April 3, 2008

खुट्टा भाँचिदिने गान्धि र भेजिटेरिएन चिकेन म:म:

माओवादी कार्यकर्ताले सुतीरहेको बेलामा कांग्रेस कुटे , दलहरूबीच विभिन्न ठाउँमा झडप, उम्मेदवारमाथि आक्रमण, काभ्रेमा जनमोर्चाको प्रतिशोध, माओवादीद्वारा नेमकिपाका कार्यकर्ता कुटिए, दलका कार्यकर्ताहरूबीच हिंसा जारी ........

बिगतका केहि हप्ता देखी पत्रिकामा करिब करिब यस्तै समाचारहरुको भरमार छ , अनि पत्रीका पढ्दा लाग्छ हामी कुनै सभ्य समाजको स्वस्थ राजनैतीक प्रतिस्पर्धामा हैन कुनै आदीम ढुंगे युगको "सरदार" वा "मुखीया" बन्ने होडबाजिको मुकाबला र जसको शक्ती उसैको भक्ति भन्ने युक्तिमा विश्‍वास गर्छौं ।

तेस्रो विश्‍वमा हुने निर्वाचान, चुनाव आदिमा एक-अर्कालाई 'तथानाम' भन्ने अनी आफ्नो मार्ग चित्र देखाउने भन्दा प्रतिपक्षको खोईरो खन्ने काम करिव करिव सामान्य जस्तै बनेको छ, तर यसरी एक अर्कामा जाई लाग्ने, कुटने, पिटने र ज्यानै जाने आक्रमण गरेर बिपक्षीलाई परास्त गर्न खोज्ने काम सायद ढुंगे युगमा पनि कमै हुँदो हो ।

सुन्न र भन्न पनि लाज लाग्ने कुरो, देशको भविश्‍य किटान गर्न अग्रसर दलका स्थानिय नेता र कार्यकर्ताको यो व्यबहारले भोलीको नेपालो भविश्य वा संबिधान कुन खालको बन्ला भन्ने बारेमा गहिरिएर सोचने हो भने कहाली लाग्ने अबस्था छ । वरिपरि, कार्यकर्ता र 'सुरक्षा घेरा' सहित चुनाव प्रचारमा हिडेका उम्मेदवारलाई त ज्यान जोगाउन मुश्‍कील हुने यो अबस्थामा सामान्य मतदाताले कसरी भयरहित भएर भोट हाल्ने हुन?

यसै भीचमा फेरी १२ बुँदे, १७ बुँदे के हो कुनी फेरि अर्को यौटा 'झै-झगडा' नगर्ने सम्झ्यौता पनि भएछ .....तर यता झगडा नगर्ने कुरा हुदां हुदैं अर्को तिर ५-७ जनाको हड्डी पनि भाँच्चीसकेको रहेछ। अनि यस्तै कुरै कुरो र लहडको बिचमा भित्ते राष्ट्रपतिले आफ्ना कार्यकर्तालाई कमसेकम १ हप्ताको लागी गान्धी बनिदिन आग्रह गरेछन ।

सोचेँ एकजना कमजोर शरिरका दुब्ला पातला गान्धिको बिचारले पुरै भारतको ईतिहास अर्कै भयो भने हामीकहा त हजारौंको संख्यामा 'गान्धी' हुने भए .....अब भने देशमा केहि हुन्छ । तर मेरो आशा धेरै बेर टिक्न पाएन ..... आज बिहान 'अनलाईन' मा नेपाल एफ एम मा वाई सी एलका महा सचीव दिलिप प्रजापतिसंगको कुराकानी सुन्दै थीए। एउटा प्रश्‍नको जबाफमा उनले आफूहरु गान्धी बने पनि कसैले लात्ता हान्न आयो भने त्यसको लात्ता भाँचिदिने बताउँदै थिए । मैले सुनेको थीए गान्धि भन्ने गर्थे "कसैले दायाँ गालामा थप्पड हाने वाँया गाला पनि दिनु" । तर यहा त गान्धिको पनि क्रान्तिकारी अवतार रहेछ ।

अंहिशाका पुजारी गान्धि र यो खुट्टा भाँचिदिने गान्धि बिच म कुनै तालमेल देख्दिन न त मलाई भित्ते राष्ट्रपतिको उर्दी कार्यकर्ता सम्म लागु हुनेमा नै विश्‍वास छ । यसरी नेताले कसैलाई सुनाउन मात्रै बोल्ने र कार्यकर्ताले सिधै लात्ता भाँचिदिने कुरो गर्ने हो भने भोलीको नया नेपालमा "लात्ता भाँचिदिने गान्धि", 'बन्दुक समात्ने बुद्ध' वा 'खुकुरी भिर्ने' शान्तिदूत जे पनि हुनसक्छन अनि त्यसपछि नेपालको हालत के हुन्छ त्यस बारेमा न त भित्ते राष्ट्रपति न त यि क्रान्तिकारी गान्धि कसैलाई केहि थाहा हुने छैन । गान्धिबाद यौटा तपश्‍या हो जसलाई १ हप्ता लिने र त्यसपछि छोडने कुरा नै गलत छ भने गान्धि बादी हुदै खुट्टा पनि भाँच्दै हिडने कुरा त भेजिटेरिएन चिकेन म:म: जस्तै हो ।



3 Comments:

पीजी said...

अचेल अचेल त काम्रेडहरुको कुरो अचम्मको लाग्न थाल्यो । काम्रेडहरुले बोल्ने नेपाली भाषा हामीले बुझ्ने भाषा भन्दा अली फरक को हो कि जस्तो लाग्यो। जस्तो कि "भयंकर" हुन्छ, "हामीले हार्ने चुनाव स्विकार हुँदैन" "गान्धी बन" जस्ता शब्दहरु हामीले पहिले बोल्ने नेपाली भन्दा फरक अर्थ राख्ने खालका हुन जस्तो लाग्यो, उहाहरुले भाषालाई पनि क्रान्तिकारी परिमार्जन गर्नु भाछ, तेही भएर हामीलाई उहाहरुले एक थोक बोलेर अर्को थोक गरे जस्तो लाग्छ वास्तवमा कुरो त्यसो नभएर हामीले उहाहरुको भाषा बुझ्न नसकेर हो कि ! अब भयंकर, गान्धी , स्विकार हुँदैन, जस्ता शब्दहरुको अर्थ बुझ्न हामीले चुनाव सम्म कुर्नु पर्ने भो । हैन दौतरीमा यस्तो भाषा ज्ञान भएका कोही भेट्न पाये त हामी पनि रनभुलमा परीने थिएन नि!

Anonymous said...

Another word of communist is complex. What they speak, their commrades dont understand and open a new party.

Anonymous said...

काँग्रेसको उम्मेदवारले कुटाइ खाँदा एमालेवालाहरु "खुच्चिङ" भन्दै मुण्टो बटारेर बस्ने, एमाले उम्मेदवारले कुटाइ खाँदा काँग्रेसवालाहरुले थाहै नपाए झै गरेपछि सबैले कुटाइ खान थाल्या हुन । शुरुमा पञ्चेलाइ लखेटे (सुर्यबादुरको मान्छेलाइ हो क्या र), त्यहिबेला उनले हल्ला गरे, कसैले नि साथ दिएन, सबै चूप लागे । तर अब कुटाइपिटाइमा जतिसुकै अति गरेपनि काँग्रेस एमालेसित रोएर बस्नुको बिकल्प छैन । हामीलाइ कुट्यो, हामीलाइ गाँउ जान दिएन भनेर रुञ्चे वक्तव्य निकाल्ने बाहेर अरु के गर्न सक्ता रैछन खोइ ? चुनावको बिरोध गरुँ भने माइबाप मुखर्जिको हप्कि खान पर्ला भन्ने डर । बहिष्कार गरुँ भने बचेखुचेको राजनीति समाप्त होला भन्ने डर । जमेर लडुँ ज्यान माया मार्न पर्ने स्थीति छ ।

अव कति उम्मेदवारहरु गाँउ टेक्नै पाएका छैनन, चुनाव प्रचार गर्ने समय जम्मा ४ दिन बाँकि छ, पहिला भन्दा अहिले भोट दिने नियम मतपत्रहरु नै फरक फरक छ, TU मा गरेको चुनावमा त बदर भोट टन्नै आइरा'छ भने चुनाव प्रचार पुग्नै नसकेको ठाउँबाट कस्तो भोट आउने होला ?

पशुपतिनाथले कृपा गरिदिए उम्मेदवारको आवाज गाऊँ गउँ पुग्ला र निष्पक्ष चुनाव होला भन्ने त हो । नत्र त खै ।

- चना -

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !