April 4, 2008

संबिधान सभाको सेरोफेरोका "राष्ट्रिय मजाकहरु"

विभिन्न समाचार माध्यमहरु: विभिन्न पार्टीबाट समानुपातिक उम्मेद्वार बनाइएका २२७ जना द्वारा नागरिकता पेश नभएको

प्राबिधिक शिक्षा, CMA पढ्न आवेदन दिन नागरिकता चाहिन्छ, पियनको दर्खास्त दिन नागरिकता चाहिन्छ, तर संविधान सभाको लागि भने विना नागरिकता आवेदन गर्न पाइने !!

के संविधान सभा भनेको पियन पद वा CMA को पढाई भन्दा महत्वहिन हो ? २५ वर्ष नाघेका तर नागरिकताको आवश्यकता वा उपयोगीता नजानेकाले भोली संविधानमा कस्तो नागरिक हक, दायित्व, प्रणालीको कुरा समावेश गराउने प्रकृयामा बहस गर्ने होलान् !!

यो त सन्ता सिंहको जोक भन्दा पनि गजबको जोक भएन र!

आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन प्रचन्डको निर्देशन , माओवादीले कसैलाई आक्रमण नगर्ने

पत्र पत्रीकाका समाचार (अझ फोटो सहित): रसुवामा काङ्रेस उम्मेद्वार माओवादी बाट कुटिये
माओवादी जवाफ: लाखौं नगदको बिटो बोकेर मतदाता किन्दै हिंडेको बेला स्थानिय जनता एवं कार्यकर्ताले बिरोध गरे पछी उल्टै गुण्डा लगाएर जाइ लाग्दै हाम्रा कार्यकर्ताहरुलाई घाइते तुल्याको, त्यही भएर स्थानिय बासिन्दाले चुनाव प्रभाव पार्न खोज्ने लाई कार्वही गरेका हुन।
"क्या जवाफ !!, आँफै छानविन, आँफै सजाय, ठ्याक्कै भ्रष्टचार निवारण शाही आयोग जस्तो !"

संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा देशवासीका नाममा भनेर एक दुई दिनभित्रै राजा ज्ञानेन्द्रको सम्बोधन आउने samudrapari.com

“राजा ज्ञानेन्द्रको संविधानसभालाई शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष ढंगबाट भाग लिन देशवासीलाई आह्वान गर्दै एक दुइ दिन भित्रै सम्बोधन आउने बताईएको छ ”

राजतन्त्रात्मक गणतन्त्र भएको देशमा सम्बोधनमा राजाले पनि गणतन्त्रको पक्षमा वकालत गरे भने पनि अनौठो मान्नु पर्दैन, पशुपती शम्शेर देखी सुर्य बहादुर थापासम्म गणतान्त्रिक पथमा छन भने ज्ञानेन्द्र पनि के कम !

गान्धी बन्न प्रचन्डको निर्देशन
(Kantipur, April 3)

यो निर्देशन आफ्ना कार्यकर्तालाई होइन अरु पार्टीका उम्मेद्वार र कार्यकर्तालाई हो !
भन्न खोजेको के भने, चुनाव सफल बनाउनलाई अब एक हप्ता YCL ले जती पिटे पनि विपक्षीहरु गांधी जस्तै सहंशिल् भएर बस, दुई चार गोली, खुकुरी सहनु पर्छ माओवादीको प्रतिकार नगरि गांधिवादी भएर बस , नत्र ………………भयंकर हुन्छ !!


प्रचन्डको हत्या प्रयास
(Kantipur, April 3)

सिरहाको लहान सभामा आफूलाई हत्या गर्न एक मिनेटमात्र बाकी रहदा षड्यन्त्रकारीलाई वाईसीएलले समाएको प्रचन्डले दाबी गरे ।

एक मिनेट पछी हत्या हुँदैछ भन्ने कुरो काम्रेडले कसरी थाहा पाए ! यो कुरो यमराजले नै भनेको हुनु पर्छ । १५-१६ हजार मान्छे मार्दा पक्कै पनि यिनको यम राजसँग चिन जान वा अझ "अघोषित सहकार्य" भएको हुनु पर्छ र नै उनलाई कसैले मार्न लागेको कुरो एक मिनेट पहिले यमराजले त्यही आएर भनेको हुनु पर्छ ! नत्र त मनुवामा एस्तो खुबी कहाँबाट आउथ्यो होला र!


2 Comments:

ठरकि दादा said...

पाण्डाजी !
बास्तबमै तपाईले हाम्रो ब्लगमा राख्ने जोक भन्दा पनि हाम्रा नेताहरुको चर्तिकला अझ हास उठदो नै छ ।

प्रचण्ड त "त्रीशूल बाबा" कै औतार हुन उनलाई मिडियामा आउनु पर्‍यो की यस्तै कुनै "भयंकर" जोक लिएर उपस्थित हुन्छन ।

त्यसो त चुनावको लागी अब धेरै दिन बाँकी छैन तर मलाई लाग्दैछ यो बिचको ५-७ दिनमा अझ "भयंकर" अन्तराष्ट्रीय मजाक हुनेवाला छन ।
बाँकी रह्‍यो भित्ते राष्ट्रपतिको हत्या---मलाई लाग्छ यदि कसैले सो बारेमा सोचेको मात्रै भए पनि अब भने पक्कै आफ्नो बिचार त्याग्छ होला किनकी १ बर्ष अगाडी सम्मको दहाल सर (पहिले कतै हेडमाष्टर थिए रे त्यसैले) को जे जस्तो ईमेज थियो अहिले यौटा हास्य पात्रको भन्दा बढी रहेन। अब जोकरलाई मानिसले जिस्काउलान तर कसैले मार्दैनन्

nepalean said...

साच्चै मजाक नै बनाए संबिधान सभाको चुनाव। कुरो के हो के, आज एउटा भोली अर्को। सबै नेता कपाल फुलेका छन, परिपक्वता कसैमा छैन।
संबिधानको धाराबाहिक नाटक पत्रिकाबाट उतारीदिनु भएको मा पान्डा जि लाइ धन्यबाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !