादीका केही शिर्ष नेताहरुको लागि ठाउं छोडिदिन पर्थ्यो।त्यसो गर्दा उनीहरुका कार्यकर्ताहरुलाई पक्कै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो र अहिलेजस्तो मारमुंग्रीमा लाग्ने थिएनन् होला। यस बिषयमा समयमै सोचिएको भए पक्कै पनि अहिलेजस्तो दिनहु भिडन्तका समाचारहरु सुन्नु पर्ने थिएन होला।

एकपटक चुनावी प्रक्रियामा, संबैधानीक प्रक्रियामा उनीहरुलाई ल्याइसकेपछि अघि बढ्न सजिलो हुनेथियो। उनीहरुको सेनाको ब्यबस्थापन् हुनेथियो र उनीहरु बढी जिम्मेवार हुनेथिए।एमाले र कांग्रेस, जो माओबादीलाई राजनीतिको मूलधारमा हामीले लिएर आयौं भनेर डंका पिट्छन्, अहिले नै निर्वाचनमा बहुमत् ल्याएर आफू एक्लै अघि बढ्न हत्तारिन हुने थिएन। यहांनिर यी दुबै दल चुके र देश् फेरि घुम्दै फिर्दै रुम्जाटार-अर्थात माओबादी समस्याले कहिले निकास नपाउने अवस्थामा पुगेको छ।


3 Comments:

ठरकी दादा said...

मलाई लाग्छ माओबादिलाई नेपाली कांग्रेस र ऐमालेले संगै लिऐर हिडन नखओजेको होईन तर यसमा सधैं माओबादिको "दंभ" बाधक रह्‍यो ।

बिगतका अपराध र कूकृत्य सबै भुलेर मूल धारमा ल्याउँदा पनि आफ्नो 'शक्ति' को 'ह्‍या्ङ ओभर' बाट ब्यूतिन नसकेकोले हालको समस्या देखीएको हो ।

धेरै हदसम्म दबाब, त्रास र धम्कीकै भरमा चुनाव जित्छौ भन्ने बचपना मानसिकताले माओबादी उद्दण्ड देखीयो । यस बिच 'ताल-मेल' को अनेकौं उप-क्रमहरु पनि नभएका होईनन तर लात-मार मा विश्‍वास गर्ने ले ताल-मेललाई पनि महत्व दिएनन् आखिर करिव करिव अन्तिम अबस्थामा आँउदा मत्रै माओबादि नेतृत्व पक्षलाई निश्पक्ष चुनाव भए आफ्नो शान्दार बेईज्जती हुने यथार्थको ज्ञान भयो ।

मलाई लाग्छ अन्तरीम संसद र सरकारमा उनिहरुले सोचेको भन्दा बढी दिएर बाकी दलले आफ्नो नैतिक जिम्मेबारी पुरा गरिसकेका छन । अब संबीदान सभाको सिट पनि चुनावै नगरि बाडने कुरो पनि भएन ।

तब यो समस्याको समाधान भनेको माओबादिलाई एकचोटी यो हावादारी प्रवृतिले देश चलाउन सकिदैन भन्ने शंदेस चुनावको माध्यमबाट जनताले दिनु नितान्त आवश्यक छ । मलाईलाग्छ माओबादिमा के पी ओलिले भने जस्तै पाँच कक्षा पास नभएकाहरु मात्रै छैनन् र बुद्दीजिबिवर्गले एकचोटी आफ्नो कमी कमजोरीलाई केलाएर हेर्न यो 'चेत' पाउने जरुरी छ।

हिजो मात्रै प्रचण्डले हामिहरु चुनावको निर्णयलाई जे जस्तो भए पनि स्विकार गर्छौं र चुनाव हारेमा फेरी यु्द्धमा फर्कने कुरा आफुले नगरेको कुरा प्रष्ट पारेका छन । शायद केहि हदसम्म चेत आएर होला।
त्यसैले आश गरौं यहि चेत बाटै माओबादि सुध्रन्छ ।
तर यत्ती गर्दा गर्दै पनि हिजो गरेको कुराको फेरी भोली आफै खण्डन गर्दै हिडें भने त्यस्ता दल र नेतामाथी मेरो भने कुनै पनि सदभाव वा सहानुभूति रहने छैन।

माओबादिले देश चलाउने काम खेल सम्झेरै यो हल्का निति लिएको थियो होला र हिजोको प्रचण्डको वक्तव्यले त्यसमा केहि सुधारको लक्षण देखीएको छ अहिलेको लागि यहि नै समाधान हुनसक्छ ----माओबादि आफ्नो कुरामा अडिग रहे भने---

आफुले बोलेको कुरामा पनि अडिग रहेनन भने त यो बोलिको टुंगो नभएको नेतृत्व र गुटको कहिल्यै भरोसा हुनेछैन र त्यस्तो हालतमा समाधान पनि केहि छैन

nepalean said...

मैले अगिल्लो ब्लगमा भने जस्तो यि माओबादी भालुको कम्पट हुन। जंगलमा भए नि दु:ख दिन्छन, शहरमा भए नि दु:ख दिन्छन।
नेपालको निती नियम सहितरिकाले लागु नहुदा
तस्कर देखी माओबादी सम्म लाभान्बित छन। नत्र भने हाका हाकी मान्छेको ज्यानलिन माओबादीका खोल ओडेका संबिधान सभा होइनकी झ्यालखानामा कोचिनु पर्नेथियो। यस्ता अपराधी माओबादीमा मात्र छैनन, कांग्रेस,एमालेमा पनि प्रसित छन।
देश सहि तरिकाले चलाउने हो भने नत त माओबादी मुला झै सप्रिन्थ्यो न त देश १० बर्ष सम्म बिना चुनाब देश रुमलिन्थ्यो।

Panda said...

कुरा जायज गर्नु भो, जे भये पनि एउटा भिन्न सोच बोकेर आएको समुह हो एस्ले केही गर्छ कि वा यस्को डरले अरुले राम्रो काम गर्छन् कि भन्ने धेरै जनाले जस्तै मैले पनि सोचेको थिए । हिप हप जेनेरेशनले समेत प्रचन्डलाई आफ्नो रोल मोडेल बनाइसकेको कुरो कुनै बेला पत्रीकामा छ्याप छ्याप्ती भेटिन्थे।

चोर र भ्रष्ट हरुको जमातका अगाडि आफुले गरेको गल्तीलाई स्विकारेर आम जनतासामु माफि मागेर आफुलाई सुधारने वाचा गर्ने एक वा नेपालका केही मात्र नेता हरुमा प्रचन्ड पर्छन जस्तो लाग्न थालेको थियो । तर पड्काउने र माफि माग्ने नियमित चक्र क्रम चल्न लागे पछी एमाले भन्दा पनि बहकिएको वा ठेगान नभएको पार्टी जस्तो बन्न लागे काम्रेडहरु ।

अर्को कुरा माओवादीको क्रान्तिकारी संविधानले देशलाई अग्रगमन तिर लैजाला भनेर सोच्नु बेकार छ । गाउका सोझा हेड्मास्टरलाई जन सेनाका लठैतहरुले स्कुल पढ्दा राम्रो सँग पढेन वा बदमाश भयो भनेर गाली गरेको बदला लिन सफाया गर्ने, वर्षमा ६ महिना खान नपुग्ने किसानलाई सामान्त भन्ने बिल्ला भिराएर हात खुट्टा काटिदिने, १० जना सैनिक चढेको झोंक फेर्न ६० जना चढेको बस लाई भष्म बनाइदिने क्रान्तिकारीहरुको मार्ग दर्शन वा दिब्य मार्गलाई हामी जस्ता सामान्य प्राणीले स्विकार गर्न वा विश्वास गर्न अली समय लाग्न सक्छ।

यो हाम्रो मनोराग वा पुर्वाग्रह भन्दा उनिहरुको विगत र वर्तमानको पनि कर्मको कारणले नै हो ।

मेरो व्यक्तिगत विचारमा त यि खिचडी पार्टीहरुले हतारको चुनावलाई उद्देश्य बनाउनु भन्दा सात दलको एकिक्रित सरकार र संसदले देशलाई पहिले विधीको शासन कायम गराउन लागि पर्ने , सहि मार्गमा डोर्याउने, जनतालाई सक्षम बनाउने, मिलेर देशमा विकासका पुर्वाधारहरु खडा गर्ने , ४-५ वर्ष आफ्नो स्वार्थ विर्सिएर सम्पूर्ण जनतालाई साथ लिएर देशलाई समुन्नत गराउने पट्टी लाग्नु पर्थ्यो। अनी जनता सचेत अनी सक्षम भएको अवस्थामा मात्र देशमा वास्तविक चुनाव हुन सक्थ्यो । विपक्षी विनाको सर्व पक्षिय शासन देशमा बिरलै आउंछ । अर्को तर्फ विपक्षी सहित् को शासन कती उद्डण्ड हुन्छ र बिकास भन्दा विनास कसरी द्रुत गतिमा अगाडि जान्छ भन्ने विगतमा नै धेरै पटक देखेको हो , भन्नु नपर्ला हाम्रो देश नै यो पार्टी र त्यो पार्टीमा बाडिन्छ । देशलाई विधीको शासन र बिकासको मार्गमा डोर्याउने एउटा मात्र लक्ष्य रहेर पार्टीहरु मिलेर बढे भने मात्र देश बन्छ नत्र "संविधान सभा नामको मन को लड्डुले" केही हुनेछैन ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !